बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ, कानेपोखरी गाउँपालिका– २ का ३४ वर्षीय धनबहादुर विष्टलाई पुस २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

January 11, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लालीगुराँस नगरपालिका–६ सुङनाम चुहानडाँडाका १५ वर्षीय बालकलाई पुस २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

January 10, 2022  
विद्यार्थीद्वारा नोवेल मेडिकल कलेजमा तोडफोड, सुरक्षागार्डको लाठी प्रहारबाट एक घाइते

नोवेल मेडिकल कलेज विराटनगरले जिल्ला प्रशासन कार्यालयमा भएको सहमति विपरित पठनपाठन सञ्चालन गरेको आरोपमा विद्यार्थीहरूले पुस २५ गते कलेजमा तोडफोड गरेका छन् । मेडिकल कलेज अगाडि रिले अनसनमा बस्न गएका विद्यार्थीमाथि त्यहाँ कार्यरत सुरक्षागार्डले लाठी चार्ज गर्दा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियूका केन्द्रीय सचिव २८ वर्षीय किसन भगत घाइते…

January 9, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय बाबुलाई पुस २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ऋषिराज…

January 9, 2022  
एक जना शिक्षकले ८६ जना विद्यार्थी पढाउनुपर्ने अवस्था

सुनसरीका विभिन्न स्थानीय तहमा विद्यार्थीको अनुपातमा शिक्षक अभाव रहेको शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीले जनाएको छ । १२ ओटा स्थानीय तहका १ सय २४ ओटा वडामा रहेका ३ सय ८४ सामुदायिक विद्यालयमा कुल २ हजार ७ सय १८ जना शिक्षक मात्र कार्यरत रहेको समन्वय इकाइले जनाएको छ । शिक्षक…

January 9, 2022  
दुर्व्यवहार गरेको आरोपमा जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी

मानव अधिकार उल्लङ्घन तथा अल्पसङ्ख्य समुदायको मानव अधिकारको अवस्था अनुगमनका क्रममा बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालीग्राम बञ्जराले आयोगको टोलीलाई पुस २४ गते दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी दिएको छ । मानव अधिकार र अल्पसङ्ख्य समुदायको मानव अधिकार अवस्थाका विषयमा पूर्व निर्धारित कार्यक्रम अनुसार अनुगमनका क्रममा बराहपोखरी गाँउपालिकाका अध्यक्ष शालीग्राम बञ्जरालाई भेट्न…

January 8, 2022  
आर्थिक अभावमा उपचारबाट वञ्चित, मनोसामाजिक समस्या भएका दाजुभाइलाई खोरमा राख्न बाध्य

आर्थिक अभावमा उपचार गर्न नसकिएपछि मनोसामाजिक समस्या भएका परिवारका सदस्यलाई खोरमा थुनेर राखिएको पीडित परिवारले जनाएको छ । साल्पासिलिछो गाउँपालिका–२ जिमिगाउँका ३३ वर्षीय डेगराज चौहान र ३७ वर्षीय डम्वर चौहानलाई आर्थिक अभावमा मानसिक रोगको उपचार गर्न नसकिएपछि घरको सिकुवामा खोर बनाएर थुनेर राख्न बाध्य भएको ६५ वर्षीय घरमुली छत्रबहादुर चौहानले…

January 8, 2022  
स्वास्थ्य अधिकारका सवालमा अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १, कार्यालय  आयोजना तथा  नगरपालिकास्तरीय मानवअधिकार समूह अर्जुनधाराको समन्वयमा  स्वास्थ्यको अधिकारका सवालमा सरोकारवालाहरुबिच अन्तरक्रिया कार्यक्रम पुस २२ गते शनिश्चरेमा सम्पन्न गरिएको छ । मानव अधिकार समूह अर्जुनधाराले शिक्षा अधिकारका सवालमा समस्या पहिचान गरी सो समस्या अर्जुनधारा नगरपालिकाका मेयर हिराकुमार राना समक्ष प्रस्तुत गरेको छ…

January 8, 2022  
तोकिएको पारिश्रमिक माग गर्दै बाल शिक्षण सहजकर्ताद्वारा नगरपालिकामा ध्यानाकर्षण

सिद्धिचरण नगरपालिकाका बाल शिक्षण सहयोगी सहजकर्ताले सरकारले घोषणा गरेको पारिश्रमिक सुविधा नपाएको भन्दै नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका छन् । नगरपालिका क्षेत्रभित्रका विभिन्न विद्यालयमा सञ्चालित बाल शिक्षण सहयोगी सहजकर्ताले सरकारले दिने भनेको तलब सुविधा स्थानीय तहबाट नपाएको गुनासो गर्दै पुस २२ गते नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका हुन् । सिद्धिचरण नगरपालिकाका सामुदायिक विद्यालयमा ६३…

January 8, 2022  
यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भद्रपुर नगरपालिका–८ का  ३२ वर्षीय अमर खड्कालाई एक वर्ष कैद सजायको  फैसला सुनाएको छ । न्यायाधीश शङ्करबहादुर राईको पुस २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको आदेश भएको अदालतका श्रेस्तेदार वीरेन्द्रकुमार बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।…

January 7, 2022