प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव तथा कर्मचारी नहुँदा स्थानीय सेवाग्राहीहरू सेवाबाट वञ्चित
सिम्रौनगढ नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव तथा कर्मचारी नहुँदा स्थानीय सेवाग्राहीहरूको काम समयमा नहुनुको साथै सेवाबाट वञ्चित समेत हुनुपरेको छ । यस नगरपालिकामा ०८० असार २६ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत नभएको र धेरै कर्मचारीहरू भ्रष्टाचारको मुद्दामा परी निलम्बित भएको जानकारी सूचना तथा प्रविधि अधिकृत अर्जुन यादवले दिनु भयो । साथै निलम्बित हुनेहरूमा…
अपाङ्ग बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया अपाङ्ग बालिकालाई बलात्कार गरेको आरोपमा निजगढ नगरपालिका–१२ का ६० बर्षीय राना साईला भनिने सोमबहादुर लुङ्गवालाई रतनपुर स्थाई प्रहरी पोष्टबाट खटिएका प्रहरी टोलीले असोज ५ गते निजगढ नगरपालिका–११ स्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको छ । पीडितका अनुसार असोज ५ गते आफू घरमा एक्लै भएको मौका छोपी…
उपचार खर्च तिर्न नसक्दा दुई दिनसम्म शव अस्पतालमा
वीरगंज महानगरपालिका–१४ श्रीपुरका उमेश प्रसाद साह कानुको मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लाग्दा उपचारको लागि एल.एन.न्युरो एण्ड जेनरल हस्पिटल लगीएको थियो । उपचार खर्च तिर्न नसक्दा शव दुई दिनसम्म अस्पतालले दिएनन् । वीरगन्जको पावर हाउसदेखि सुक्खा बन्दरगाह जाने हुलाकी सडकमा पर्ने सिर्सिया खोलाको पुल नजिकै २०८० असार ३ गते मोटरसाइकलको ठक्करबाट…
विद्यालयमा शुद्ध पिउने पानी र शौचालयको अभाव
निजगढ नगरपालिका–१ सिगौल स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शुद्ध पिउने पानी र शौचालयको अभाव रहेको छ । २०६४ असार ३१ गतेदेखि अध्यापन गराउँदै आइरहेकी शिक्षिका सावित्रा सापकोटाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको “यो समस्या पुरानो रहेको” बताउनु भयो । ८ सय भन्दा बढी विद्यार्थी र २५ जना शिक्षक–शिक्षिका तथा कर्मचारीहरू रहेको…
नगर अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी धर्ना बस्दा सेवाग्राही मार्कामा
सिम्रोनगढ नगरपालिका—७ मा स्थित नगर अस्पताल ०८० साउन १ गतेदेखि बन्द रहेको हुँदा सेवा लिन आउने सेवाग्राहीहरू मार्कामा परेका छन् । नगर अस्पतालमा कार्यरत स्वस्थ्यकर्मी तथा कर्मचारीहरूले तलब भत्ता नपाएको भन्दै आन्दोलन तथा धर्नामा बसेका हुन् । धर्नामा बस्दा सेवाग्राहीहरू स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । नगर अस्पतालका मेडिकल अधिकृत…
बलत्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले करैयामाई गाउँपालिका–४ का २६ वर्षीय पानालाल पासवानलाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ पुस १६ गते बलात्कार गरेको भन्दै पीडितका बुबाले आरोपितविरुद्ध ०७९ पुस १७ गते जिल्ला प्रहरी कार्यालय कलैयामा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थय परीक्षण…
छोराद्वारा बुबाको हत्या घटनाका आरोपित गिरफ्तार
जितपुरसिमरा उपमहानगरपालिका–१६ टङ्गया बस्तीका ९० बर्षीय आइतसिंह घलान को उनका ६० वर्षीय छोरा दिलबहादुर घलानले ०८० साउन २६ गते मुक्का प्रहार गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढले साेही दिन गिरफतार गरेको छ । आरोपित विरुद्ध मृतककी ८० वर्षीया पत्नी कान्छीमाया तामाङले ०८० साउन २६ गते इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिनु…
कुटपिट तथा दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी
जीतपुरसिमरा उपमहानगरपालिका–१ सिमरा निवासी मानव अधिकार एलाइन्स (राष्ट्रिय मानव अधिकार तथा समाजिक न्याय मञ्च नेपाल) की ३२ वर्षीया रिना भनिने शान्ता कुमारी बजगाँईलाई साउन २१ गते जीतपुरसिमरा उपमहानगरपालिका–६ की ३२ वर्षीया संजिता खत्रीले कुटपिट, गाली गलैज तथा दुर्व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०८० साउन २२ गते उजुरी दिएकी छिन्…
दाइजोका कारण हत्या घटनाका आरोपित विरुद्ध उजुरी
बिश्रामपुर गाउँपालिका—१ चतवा टोलकी २५ वर्षीया जाया कुशवाहालाई दाइजोका कारण हत्या गरेको आरोपमा ३२ वर्षीय पति सन्दीप कुशवाहा, ५० वर्षीया सासू विद्यादेवी कुशवाहा र २७ वर्षीय देवर प्रविण कुशवाहाविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन १७ गते उजुरी दिएको छ । बहिनी जया कुशवाहको विवाह ०७८ मड्सिर २७ गते सन्दीप…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच बर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले १२ बर्षीय बालकलाई ०८० असार ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० असार १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुबाले असार ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको हो । पीडितका अनुसार आरोपितले यौन दुर्व्यवहार गरि विवाह…