नवजात शिशु फालेको आरोपमा बाबु गिरफ्तार
तीन दिनकी नवजात शिशु (छोरी) फालेको आरोपमा प्रहरीले दुहबी नगरपालिका–१० का ३३ वर्षीय बाबु अमितलाल चौधरीलाई माघ ७ गते गिरफ्तार गरेको छ । ३० वर्षीया पत्नी विन्दा चौधरीले माघ ४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा जन्म दिएकी शिशुलाई बाबुले फालेको प्रहरीको भनाइ छ । नवजात शिशुलाई माघ…
काम गर्ने वातावरण बनाइदिन पत्रकारको आग्रह
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का २९ वर्षीय पत्रकार दिवस रिजालले स्वच्छ र शान्त वातावरणमा काम गर्ने वातावरण मिलाइदिन पत्रकार महासङ्घ खोटाङ शाखा समक्ष माघ ९ गते आग्रह गर्नु भएको छ । माघ ४ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राईका बारेमा जायजुम अनलाइनमा “उपप्रमुखको ८ महिनामा करिब ५ लाख…
बालिका हत्या आरोपमा गिरफ्तार
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया बालिका रञ्जीता दाहालको हत्या आरोपमा प्रहरीले रावावेशी गाउँपालिका–५ का २५ वर्षीय अनन्त विकलाई माघ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिका माघ १ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । माघ २ गते बालिकाको लास घर नजिक खन्यूको बोटमा पाँसो…
न्यायका लागि पहल गरीदिन इन्सेकलाई निवेदन
गढी गाउँपालिका–२ औरावनीकी २३ वर्षीया प्रीतिकुमारी पण्डितले विवाह दर्ता, नागरिकता र बच्चाको जन्म दर्ता २९ वर्षीय पति मोहनारायण पण्डितले नदिलाएका कारण न्यायका लागि पहल गरीदिन माघ ५ गते इन्सेकलाई निवेदन दिनु भएको छ । ०७५ मा मोहनारायणसँग विवाह गर्नु भएकी प्रीतिकुमारीले पतिले व्यक्तिगत घटना दर्ता नगरी दिएका कारण आफूसहित बच्चाले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–२ का १९ वर्षीय निशान्त तामाङ्गलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ पुस २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ४ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ ५…
उपचारमा लापरबाही गरेको आरोपमा चिकित्सकमाथि कुटपिट
मोरङ जहदा गाउँपालिका–३ भाथिगछकी २६ वर्षीया उमा मुखियाको १८ दिने छोरीलाई उपचारका क्रममा कोशी अस्पतालका चिकित्सक डाक्टर आकाश यादवले जीवित शिशुलाई माघ ४ गते मृत घोषणा गरी दिएपछि चिकित्सकमाथि कुटपिट भएको छ । जीवित शिशुलाई मृतक घोषणा गरेको भन्दै आक्रोशित भीडले माघ ४ गते डाक्टर यादवलाई कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका…
प्रहरीले कुटपिट गरेको आरोप
खाँदवारी नगरपालिका–८ स्थायी घर भई खाँदवारी नगरपालिका–१ वडा कार्यालयमा वडा सचिव पदमा कार्यरत ३८ वर्षीय राजकुमार राईले प्रहरीले कुटपिट गरेको आरोप लगाउनु भएको छ । माघ १ गते साँझ खाँदवारी नगरपालिका–१ स्थित आफ्नै घरमा परिवारसँग बसिरहेको अवस्थामा घुमुवा प्रहरीले गाली गलौच गरी गालामा दुई थप्पड हिर्काएको कर्मचारीको आरोप छ ।…
निजी सम्पत्तिको संरक्षण गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र
मेची राजमार्ग दायाँबायाँको संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेपछि ताप्लेजुङतर्फका स्थानीयले सम्पत्ति सुरक्षाको मागसहित स्थानीय तह, प्रशासन र मन्त्रालयलाई माघ ३ गते ज्ञापनपत्र बुझाएका छन् । नेपालको संविधान भाग–३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३७ को (१) मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने उल्लेख छ । धारा…
आन्दोलनमा सहादत प्राप्त गर्नेका तर्फबाट १ सय ५१ जनाको निवेदन
प्रदेश १, सरकारको आर्थिक वर्ष २०७९-८० को स्वीकृत वार्षिक बजेट तथा कायक्रम बमोजिम जनयुद्ध, दोश्रो जनआन्दोलन, मधेस आन्दोलन र जनजाति आन्दोलनमा सहादत प्राप्त गर्ने परिवारलाई १ लाख रुपैयाँ दिने कार्यक्रमका लागि जिल्लाबाट १ सय ५१ जनाले निवेदन दिएका छन् । उक्त आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने परिवारलाई रकम उपलब्ध गराउने…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदवारी नगरपालिका–५ का ३० वर्षीय गणेश शिवालाई माघ २ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०७९ पुुस ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…