हिरासतमा मृत्यु घटनाका विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्रः मुस्लिम आयोगद्वारा घटनामा चासो व्यक्त, सामाजिक सद्भावका लागि अपिल

भोक्राहा नरसिंह गाउँपालिका–५ का २५ वर्षीया मोहम्मद हकिम शाँको जिल्ला प्रहरी कार्यालय हिरासतमा असोज २४ गते भएको मृत्यु घटनाको वास्तविकता छानविन गर्न माग गर्दै हिन्दू स्वयमसेवक सङ्घ र मुस्लिम मुक्ति मोर्चा प्रदेश १, नेपालले कात्तिक १ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । घटनाका विषयमा मुस्लिम आयोगले चासो…

October 19, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–११ आम्तेकका ३३ वर्षीय पर्वत राईलाई घटना भएको ११ वर्षपछि गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०६८ असार २ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । उजुरी लगत्तै फरार…

October 18, 2021  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–१० का ४३ वर्षीय धनबहादुर मगरलाई असोज ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज ३१ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…

October 18, 2021  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

म्याङ्लुङ नगरपालिका–९ की ५५ वर्षीया दिलकुमारी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ६२ वर्षीय पति नरबहादुर लिम्बूलाई  असोज ३१ गते  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मदिरा सेवन गरि असोज ३० गते चिर्पट प्रहार गरि हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका…

October 18, 2021  
पत्नी हत्या घटना आरोपमा पति गिरफ्तार

साल्पासिलिछो गाउँपालिका–५बाक्सिन्दाकी ४० वर्षीया छोती शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति फराछेतर शेर्पालाई असोज २६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरायसी विवादका क्रममा असोज २६ गते खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पत्नीको हत्या…

October 14, 2021  
बाल सहयोगी सहजकर्ताले पाउने न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या, विभेद भएको गुनासो

नेपाल सरकारले आर्थिक वर्ष २०७८-०७९ मा बाल सहयोगी कार्यकर्ताका लागि तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या देखिएको छ । प्रदेश १ मा रहेका कतिपय स्थानीय तहले सङ्घीय सरकारले बजेटमार्फत व्यवस्था गरेको न्यूनतम पारिश्रमिक १५ हजार रुपियाँ उपलब्ध गराएका छन् भने कतिपय स्थानीय सरकार आधिकारिकपत्र नआएको भन्दै अलमलमा परेका छन् । तत्कालीन…

October 14, 2021  
प्रहरी हिरासतमा मृत्यु घटनाको विरोधमा प्रर्दशन र आगजनी, छानविनका लागि समिति गठन

भोक्राहा नरसिंह गाउँपालिका–५ का २१ वर्षीय मोहम्मद हकिम शाँले जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा असोज २४ गते बिहान आत्महत्या गरेको विषयलाई लिएर पीडित पक्षले गरेको विरोधमा प्रहरी र स्थानीयबिच झडप भएको छ । झडपको क्रममा प्रर्दशनकारीहरूको ढुङ्गा प्रहारबाट १३ जना भन्दा बढी प्रहरी र दुई जना प्रर्दशनकारी घाइते भएको जिल्ला…

October 10, 2021  
उपचारमा लापरबाही गरेको आरोपमा जिल्ला अस्पतालमा तोडफोड, अस्पतालद्वारा आकस्मिक बाहेकका सेवा बन्द

फालेलुङ गाँउपालिका–८ की तीन वर्षीया बालिका क्रिष्टिना थाम्सुहाङको उपचारमा लापरबाही गरेका कारण असोज २० गते मृत्यु भएको आरोपमा पीडित पक्षले जिल्ला अस्पताल तोडफोड गरेको छ । अस्पताल तोडफोड गरिएपछि अस्पताल प्रशासनले असोज २१ गते विज्ञप्ति जारी गर्दै अस्पतालबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै प्रकारका सेवा बन्द गरेको छ । चिकित्सकले…

October 8, 2021  
कारागार सरूवाको तयारीविरूद्ध कैदीबन्दीका आफन्तद्वारा विरोध

अपहरण मुद्दामा सजाय भुक्तान गरि रहेका विराटनगर महानगरपालिका–११ का अभिषेक गिरीलाई डिल्लीबजार कारागारबाट मोरङ कारागार ल्याउने तयारी गरिएपछि त्यसको विरोधमा कैदीबन्दीका आफन्तजनले असोज १९ गते मोरङ कारागार अगाडि विरोध प्रर्दशन गर्नुका साथै धर्ना दिएका छन् । धर्नाका कारण कारागार परिसर दिन भरजसो तनावग्रस्त भएको छ । कैदीबन्दीका आफन्तले कारागार अघि…

October 5, 2021  
बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

३१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिदिङ्मा गाउँपालिका–७ सुरुमखिमका ४२ वर्षीय जितमान राईलाई असोज १८ गते आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश राउतको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन र १ हजार…

October 5, 2021