राजनीतिक नेतृत्वबाट हावाहुरी प्रभावित क्षेत्रको अवलोकन

प्रधामन्त्री केपी शर्मा ओलीले चैत १८ गते कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गरी उपचार गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि जिल्ला अस्पताल कलैया पुगी घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । अस्पतालमा उपचार गराइरहेका ४९ जना घाइतेको…

२०७५ चैत्र १९, मंगलवार १३:२९ गते  
हावाहुरीले सयौँ घर भत्काएपछि सर्वसाधारण स्थानीय खुला आकाशमुनी

हावाहुरीले बाराको फेटा गाउँपालिका–६ पुरैनियामा ५५ जना भन्दा बढी व्यक्तिको घरमा क्षति पुगेको छ । हावाहुरीले साफी मिया अन्सारी, बगर मिया अन्सारी, मोजम मिया अन्सारी, अब्दुल हकिम मिया, अनताफ मिया अन्सारी, सफिक मिया अन्सारी, मोबारक मिया अन्सारी, सबिर मिया अन्सारी, जाकिर मिया ठकुराई, मुस्तुफा अन्सारी, सहबजान मिया अन्सारी, सकुर मिया…

२०७५ चैत्र १९, मंगलवार १३:१३ गते  
हावाहुरीका कारण २७ को मृत्यु, ६ सय जनाभन्दा बढी व्यक्ति घाइते

प्रदेश २ का बारा र पर्सा जिल्लामा चैत १७ गते साँझ आएको हावाहुरीका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । ६ सय जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु तथा घाइते हुनेमा फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, कलैया उपमहानगरपालिका, सुवर्ण गाउँपालिका, भारत, पर्सा जिल्ला भानीपुर र महागढीमाई नगरपालिका बरियारपुरका रहेको…

२०७५ चैत्र १८, सोमबार १३:५७ गते  
परिक्षार्थी र प्रहरीबिच झडप, विद्यार्थी र प्रहरी दुवैतर्फका घाइतेको उपचार हुँदै

माध्यमिक शिक्षा परीक्षा एसइइ स्थगित भएको विरोधमा जितपुर सिमरा उपमहानगरपालिक–७ जितपुर सडक खण्डमा चैत १६ गते बिहान ७ बजेदेखि परिक्षार्थी र प्रहरीबिच झडप हुँदा भिड नियन्त्रण गर्न प्रहरीले दर्जनौँ सेल आश्रुग्यास र गोली चलाएको छ । प्रहरीको लाठी प्रहारबाट जितपुर सिमरा उपमहानगरपालिक–५ बकुलियामा रहेको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा अध्ययनरत…

२०७५ चैत्र १७, आईतवार १०:०३ गते  
दलित समुदायले पुजा गर्न नपाएको आरोप

परवानीपुर गाँउपालिका–१ मा शुभारम्भ भएको विष्णु महायज्ञमा दलित समुदायलाई पुजा गर्न नदिएको स्थानीय दलित समुदायका व्यक्तिहरूले आरोप लगाएका छन् । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र्र सोनलले चैत १३ गते पूजा गरी बिष्णु महायज्ञको शुभारम्भ गरे पनि दलितलाई पुजा गर्न रोक लगाइएको हो । यज्ञ सञ्चालन गर्न गाउँका…

२०७५ चैत्र १५, शुक्रबार १४:०३ गते  
गुणस्तरीय शिक्षाले सबै क्षेत्र सुधार हुन्छः नगर प्रमुख यादव

कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले सबैभन्दा पहिला गुणस्तरीय शिक्षा प्रदान गरिए सबै क्षेत्रको सुधार हुने बताएका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर २२ भोडहा स्थित साना किसान कृषि सहकारी संस्थाको सभा हलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधाम र मानव अधिकार निगरानी समूह भोडहाको आयोजनामा चैत १२…

२०७५ चैत्र १२, मंगलवार २०:२९ गते  
कुटपिटका कारण एकजनाको अवस्था चिन्ताजनक, आरोपितविरुद्ध प्रहरीमा उजुरी

प्रसौनी गाँउपालिका–६ बेलहीयाका २२ वर्षीय श्यामसुन्दर साह चैत ७ गते बेलुका ६ बजे देखि ८ बजे सम्म सोही गाउँका स्थानीयहरुको समुहले कुटपिट र दुव्र्यवहार गरेको पीडित पक्षको आरोप छ । स्थानीयमध्ये केही व्यक्तिले उनी माथि छुरा प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । पेटमा छुराले काटेर आन्द्रा बाहिर निस्किएको छ । मुटुमा…

२०७५ चैत्र ९, शनिबार २१:०८ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई एक वर्षदेखि यौन सम्पर्क गर्न दबाब दिएर अभद्र व्यवहार गरेको आरोपमा सिम्रोनगढ नपा–७ खजानी गाउँका ३९ वर्षीय जयन्तकुमार कुशवाहालाई इलाका प्रहरी कार्यालय निजगढले फागुन २९ गते साझ गिरफ्तार गरेको छ । जिल्ला प्रशासन कार्यालय बारामा फागुन २९ गते उजुरी परेपछि आरोपित कुशवालाई इलाका प्रहरी कार्यालय निजगढका सई…

२०७५ चैत्र १, शुक्रबार १९:३६ गते  
जनता आवास कार्यक्रमको लापरवाहीले डोम, मुसहर, हलखोर र मेस्तर समुदाय पालमुनी बस्न बाध्य

तराईका अति विपन्न डोम, मुसहर, हलखोर र मेस्तर समुदायलाई अनुदानमा घर निर्माण गरिदिने गरी सञ्चालन भएको जनता आवास कार्यक्रमको लापरवाहीले एक वर्षदेखि पालमा बस्न बाध्य भएका छन् । अनुदानमा पक्की घर निर्माण गर्ने सरकारको योजना अनुसार आफ्नो कच्ची घर भत्काएको तर समयमा अनुदान रकम नपाउँदा घर निर्माण गर्न नसक्दा पालमा…

२०७५ फाल्गुन २९, बुधबार १६:१२ गते  
प्रसूति गृह सञ्चालनको माग राखी गरिएको आन्दोलनमा प्रहरीद्वारा लाठी चार्ज

बारागढी गाँउपालिकाको कार्यालयमा फागुन ६ गते प्रसूति गृह सञ्चालनलगायतका आठ बुँदे माग राखी  कार्यालयमा तालाबन्दी गरी ढुङ्गामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीको लाठी चार्जबाट बारागढी गाँउपालिका–३ का २५ वर्षीय अमित चौधरी, २४ वर्षीय बताही माझी र वडा नं ५ का ३२ वर्षीय सुरेश बैठा घाइते भएका छन्…

२०७५ फाल्गुन ७, मंगलवार १०:४७ गते