प्रदेश १ मा यौनजन्य घटनामा बृद्धिः इन्सेक

प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाइएको हो । मानव अधिकारको अवस्था सार्वजनिकीकरण सहित मानव अधिकार र मानवीय अवस्था विषयक अन्तरक्रियामा वितरित प्रतिवेदनमा…

September 20, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका–६ का २५ वर्षीय वेदाङ्ग कन्दङ्गवालाई असोज २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७७ माघ २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै…

September 18, 2021  
कुटपिट घटनाका आरोपित जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी

कानेपोखरी गाउँपालिका–३ का ५६ वर्षीय प्रकाश भण्डारीलाई भदौ २९ गते कुटपिट गरेको आरोपमा पीडित पक्षले सोही वडाका वडा सदस्य ५६ वर्षीय उदयबहादुर कार्कीविरूद्ध भदौ ३० गते इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएको छ । पीडितलाई आरोपितले भदौ २९ गते विना कारण घरमा खाना खान बसेको अवस्थामा कुटपिट गरेको पीडितकी छोरी…

September 16, 2021  
बलात्कार गरेको कसुरमा जन्म कैद सजायको फैसला

पाँच वर्षीया बालिकालाई ०७७ माघ ११ गते बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–४ का ४५ वर्षीय थीरबहादुर दर्जीलाई भदौ ३० गते जन्म कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले कसुर गरेको ठहर गर्दै जन्म कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार धनकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन…

September 16, 2021  
पीडितको उद्दार तथा जनचेतनामुलक कार्यक्रम गर्न इन्सेकको आग्रह

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ताप्लेजुङले बलात्कार, हिंसा र विभिन्न कारणले पीडित महिला तथा बालिकाको उद्दार तथा जनचेतनामुलक कार्यक्रममा बजेट विनियोजन गर्न आग्रह गरेको छ । अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्धार सङ्कट व्यवस्थापन केन्द्रको भदौ २९ गते आयोजित बैठकमा इन्सेक ताप्लेजुङ्ग प्रतिनिधिले पीडितको उद्दार तथा जनचेतनामुलक कार्यक्रममा बजेट विनियोजन गर्न आग्रह…

September 16, 2021  
तत्काल विद्यालय सञ्चालनमा ल्याउन अभिभावकको माग

भोक्राहा नरसिंह गाउँपालिका–७ का स्थानीयले कोभिड–१९ का कारण बन्द भएका विद्यालय तत्काल खोल्नुपर्ने माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको सहयोग, मानव अधिकार समूहको आयोजना तथा भोक्राहा नरसिंह गाउँपालिका–७ कार्यालयको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा समस्या पहिचान र सरोकारवाला पहिचान गर्न भदौ २८ गते आयोजित…

September 14, 2021  
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धर्मदेवी नगरपालिका–९ का २० वर्षीय आशिष वर्देवालाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शान्तिप्रसाद आचार्यको भदौ २७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ३ लाख रुपियाँ जरिबाना र पीडितले पाउने गरी ५० हजार रुपियाँ…

September 14, 2021  
कार्यविधिमार्फत विपन्न परिवारलाई गाउँपालिकाको काजक्रिया खर्च

कटहरी गाउँपालिका–७ की ६८ वर्षीया ज्येष्ठ नागरिक होलीदेवी सरदार बाँतरको ०७८ भदौ १५ गते मृत्यु भयो । आर्थिक रूपले अति विपन्न होलीदेवीको अन्त्येष्टी र काजक्रियाका लागि ५२ वर्षीय छोरा देवनारायण सरदारले गाउँपालिकाले आर्थिक २०७७।०७८ देखि सुरूआत गरेको असहाय तथा अति विपन्न जोखिम न्यूनीकरण कार्यविधि अन्तरगत तोकिएका कागजात जुटाएर क्रिया खर्चबापत…

September 13, 2021  
सुरक्षित नागरिक आवास निर्माण कार्यक्रममा मापदण्ड विपरित लाभग्राही छनौट

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई ओटा वडामा सुरक्षित नागरिक आवास निर्माण कार्यक्रममा मापदण्ड विपरीत लाभग्राही छनोट गरिएको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र वडा–११ खार्मीमा लक्षित वर्गलाई छोडेर मापदण्ड विपरीत लाभग्राही छनोट गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० का वडाध्यक्ष मुगाधन राईले बताउनु भएको छ । वडाध्यक्ष राईले…

September 13, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–६ कचिडेका २७ वर्षीय मोहन कार्कीलाई भदौ २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ २५ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

September 11, 2021