प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता महाकुलुङ्ग गाउँपालिका–१ का ३७ वर्षीय ङिमा शेर्पालाई प्रहरीले कात्तिक १५ गते गिरफ्तार गरेको छ । शेर्पालाई प्रहरीले सोताङ्ग गाउँपालिका–१ पावैबाट गिरफ्तार गरेको जनाएको छ । दुई दिनको अनुसन्धानपछि शेर्पा सो पार्टीको कार्यकर्ता भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उत्तम कार्कीले बताए ।…
चिकित्सक अभावमा सेवाग्राही बिरामी मर्कामा
माप्यदूधकोशी गाउँपालिका –७ वाप्साकी सुन्तली मगर जिल्ला अस्पताल फाप्लुबाट फर्कँदै गरेको अवस्थामा भेटिइन् । गाउँको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि डेढ दिनको यात्रापछि जिल्ला अस्पताल फाप्लु पुगेपनि चिकित्सक नहुँदा उपचार नगराई फर्कनु परेको उनको गुनासो छ । अस्पताल पुगेर स्वास्थ्य लाभ नलिई फर्किने उनी एक्ली स्वास्थ्य सेवाग्राही भने होइनन् ।…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्लाको चिसापानी गाँउपालिका–४ का २० वर्षीय विशाल थिङ्ग र सिन्धुपाल्चोक जिल्ला साँगाचोक चौतारागढी गाउँपालिका–११ का १९ वर्षीय महेश तामाङलाई गिरफ्तार गरेको छ । खुम्बु क्षेत्रमा रहेको एक होटलमा कार्यरत उनीहरूलाई पीडितको उजुरीका आधारमा असोज २९ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयमा…
बाबुको कुटपिटबाट बचाउन माग गर्दै वडा कार्यालयमा निवेदन
बाबुले लामो समयदेखि कुटपिट गर्दै आएको भन्दै तीन जना छोराछोरीले असोज १३ गते बचाउन माग गर्दै थुलुङ दूधकोशी गाँउपालिका–६ को वडा कार्यालयमा निवेदन दिएका छन् । ३७ वर्षीय बाबु तीर्थ राईले कान्छी पत्नीको कुरा सुनेर कुटपिट गरेको आरोप लगाउँदै नौ वर्षीय छोरा सम्योग राई, १३ वर्षीया छोरी अमृता राई र…
वातावरणीय प्रभाव मूल्याङ्कन बिना गरिएको विकासले निम्त्याएको विनास
वातावरणीय प्रभाव मूल्याङ्कन नगरी बाटो खनिएका कारण सोलुदूधकुण्ड नगरपालिका-८ केरूङका तीन घर र माप्यदूधकोशी नपा-६ को एक घर भदौ १४ गते रातिको वर्षाले पहिरोसँगै बगाएको छ । घर बगाएर पीडित हुनेमा केरूङका नरबहादुर खड्का, पूर्णबहादुर मगर र टेकबहादुर मगर छन् । पीडित टेकबहादुर मगरले बाटो निर्माण गर्दा खोल्सा कटान गरिएपनि…
पहिरो पीडित दुई दशकदेखि बस्ती स्थानान्तरणको पर्खाइमा
माप्य दुधकोशी गाउँपालिका–६ वाप्साखानीमा ३० परिवार बसोबास रहेको छ । बस्ती वरिपरीको जमिन चिरा परेको छ । वर्षाको समयमा ३० परिवारका २ सय ७० जना ज्यान जोगाउनकै लागि बस्तीबाट अन्यत्र सर्न थालेको २० वर्ष बितेको छ । यद्यपि उनीहरूको समस्या समाधान हुन सकेको छैन । संविधानको धारा ३७ मा आवासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २१ वर्षीय काकालाई साउन ६ गते गिरफ्तार गरेको छ । खुम्बु पासाङल्हामु गाँउपालिका-२ मा बस्दै आएका आरोपितलाई पीडित पक्षको उजुरीपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उत्तम कार्कीले बताए । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र अन्तिम पटक ०७५ मङ्सिर ४…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १२ गते सल्लेरीमा सम्पन्न गरेको छ । सन् २०१९ को जनवरी १ देखि जुन २६ सम्मका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनालाई अभिलेख गरी इन्सेकले सार्वजनिक गरेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
बौद्धिक अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला धरान उपमहानगरपालिका–६ का ३१ वर्षीय दिलबहादुर परियारलाई असार ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि लिखुपिके गाउँपालिका–२…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–५ का २५ वर्षीय शुसिल तामाङलाई असार ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ९ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा आरोपितविरूद्घ उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर उत्तम कार्कीले बताए ।…