बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता
४२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मचीनगर नपा-२ का ३७ वर्षीय मालासिंह राजवंशीविरुद्ध असोज १३ गते मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ । पीडित महिलालाई आरोपितले असोज ९ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित महिलाले असोज १२ गते इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी दिएकी थिइन्…
बाढीले काठे पुल बगाएपछि बालबालिका विद्यालय जानबाट वञ्चित
त्रियुगा नदीमा पानीको बहाव नघटेपछि भलायडाँडा-३ अँधेरीका ५० जना भन्दा बढी बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । असोज ४ र ५ गते परेको वर्षातका कारण त्रियुगा नदीमा आएको बाढीले सात वर्ष अगाडि स्थानीयले बनाएको काठे पुल बगाएपछि बालबालिका विद्यालय जानबाट वञ्चित भएका हुन् । कक्षा ३ सम्म गाउँमा रहेको…
दुग्ध वितरण आयोजनाको पाउडर दुधमा किरा
विराटनगरस्थित विराटनगर दुग्ध वितरण आयोजनामा दुध बनाउन प्रयोग गरिने दुध पाउडरमा किरा भेटिएको छ । वाणिज्य कार्यालयको नेतृत्वमा असोज १२ गते अनुगमन टोलीले पाउडरमा किरा फेला पारेपछि यो विषय सार्वजनिक भएको हो । अनुगमन पश्चात देखिएको उक्त कार्यले ग्राहकले भरपर्दो रूपमा लिएको दुग्ध वितरण आयोजनाले ग्राहकहरूलाई अस्वस्थ्य दुग्धजन्य पदार्थ विक्री…
एफएम रेडियोको टावर तोडफोड गर्नेमाथि कारबाहीको माग
खोटाङको दिक्तेलस्थित हलेसी एफएम रेडियोको टावर र जेनरेटरमा अज्ञात समूहले तोडफोड गरी भौतिक क्षति पुर्याएको विरोधमा सम्बन्धित सञ्चारगृह र नेपाल पत्रकार महासङ्घ खोटाङ्ले असोज १२ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नको पहिचान गरी कारबाही गर्न माग गरेको छ । उक्त एफएमको मुढेमा रहेको टावरमा अपरिचित व्यक्तिहरूको समूहले असोज ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई प्रहरीले ०७३ असोज १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ९ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएको थियो । उक्त उजुरीको आधारमा अनुसन्धानका लागि आरोपित बालकलाई असोज १२ गते…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चिउरीडाँडा गाविस–६ का ४३ वर्षीय विज्ञान राईलाई प्रहरीले असोज ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ४ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्त्रानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बड्कादियाले–६ की २२ वर्षीया सुष्मा तामाङले बहुविवाह गरेको आरोपमा प्रहरीमा दिएको उजुरीका आधारमा उनका २० वर्षीय पति रामकुमार खड्का र बड्कादियाले–६ की २० वर्षीया कान्छी पत्नी कृष्णमाया राउतलाई असोज १२ गते गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपितहरूले ०७३ साउन १८ गते अर्को विवाह गरी घर भित्र्याएको र आफूलाई बेवास्ता…
सम्मानित भएर बाँच्न नपाएको ज्येष्ठ नागरिकहरूको गुनासो
ज्येष्ठ नागरिकहरू इतिहासका धरोहर मानिएपनि सम्मानित भएर बाँच्न सक्ने अवस्था नरहेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग उप क्षेत्रिय कार्यालय खोटाङले भोजपुरमा गरेको एक अन्तरक्रियाका सहभागी ज्येष्ठ नागरिकले शिक्षित र सम्भ्रान्त बन्दै गएको समाजमा झन घृणित हुनु परिरहेको गुनासो गरेका हुन् । उनीहरूले ज्येष्ठ नागरिकका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय एक बालकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बालकले असोज ७ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी आएपछि अनुसन्धानका लागि आरोपित बालकलाई असोज १० गते नै गिरफ्तार गरिएको…
आप्रवासी कामदारको विषयमा राज्यलाई जिम्मेवार बन्न आग्रह
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले असोज ७ गते विराटनगरमा आयोजना गरेको आप्रवासी कामदारहरूको मानव अधिकार विषयक कार्यक्रमका सहभागीहरूले वैदेशिक रोजगारमा जाने वयक्तिहरू एजेण्टबाट ठगिने, कामको प्रकृतिको विषयमा थाहा नपाउँदा जोखिम मोलेर काम गर्न बाध्य भएको भन्दै राज्यलाई गम्भीर बन्न आग्रह गरेका छन् । उनीहरूले वैदेशिक रोजगारीमा गएका व्यक्तिले…