धनुषा र पर्सामा निषेध आदेश, पूर्ण पालना गर्न प्रशासनको आग्रह

कोभिड सङ्क्रमण समुदायमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ गतेदेखि वैशाख ३१ गतेसम्मका लागि निषेध आदेश जारी गरेको छ । जिल्ला सङ्कट व्यवस्थापन समितिको वैशाख १९ गते बसेको बैठकबाट कोभिड महामारी रोकथाम तथा नियन्त्रण गर्न सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को…

May 4, 2021  
उपचार अभावमा एक जना बिरामीको मृत्यु

बटेश्वरमा ४५ वर्षीय पुरुष बिरामीको उपचार अभावमा वैशाख २१ गते बिहान छटपटिएर मृत्यु भएको छ । पाँच दिनदेखि रुघाखोकी र ज्वरोबाट पीडित उनलाई वैशाख २० गते साँझ ८ बजे उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको थियो । प्रादेशिक अस्पतालको आइसोलेशनमा बेड खाली नभएपछि जनकपुरकै केही निजी अस्पतालमा समेत लैजाँदा…

May 4, 2021  
कोभिड–१९ सङ्क्रमण सम्बन्धी प्रदेश २ को दैनिक अपडेट

प्रदेश २ मा कोभिड–१९ सङ्क्रमण बढेसँगै स्वास्थ्यकर्मीको अभावमा पिसिआर परीक्षण नहुँदा सेवाग्रही मर्कामा परेको समाचार जिल्ला प्रतिनिधिहरुबाट प्राप्त भएको छ । बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार जिल्ला अस्पताल कलैयामा एक वर्ष अगाडि जडान भएको पिसिआर मेशिन ०७७ चैत ३० गते प्रदेश २ का मन्त्रिले उद्घाटन गरे पनि २०७८ वैशाख १६…

May 2, 2021  
अज्ञात पक्षबाट विद्यालयमा आगजनी

जनकपुरधाम उपमहानगरपालिका–४ विश्वकर्मा चोकस्थित जनकपुर पब्लिक स्कुलमा वैशाख ११ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । आगजनीबाट करिब २० लाख रुपियाँ बराबरको विद्यालयको सम्पत्ति नष्ट भएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयका प्रशासनिक तथा आर्थिक कागजात, ल्यापटप, कम्प्युटर, स्कुल ड्रेस, टाइ, बेल्ट, सिसि क्यामेरा सिस्टम, फर्निचर तथा दराजलगायत भौतिक…

April 26, 2021  
बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हंसपुर नपा–९ रुदौलीका ३२ वर्षीय अमित मण्डलविरुद्ध पीडितले वैशाख ३ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिला नुहाइरहेको अवस्थामा आरोपित मण्डलले नग्न तस्वीर तथा भिडियो लिएर फेसबुकमा भाइरल गरिदिने डर र त्रास देखाउँदै साढे २ वर्षदेखि बलात्कार गर्दै आएको पीडितले…

April 18, 2021  
महेन्द्रनगरमा प्रहरीमाथि वियरको बोतल प्रहार, आरोपित गिरफ्तार

क्षिरेश्वरनाथ नपा–६ क्षिरेश्वर चोकमा ड्युटीमा खटिएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत ३५ वर्षीय असई शालीग्राम सुवेदी, प्रहरी हवलदार ३२ वर्षीय राकेश रम्तेल र प्रहरी जवान २९ वर्षीय आनन्दबावु साहलाई वियरको बोतल प्रहार गरि घाइते बनाएको आरोपमा लक्ष्मिनियाँ गाउँपालिका–६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले चैत १६…

April 1, 2021  
अपहरण घटनाका आरोपितविरुद्धको उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप

क्षीरेश्वरनाथ नपा–४ की १८ वर्षीया रञ्जिता कुमारीलाई अपहरण गरेको भन्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा चैत १६ गते दिएको किटानी उजुरी दर्ता नगरेको पीडित परिवारको आरोप छ । रञ्जिता महरालाई चैत ९ गतेदेखि सोही ठाउँका २५ वर्षीय मोहम्मद कलम हुसैन राइनले अपहरण गरी बन्धक बनाई राखेको भन्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा…

April 1, 2021  
नेपाल मानव अधिकार वर्ष पुस्तक र मानव अधिकार अवस्थाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय र प्रदेश २ कार्यालयको अनुगमन टोलीले नेपाल मानव अधिकार वर्ष पुस्तकको महत्व र प्रदेशमा मानव अधिकारको अवस्थाबारे छलफल गरी सुझाव सङ्कलन गरेको छ । इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठ, कार्यकारी निर्देशक विजयराज गौतम र प्रदेश २ संयोजक राजु पासवानसम्मिलित टोलीले चैत ८ र…

March 22, 2021  
प्रदेश २ मा दलितको अवस्थाबारे अन्तर्क्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), दलित महिला सङ्घ, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, समग्र महिला विकास कन्द्र नेपाल, दलित महिला सङ्घर्ष समिति, दतिल नारी समाज, राष्ट्रिय दलित पत्रकार सङ्घ र भोर नामक संस्थाको संयुक्त आयोजनामा ‘‘जातीय हिंसा विरुद्ध म’’ भन्ने मुल नाराका साथ ५६ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन…

March 22, 2021  
बम विस्फोट घटनाप्रति इन्सेकलगायत सङ्घसंस्थाको ध्यानाकर्षण

सिरहाको लहान नपा–१ स्थित मालपोत कार्यालयमा चैत १ गते गराइएको बम विस्फोट घटनाप्रति इन्सेकलगायत मानवअधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूले चैत ३ गते प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बम विस्फोट घटनामा परेर एक कर्मचारी र सात जना सेवाग्राही घाइते भएका थिए । इन्सेक प्रदेश २ का संयोजक राजु पासवान,…

March 17, 2021