प्रहरी हिरासतमा कुटपिट, न्यायको लागि पहल गरिदिन मानव अधिकारकर्मीलाई आग्रह

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका ३० वर्षीय राजकुमार सदाले आफूलाई वडा प्रहरी कार्यालय मुजेलियाका सई चन्द्र सिंहलगायत पाँच/सात जनाले कात्तिक २ गते राति ९ बजे गिरफ्तार गरी कुटपिट गरेको भन्दै न्यायको लागि पहल गरिदिन इन्सेक धनुषा प्रतिनिधि र राष्ट्रिय मानव अधिकार आयोग जनकपुरलाई कात्तिक ४ गते आग्रह गर्नु भएको छ । राजकुमार…

October 22, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई कात्तिक ५ गते बिहान यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–८ का ४५ वर्षीय कपिलदेव मण्डललाई सोही दिन गिरफ्तार गरेको छ । पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको देखेपछि पीडित बालिकाकी आमाले प्रहरीमा मौखिक उजुरी दिएकी छन् । प्रहरी चौकी बलवाले आरोपितलाई गिरफ्तार गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी…

October 22, 2021  
अमानवीय व्यवहार घटनाका आरोपितविरूद्ध कारवाही गर्छौँ–प्रजिअ बास्तोला

अमानवीय व्यवहार घटनाका आरोपितविरूद्ध कारवाही गरेरै छाड्ने धनुषका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला बताउनु भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्था विभाग जनकपुरका निमित्त प्रमुख रौतहटको बृन्दावन नगरपालिका–१ विश्रामपुरका ४५ वर्षीय इञ्जिनियर राजेश्वर कुशवाहालाई कात्तिक ४ गते जनमत पार्टीका नेता कार्यकताहरूले कुटपिट गर्दै अर्धनग्न पारी जनकपुर बजार घुमाएको घटनापछि…

October 22, 2021  
हावाहुरी र बेमौसमी वर्षा पीडित किसानलाई प्रदेश सरकारले राहत दिने घोषणा

प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवले बेमौसमी वर्षा तथा हावाहुरीका कारणले कृषि बालीमा निकै क्षति भएको भन्दै तीनै तहका सरकारको समन्वय एवम् सहभागितामा राहत कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ । कात्तिक ४ गते पत्रकार सम्मेलन गरी मन्त्री यादवले यस्तो जानकारी दिनु भएको हो । भूमि…

October 21, 2021  
दुई छोराको हत्या गरी आमाद्वारा आत्महत्या

पाँच वर्षीय छोरा अभिषेक साह र तीन वर्षीय छोरा आदित्य साहलाई नगराइन नगरपालिका–७ फुलगामाकी २४ वर्षीया आमा गुडिया साहले असोज २२ गते साँझ घाँटी थिचेर हत्या गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । ३० वर्षीय पति गुरुदेव साह काम विशेषले जनकपुर आएका बेलामा दुवै छोराको हत्यापछि घरकै सिलिङ फ्यानमा पासो…

October 9, 2021  
शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा असोज २२ गते मिथिला नगरपालिकामा शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा श्री जनतामा मावि, नक्टाझीजमा इन्सेकले गठन गरेको बाल अधिकार सचेतना समूहका अध्यक्ष दिवेशकुमार महतोले निःशुल्क शिक्षा पाउने विद्यार्थीहरुको अधिकार भएकाले कोरोनाको समयमा विद्यार्थीहरु…

October 8, 2021  
जनकपुरधाममा यूपीआरसम्बन्धी कार्यशाला सम्पन्न

मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रमाथिको आवधिक समीक्षासम्बन्धी कार्यशाला जनकपुरधाममा असोज १९ गते सम्पन्न गरिएको छ । कार्यशालामा सहभागी एनपिआइका प्रदेश २ संयोजक विनोद महराले राज्यपक्षले दलित समुदायमाथि दमन गर्दै आएको आरोप लगाउनुभयो । राज्यले दलित, गरिब नागरिकता विहीन हुँदा अवस्थाले गर्दा पाउनुपर्ने आधारभुत सेवा सुविधाबाट समेत वञ्चित हुँदै आएको बताउनु भयो…

October 7, 2021  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई असोज ३ गतेदेखि ६ गतेसम्म जनकपुरस्थित एक होटलमा बलात्कार गरेको आरोपमा विदेह नगरपालिका–४ का ३० वर्षीय जितेन्द्रकुमार महरा र बलात्कार गर्न सहयोग गरेको आरोपमा ३२ वर्षीय अरुणकुमार महराविरुद्ध असोज १५ गते जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित परिवारले उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १६…

October 2, 2021  
प्रहरीले उजुरी दर्ता नगरेको भन्दै आत्महत्या !

जनकनन्दनी गाउँपालिका–४ बस्ने १२ वर्षीया ममता कामतले प्रहरीले उजुरी दर्ता नगर्दा न्याय नपाउने देखेपछि असोज १२ गते विष सेवन गरी आत्महत्या गरेको पीडित पक्षको आरोप छ । कक्षा ७ मा अध्ययनरत बालिका भदौ २३ गते ट्यूसन पढेर घर फर्कँदै गर्दा गाउँकै २२ वर्षीय सञ्जय दास, २० वर्षीय कलेश्वर दास र…

September 30, 2021  
हत्या आरोपमा वडाध्यक्ष गिरफ्तार

४५ वर्षीया सुमिन्त्रादेवी यादवको हत्या आरोपमा सबैला नगरपालिका–४ का ५० वर्षीय वडाध्यक्ष पथला भन्ने कुशेश्वर ठाकुरलाई इलाका प्रहरी कार्यालय सबैलाले असोज ११ गते गिरफ्तार गरेको छ । वडामा सडक विस्तारको क्रममा ०७७ वैशाख २३ गते भएको दोहोरो झडपमा परी सबैला नपा–४ की ४५ वर्षीया सुमिन्त्रादेवी यादव गम्भीर घाइते भई उपचारको…

September 28, 2021