ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न घरघरमा स्वास्थ्यकर्मी

नेचासल्यान गाउँपालिकाले ७५ वर्ष माथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचका लागि घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य अधिकारलाई सम्बोधनका लागि गाउँपालिकाकाले ७५ वर्ष भन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँचका लागि स्वास्थ्यकर्मी खटाएको गाउँपालिका अध्यक्ष धनजन राईले बताउनु भयो । ७५ वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठ…

२०७९ कार्तिक १६, बुधबार १६:१९ गते  
स्वास्थ्यकर्मीको व्यवस्थापन नहुँदा सेवाग्राही मर्कामा

नेचासल्यान गाउँपालिका–३ बतासेकी ३३ वर्षीया ममता राई दाँतको उपचार नभएपछि  प्राथमिक  स्वास्थ्य केन्द्र सल्यानबाट भदौ ७ गते घर फर्कँदै गरेको अवस्थामा तिङ्लामा भेटिनु भयो । गाउँको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि तीन घण्टाको पैदल यात्रापछि प्राथमिक स्वास्थ्य केन्द्र पुग्नु भएकी राईले स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचार नगराई फर्किएको गुनासो गर्नु…

२०७९ भाद्र ९, बिहीबार १०:०९ गते  
स्थानीय तह निर्वाचनमा गरिएको खर्च विवरण नबुझाउनेलाई कारबाही सुरू

स्थानीय तह सदस्य निर्वाचन ०७९ मा गरेको खर्च विवरण नबुझाउने जिल्लाका ४ सय ३१ जना उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको निर्वाचन कार्यालयले जनाएको छ । गएको वैशाख ३० गते सम्पन्न निर्वाचनमा ८ सय ७ जना उम्मेदवारले भाग लिएपनि आधाभन्दा धेरैले निर्वाचन आयोगले तोकेको म्याद गुज्रदासमेत चुनावी खर्च विवरण नबुझाएपछि खर्च विवरण…

२०७९ भाद्र ६, सोमबार १८:३४ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महाकुलुङ  गाउँपालिका–१ का ४० वर्षीय सन्देश राईविरूद्ध साउन ११ गते गिरफ्तार गरेको छ । आरोपितले साउन ७ गते बलात्कार प्रयास गरेको आरोपमा आरोपितविरूद्ध साउन ११ गते प्रहरीमा उजुरी दिएको पीडितले इन्सेक प्रतिनिधिसँग बताउनु भयो । माप्य दूधकोशी गाउँपालिका–६ मा बास बस्ने क्रममा…

२०७९ श्रावण १३, शुक्रबार १०:४६ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सोलुदूधकुण्ड नगरपालिका–५ की ५५ वर्षीया बुधमाया कामीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५९ वर्षीय पति सुब्बा कामीलाई असार २६ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार २६ गते खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको पीडितका २५ वर्षीय छिमेकी लाक्पा शेर्पाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु…

२०७९ असार २७, सोमबार ०९:३२ गते  
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सोताङ गाउँपालिका—२ का वडासदस्य ४० वर्षीय दुर्गाप्रसाद राई र २५ वर्षीय सन्देश तामाङलाई मोसो र जुत्ताको माला लगाई दिएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई असार १४ गते गिरफ्तार गरेको छ । सोताङ गाउँपालिका—५ का २९ वर्षीय एकराज थापा, ३४ वर्षीय गणेश थापा र ३६ वर्षीय झनककुमार विश्वकर्मालाई गिरफ्तार गरेको…

२०७९ असार १५, बुधबार २१:०६ गते  
बलात्कार घटनाका आरोपित

२२ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले २६ वर्षीय पतिलाई असार १० गते गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपितविरूद्ध असार ९ गते जिल्ला प्रहरी कार्यालयमा वैवाहिक बलात्कार शीर्षकमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा गोरखा जिल्लाको पालुङटार नगरपालिका–७ स्थायी घर भइ सल्लेरीमा डेरा गरी बस्दै आएका आरोपितलाई…

२०७९ असार १२, आईतवार २०:५५ गते  
अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुको आयोजनामा असार ६ गते “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्ध वार्षिक पूर्व समीक्षा” सल्लेरीमा सम्पन्न गरिएको छ । सन् २०२२ को जनवरी देखि जुन १५ सम्म जिल्लामा अभिलेखीकरण गरिएका मानव मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाकामाथि समीक्षा गरिएको हो । सन् २०२१…

२०७९ असार ८, बुधबार १६:२६ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

माप्य दूधकोशी गाउँपालिका–४ की ३७ वर्षीया मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय पति चन्द्र राईलाई चैत १६ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा चैत १६ गते खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि आरोपितलाई अनुसन्धानका…

२०७८ चैत्र १८, शुक्रबार ०९:४० गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको दार्जेलिङ स्थायी घर भइ नेचासल्यान गाउँपालिका–२ मा सञ्चालित सल्यान  स्टार बोर्डिङ स्कुलमा कार्यरत ३९ वर्षीय शिक्षक अमित सुब्बालाई चैत ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ७ गते…

२०७८ चैत्र ९, बुधबार १२:०६ गते