कुटपिट घटनाका आरोपित गाउँपालिका अध्यक्षविरूद्ध प्रहरीमा उजुरी

साल्पासिलिछो गाउँपालिका–२ का ४४ वर्षीय वडा अध्यक्ष मानबहादुर खत्रीलाई सोही गाउँपालिकाका ४६ वर्षीय गाउँपालिका अध्यक्ष महेश राईले असोज ८ गते कुटपिट गरेको आरोपमा पीडितले प्रहरी चौकी कुलुङमा सोहि दिन उजुरी दिनु भएको छ । गाउँपालिकाको कार्यालयबाट कुलुङ फर्कने क्रममा राईले कुटपिट गरेको खत्रीले आरोप लगाउनु भएको छ । कुटपिटबाट आफूलाई सामान्य…

September 25, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–१ कुलुङका ८१ वर्षीय ज्येष्ठ नागरिक दीपबहादुर राईलाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

September 24, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–५ सिद्धपोखरीका ६४ वर्षीय गणेशबहादुर याख्खालाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज ४  गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…

September 24, 2021  
लक्षित समुदायलाई वडा कार्यालयको स्वास्थ्य बीमा कार्यक्रम

नेपाल सरकारले २०७२ सालदेखि  सुरूआत गरेको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम पछिल्ला दिनमा स्वास्थ्य बीमा कार्यक्रमका रूपमा रूपान्तरण भएको छ । स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन वार्षिक ३ हजार ५ सय रुपियाँ तिनुपर्ने व्यवस्था स्वास्थ्य बीमा कार्यक्रमको छ । तर, बेलवारी नगरपालिका–६ की ३५ वर्षीया सन्तोमोची चमार ०७८ असार १२ गते…

September 23, 2021  
तोकिएको पारिश्रमिक माग गर्दै नगरपालिका कार्यालयमा धर्ना

नेपाल सरकारले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट घोषणामार्फत व्यवस्था गरेको पारिश्रमिक माग गर्दै इनरूवा नगरपालिका कार्यालयमा बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीहरूले असोज ४ गते सुरू गरेको धर्ना कार्यक्रमलाई असोज ७ गते पनि निरन्तरता दिएका छन् । समान कामको समान ज्याला दिनुपर्नेमा बाल विकासमा पढाउनेलाई विभेद गरेको…

September 23, 2021  
हत्या घटनाका चार जना आरोपित गिरफ्तार

झापा गाउँपालिका–१ माइती भई भारतको किसनगञ्ज जिल्ला, सिङ्गीमारी ग्राम पञ्चायत बस्दै आएकी ५० वर्षीया डोली भनिने धोन्नी टुडुको हत्या गरेको आरोपमा प्रहरीले चार जना आरोपितलाई असोज ६ गते सार्वजनिक गरेको छ । जग्गा विवादमा ५० वर्षीया धोन्नीको भदौ २४ गते खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले मृतकका भाञ्जा भारत,…

September 23, 2021  
हम्मर प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

नेचासल्यान गाउँपालिका–५ की ८२ वर्षीया वडालक्ष्मी राईको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय छोरा लक्ष्मण राईलाई असोज ३ गते गिरफ्तार गरेको छ । पीडितसँग आरोपितले पैसा मागेको र पैसा नदिएको रिसमा असोज ३ गते आमालाई फलामको हम्मरले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश यादवले इन्सेक प्रतिनिधिसँगको फोन…

September 22, 2021  
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरिरहेको “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा असोज ५ गते अर्जुनधारा नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेक प्रदेश १, कार्यालय विराटनगरको आयोजना तथा  नगरपलिकास्तरीय मानवअधिकार समूह अर्जुनधाराको समन्वयमा शिक्षा,…

September 22, 2021  
मानव अधिकार प्रलेखसम्बन्धी दुई दिवसीय तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १, कार्यालयको आयोजनामा प्रदेश १ का १४ ओटा जिल्ला र प्रदेश २ का आठ ओटा जिल्लाका प्रतिनिधिहरूलाई मानव अधिकार प्रलेख, पैरवी र डिजिटाइजेशनसम्बन्धी दुई दिवसीय तालिम असोज ५ गते विराटनगरमा सम्पन्न भएको छ । तालिमको उद्घाटन सत्रमा इन्सेक अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले इन्सेकले गर्ने काम…

September 22, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनसरी, इटहरी उपमहानगरपालिका–३ का ३३ वर्षीय पदमबहादुर भुजेललाई असोज ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बिवाह गर्ने प्रलोभनमा असोज १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज २ गते इलाका प्रहरी कार्यालय आठराईमा उजुरी दिएको थियो ।…

September 21, 2021