बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माइपोखरी गाविस-७ का १८ वर्षीय सन्तोष र्राईविरुद्ध कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । पीडित बालिकालाई इलाम नपा- ८ मा डेरा गरी बस्दै आएका राईले कात्तिक ६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले उजुरी दिएका हुन् । आरोपित फरार रहेकाले…
विवाह मण्डपबाटै 'बेहुली बालिका'को उद्धार
१४ वर्षीयम एक बालिकालाई विवाह मण्डपबाट उद्धार गरिएको छ । खाँदबारी-३ का ३२ वर्षीय रमेश गुरुङसँग विवाह गर्दै गरेको अवस्थामा विवाह मण्डपबाटै जिल्ला बालक्लब सञ्जालका पदाधिकारीले ती बालिकाको उद्धार गरी प्रहरीलाई जिम्मा लगाइएको छ । पीडित बालिकाका बावु दोस्रो विवाह गरी सर्म्पर्क विहीन रहेको र आमा वैदेशिक रोजगारका लागि मलेशियामा…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नपा-१ का भिमबहादुर विश्वकर्मा र सोही नपा-१० का बलबहादुर तामाङलाई बहुविवाह गरेको आरोपमा प्रहरीले कात्तिक २ गते गिरफ्तार गरेको छ । पीडित महिला असारी तामाङले असोज ३० गते दिएको उजुरीका आधारमा प्रहरीले बलबहादुर तामाङ र दाङ जिल्ला धर्ना गाविस-२ की १९ वर्षीया सीता पुनलाई गिरफ्तार गरेको जनाएको छ ।…
भ्रुण हत्या घटनाका आरोपित गिरफ्तार
बाझेच्यानडाँडा–२ की ४३ वर्षीया लक्ष्मी विश्वकर्मालाई कुटपिट गरी पाँच महिनाको भ्रुण हत्या गरेको आरोपमा सोही ठाउँका २२ वर्षीय यामकुमार विकलाई प्रहरीले गिरफ्तार गरेको छ । यामकुमार विश्वकर्मा र पीडित महिलाका ४३ वर्षीय पति सन्ते विश्वकर्माबिच असोज २४ गते भएको झगडालाई छुट्याउने क्रममा यामकुमारको प्रहारबाट घाइते भएको पीडित महिलाले आरोप लगाइन्…
प्रहरीले उजुरी लिन नमानेको पीडित पक्षको आरोप
सुनसरी छिटाहा-९ का ५० वर्षीय देवकिसन मण्डलको हत्या भएको भन्दै जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको मृतकका आफन्तले आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय दुहबीका इन्सपेक्टर शिवकुमार पोखरेलले भने घटनाको अनुसन्धान भइरहेको, शङ्कास्पद व्यक्तिसमेत गिरफ्तार गरिएको र मृतकको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र जाहेरी दर्ता गर्ने बताए । मृतकका…
याताना पीडित महिला न्यायको याचना गर्दै इन्सेकमा
कद्माहा-२ की ४० वर्षीया गुलेफुन खातुनले इलाका प्रहरी कार्यालय रङ्गेलीमा आफूलाई २८ दिन सम्म यातना दिएको आरोपसहित न्यायका लागि सहयोग गरिदिन इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा आएर क्षेत्रीय कार्यालय संयोजकसमक्ष आग्रह गरेकी छन् । पीडित महिलाले आफूमाथि प्रहरीले गरेको यातना र अमानवीय कार्यविरुद्ध न्यायका लागि सहयोग गरिदिन इन्सेक क्षेत्रीय कार्यालयका संयोजक…
बलात्कार घटनाको आरोपमा उजुरी दर्ता
३२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा फाकफोक गाविस-१ का २४ वर्षीय कमल चेम्जोङविरुद्ध पीडित महिलाले कार्तिक १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले असोज ११ गते बलात्कार गरेको प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ । बलात्कार घटनाका आरोपित फरार रहेकोले खोजी कार्य सुरु गरिएको जिल्ला…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
एक ४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा असोज ३० गते नवमीडाँडा गाविस-५ का ५३ वर्षीय गणेश लिम्बूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । पीडित महिला बिरामी भएको बेला झारफुक गर्ने बहानामा असोज २६ गते आरोपितले बलात्कार गरेको पीडितले आरोप लगाइन् । पीडित महिलाको उजुरीका आधारमा असोज २८ गते…
चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा जेठाजु गिरफ्तार
सिदिन गाविस-९ की २५ वर्षीया सङ्गीता राई मगरलाई चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा असोज २८ गते उनका ४० वर्षीय जेठाजु दिपेन्द्र मगरलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २८ गते टाउकोमा चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरी चौकी सिदिनमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
एक नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इटहहरी उमनपा-५ का २५ वर्षीय सुमन कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीले असोज २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज २१ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए ।…