जनशक्ति अभावमा आइसीयू र भेण्टीलेटर प्रयोगहीन

जनशक्ति अभावमा जिल्ला अस्पतालमा जडान गरिएका स्वास्थ्य उपकरण सघन उपचार कक्ष (आइसीयू) र भेण्टीलेटर प्रयोगहीन भएका छन् । कोभिड-१९ को समयमा जिल्ला अस्पतालमा जडान गरिएको आइसीयूसहितको भेण्टीलेटर केही समयमा प्रयोगमा आएको थियो । आइसीयूसहितको भेण्टीलेटरमा कार्यरत चिकित्सक सरूवा भएपछि जिल्ला अस्पतालको आइसीयू प्रयोगहीन भएको छ । जसका कारण जिल्ला अस्पतालमा…

२०८० फाल्गुन २३, बुधबार १०:०६ गते  
चिकित्सक दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

जिल्ला अस्पताल फाप्लुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका-५ का ३६ वर्षीय पेम्वा शेर्पालाई गिरफ्तार गरेको छ । मोटरसाइकल दुर्घटनामा परी ०८० असोज १५ गते उपचारका लागि अस्पताल पुगेका आरोपितले चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारसहित तोडफोडको प्रयास गरेको जिल्ला अस्पतालका प्रमुख डाक्टर प्रशान्त शाहले बताउनु भयो । मादक…

२०८० आश्विन १६, मंगलवार ०९:५२ गते  
अपाङ्गता भएका व्यक्तिलाई ७० वर्षको उमेरमा नागरिकता प्रदान

नेपालको संविधान, २०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था गरिएको छ । धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख छ । संविधानमा भएको व्यवस्था बमोजिम माप्यदूधकोशी गाउँपालिका-७ का अपाङ्गता ७० वर्षीया खगीमाया राईले ७० वर्षको उमेर नेपाली…

२०८० भाद्र २१, बिहीबार १०:०७ गते  
विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पतालको प्रसूति अप्रेशन सेवा बन्द

नेपालको संविधान २०७२, ले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ । तर, जिल्ला…

२०८० श्रावण १७, बुधबार ११:२३ गते  
बलात्कार गरेको कसुरमा ५२ वर्ष बढी कैद सजायकाे फैसला

दश वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३५ वर्षीय एक बाबुलाई ५२ वर्ष बढी कैद सजायकाे फैसला सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीकाे ०८० साउन १४ गते इजलासले कसुर गरेको ठहर गर्दै ५२ वर्ष ६ महिना कैद सजायकाे आदेश भएको अदालतका स्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले बताउनु भयो। १० वर्ष…

२०८० श्रावण १६, मंगलवार १०:१६ गते  
अज्ञात पक्षद्वारा चार महिनाको अवधिमा तीन ओटा स्काभेटरमा आगजनी

जिल्लामा चार महिनाको अवधिमा तीन ओटा स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेपछि सुरक्षा चुनौती थपिएको छ । सार्वजनिक हितका लागि प्रयोग गरिएका स्काभेटरमा अज्ञात पक्षले आगजनी गर्दा सुरक्षा चुनौतीसहित संविधानको धारा २५ ले प्रदत्त गरेको सम्पत्तिको अधिकारसमेत आकर्षित भएको छ । थुलुङ दूधकोशी गाउँपालिका क्षेत्रमा चार महिनाको अवधिमा तीन ओटा स्काभेटरमा…

२०८० श्रावण १५, सोमबार ०९:३२ गते  
अज्ञात पक्षद्वारा स्काभेटरमा आगजनी

थुलुङदूधकोशी गाउँपालिकामा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेको प्रहरीले जनाएको छ । दूधकोशी हाइड्रोपावरले प्रयोग गर्ने बाटो निर्माणमा प्रयोग गरिएको रादुर कन्स्ट्रक्सन कम्पनीको स्काभेटरमा अज्ञात पक्षले ०८० साउन ४ गते आगजनी गरेको प्रहरीले जनाएको छ । सडक निर्माणका लागि प्रयोग गरिएको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर…

२०८० श्रावण ६, शनिबार ०७:३५ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि असार ११ गते समीक्षा गरिएको छ । समीक्षाका क्रममा जिल्लामा महिलामाथि हुने घरेलु हिंसाका घटना वृद्धि भएको पाइएको छ । इन्सेक सोलुखुम्बुले सन् २०२३ को जनवरीदेखि अभिलेखीकरण गरेको घटनाका आधारमा जिल्लामा घरेलु हिंसाका घटनामा…

२०८० असार ११, सोमबार ११:५१ गते  
अज्ञात पक्षद्वारा स्काभेटरमा आगजनी

थुलुङ दूधकोशी गाउँपालिका–४ मा बाटो खन्ने क्रममा राखिएको स्काभेटरमा अज्ञात पक्षले असार ६ गते आगजनी गरेको प्रहरीले जनाएको छ । थुलुङ दूधकोशी गाउँपालिका–२ स्थित जलेश्वरी हाइड्रोपावरले नयाँ सडक विस्तारका लागि प्रयोग गर्दे आएको स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले बताउनु भयो । थुलुङ दूधकोशी गाउँपालिका–४…

२०८० असार ८, शुक्रबार १०:०४ गते  
बलात्कारपछि हत्या घटनाका तीन जना आरोपित गिरफ्तार

थुलुङदूधकोशी गाउँपालिका–७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । थुलुङदूधकोशी गाउँपालिका–७ लुरूवाका २० वर्षीय युवराज खत्री, ५६ वर्षीय भागिधन राई र ५७ वर्षीय चरण राईलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो । पीडित महिलालाई…

२०८० जेष्ठ १८, बिहीबार ११:५४ गते