सूचनाको माग गर्दै सबैला नगरपालिकाको कार्यालय अगाडि आठ दिनदेखि धर्ना

सबैला नगरपालिकामा रितपूर्वक माग गरिएको सूचना नगरपालिकाले नदिएको भन्दै असोज ४ गतेदेखि नगरपालिकाको कार्यालय अगाडि भ्रष्टाचारविरूद्ध सङ्घर्ष समितिमा आबद्ध अभियन्ताहरू धर्नामा बसेका छन् । नगरपालिकाकोे विकास बजेटमा व्यापक भ्रष्टाचार भएको भन्दै सबैलाका सुरेश यादवको संयोजकत्वमा ‘भ्रष्टाचारविरुद्ध संयुक्त सङ्घर्ष समिति’ गठन गरिएको छ । समितिकै पदाधिकारीहरूले जेठ २३ गते सडक बाटो…

September 28, 2021  
कृषि शाखाका अधिकृत कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

विदेह नगरपालिका–८ गिद्धा पूर्वारी टोल बस्ने विदेह नगरपालिकाका कृषि शाखा प्रमुख अधिकृत ५८ वर्षीय चन्देश्वर ठाकुरलाई असोज ८ गते कुटपिट गरेको आरोपमा विदेह नगरपालिका–३ करमाही टोल बस्ने ४५ वर्षीय शत्रुधन राय र ४७ वर्षीय अङ्गद रायविरूद्ध असोज ११ गते पीडित पक्षले जिल्ला प्रहरी कायाएलयमा उजुरी दिएको छ । कार्यालयमै बसिरहेको…

September 27, 2021  
धनुषामा मल अभाव, किसानहरू चिन्तित !

नेपाल सरकारले सुलभ दरमा सहकारी संस्थामार्फत उपलब्ध गराउँदै आएको मल धनुषामा अभाव भएको छ । धनुषामा किसानहरूले खेतीबारीमा प्रयोग गर्ने युरिया, डीएपी र जिङ्कलगायतको मल अभाव भएको गुनासो गरेका छन् । मल अभावले गर्दा किसान चिन्तित भएका छन् । किसानहरूको माग बमोजिम मलको अपर्याप्त रहेको भई अभाव नै सृजना भएको…

September 26, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषाधाम नगरपालिका–५ पर्वताका ६० वर्षीय पल्टु मण्डललाई इलाका प्रहरी कार्याल धनुषाधामले असोज ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १७ गते घाँस काट्न खेत गएको वेलामा आरोपित मण्डलले बालिकालाई १ हजार रुपैया दिने लोभ देखाएर बलात्कार गरेको थियो । पीडित पक्षको…

September 23, 2021  
वडा सदस्य कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी 

धनौजी गाउँपालिका–३ का वडा सदस्य रहेका नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता ५० वर्षीय रामकुमार महतोलाई भदौ ३१ गते जनकपुरमा नेकपा एकीकृत समाजवादी पार्टी क्षेत्र नं. ३ द्वारा आयोजित क्षेत्रीय पार्टी भेलामा आउँदै गर्दा झोझीकटैयामा घेरा हालेर सोही गाउँपालिकाका-३ का वडा अध्यक्ष रामदुलार मण्डललका भतिजा २७ वर्षीय प्रदिप मण्डल र वडाका…

September 18, 2021  
औषधि पसलमा कोभिडविरुद्धको भ्याक्सिन किनबेच, आरोपित गिरफ्तार

कोभिडविरुद्धको भ्याक्सिन किनबेच गरेको आरोपमा प्रहरीले शहिदनगर नगरपालिका-३ यदुकुहास्थित श्रीराम हेल्थ केयरका सञ्चालक कमलेश मण्डल र प्राथमिक स्वास्थ्य केन्द्रका अहेव देवशरण यादवलाई भदौ ३१ गते गिरफ्तार गरेको छ । आरोपितद्वयलाई नगरपालिकाको अनुशासन समितिका अध्यक्ष कन्हैया मुखिया, नगर प्रमुख उदयकुमार बरबरिया यादव, प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादव, स्वास्थ्य शाखा प्रमुख कपिलदेवप्रसाद…

September 17, 2021  
ढल मिसिएको दुषित पानी पिउन बाध्य भएको स्थानीयको गुनासो

खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीको धारामा ढल मिसिएको दुषित पानी पिउन बाध्य भएको जनकपुरधामका खानेपानी उपभोक्ताहरूले गुनासो रहेका छन् । २०७७ फागुन महिनादेखि नै धारामा हिलो, धमिलो, पहेलो माटो मिसिएको लेदो सहितको दुषित पानी आउने गरेकाले सोही पानी पिउन बाध्य भएको जनकपुरधाम उपमहानगरपालिका–११ बस्ने अशोक साहले बताउनु भयो ।…

September 13, 2021  
बलात्कार प्रयासको घटना ५ लाख रुपियाँमा ‘मिलापत्र’ !

२५ वर्षीया महिलालाई मिथिला विहारी नगरपालिका–४ बस्ने ४० वर्षीय प्रदिप यादवले भदौ २३ गते राति बलात्कार प्रयास गरेको घटनामा ५ लाख रुपियाँमा मिलापत्र भएको पीडित महिलाले बताएकी छन्। शहिद नगरपालिका–२ चोराकोयलपुरमा राँगाको व्यवसाय गर्दै आएका यादवले भदौ २३ गते राति पीडित महिलाको घरमा गएर बलात्कार प्रयास गरेको आरोप थियो ।…

September 13, 2021  
होमवर्क नगरेको आरोपमा कुटपिट, न्यायका लागि इन्सेकसमक्ष आग्रह

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित स्वस्तिक इङ्गलिस बोर्डिङ्ग स्कुलको कक्षा ४ मा अध्ययनरत १२ वर्षीय सिद्धार्थ ठाकुरलाई शिक्षिका शोभा साहले पाइपले र शिक्षक रब्बानी हुसैनले डस्टरले कुटपिट गर्दा दाहिने हात भाँचिएर घाइते भएको भन्दै पीडित पक्षले इन्सेक धनुषा प्रतिनधि दिपेन्द्रप्रसाद सिंहसमक्ष सहयोग मागेको छ । इन्सेक प्रतिनिधिलाई पीडित विद्यार्थीका बुबा जितेन्द्र ठाकुरले…

September 11, 2021  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले २४ वर्षीय भतिजलाई भदौ २४ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका सई जयप्रसाद नेपालले बताउनुभयो । पीडित महिलालाई आरोपितले भदौ १८ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय ढल्केवरमा भदौ २३ गते आरोपितविरुद्ध उजुरी दिएको छ । पीडित…

September 11, 2021