थामे आधारभूत विद्यालय सातायता बन्द
खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ थामेमा स्थित थामे आधारभूत विद्यालय एक सातायता बन्द छ । थामेबाट ०८१ साउन ३२ गते आएको बाढीले विद्यालयको भौतिक संरचनामा क्षति पुगेपछि एक सातायता विद्यालय बन्द छ, जसका कारण पठनपाठन प्रभावित भएको छ । थामे माथिको दुई ओटा हिमपोखरी फुटेर साउन ३२ गते आएको बाढीले विद्यालय…
थामे बाढी: पुल भत्किएपछि खुम्बु क्षेत्रमा औषधि र खाद्यान्न सङ्कट
थामेबाट आएको बाढीले माप्य-खुम्बु मितेरी पुल बगाएपछि खुम्बु क्षेत्रमा खाद्यान्न सङ्कट उत्पन्न भएको छ । थामेबाट ०८१ साउन ३२ गते आएको बाढीले माप्य-खुम्बु मितेरी पुलमा क्षति पुर्याएपछि खुम्बु क्षेत्रमा खाद्यान्न सङ्कट उत्पन्न भएको हो । बाढीले माप्य-खुम्बु मितेरी पुलमा सवारी साधन आवतजावत गर्न नमिल्ने गरी क्षति पुर्याएपछि खुम्बु क्षेत्रमा दैनिक…
जातीय विभेद घटनामा माफीपछि मिलापत्र
सोलुदूधकुण्ड नगरपालिका-५ का सल्लेरी ब्यारेक टोलका विश्वकर्मा समुदायलाई जातीय विभेद घटनामा आरोपित पक्षले माफी मागेपछि मिलापत्र गरिएको छ । दलित समुदायलाई सोलुदूधकुण्ड नगरपालिका-५ का कर्मा शेर्पाको मृत्यु संस्कारमा पहिले निमन्त्रणापत्र पठाइएको र पछि दलितले मृत्यु संस्कारमा आउनु हुँदैन भन्दै उर्दी गरेपछि जातीय विभेद गरेको आरोपमा पीडित पक्षले ०८१ साउन २९…
डेङ्गीको सङ्क्रमण बढेपछि उच्च सर्तकता अपनाउन आग्रह
हिमाली जिल्लामा एकैदिन २७ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएपछि उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । मौसममा फेरबदल भएसँगै जिल्लाका विभिन्न स्थानमा डेङ्गीको जोखिम बढ्न थालेपछि डेङ्गीबाट बच्नका लागि उच्च सर्तकता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् । जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा आउने बिरामीहरूमा डेङ्गीको सङ्क्रमण देखिएपछि सावधानी अपानउन…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
थुलुङ दुधकोशी गाउँपालिका-१ नेलेका ६० वर्षीय ज्येष्ठ नागरिक सुरेश बस्नेतको हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका-२ देवीस्थानका ४५ वर्षीय पूर्णबहादुर बस्नेतलाई साउन ५ गते गिरफ्तार गरेको छ । पूर्ण बहादुरले आफ्नै घरमा पाहुना आएका भिनाजु सुरेशलाई ०८१ साउन ५ गते खुकुरी प्रहार गरी हत्या गरेको परिवारका सदस्यले बताएका छन् ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुको आयोजनामा “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक पूर्व समीक्षा” कार्यक्रम असार ८ गते सम्पन्न गरिएको छ । सन् २०२४ को जनवरी १ देखि जुन १ सम्म जिल्लामा इन्सेकले अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना माथि समीक्षा गरिएको हो ।…
कुटपिट घटनाका आरोपित गिरफ्तार
लिसंखुपाखर गाउँपालिका—१ ठुलोधादिङकी ६४ वर्षीया दावाडोल्मा तमाङ लाई कुटपिट गरेको आरोपमा प्रहरीले छिमेकी ४० वर्षीय श्याम लामा र ४२ वर्षीय पदम लामालाई ०८१ जेठ २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले जेठ ८ गते रुपियाँ सापटी नदिएको आरोपमा पीडितकै घरमा गएर कुटपिट गरी घाइते बनाएको भन्दै पीडितका छोरा…
हत्या घटनाका आरोपित गिरफ्तार
नवजात शिशुको हुत्या गरेको आरोपमा प्रहरीले माप्यदूधकोशी गाँउपालिका-१ जुभिङका ४० वर्षीया कुमारी राई र ३९ वर्षीय सुकमान राईलाई गिरफ्तार गरेको छ । माप्यदूधकोशी गाँउपालिका-१ जुभिङको रेम्बो जोरधारामा ०८१ जेठ १७ गते नवजात शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी खरिखोलाले आरोपितद्घयलाई अनुसन्धानका लागि जेठ १७…
जनशक्ति अभावमा आइसीयू र भेण्टीलेटर प्रयोगहीन
जनशक्ति अभावमा जिल्ला अस्पतालमा जडान गरिएका स्वास्थ्य उपकरण सघन उपचार कक्ष (आइसीयू) र भेण्टीलेटर प्रयोगहीन भएका छन् । कोभिड-१९ को समयमा जिल्ला अस्पतालमा जडान गरिएको आइसीयूसहितको भेण्टीलेटर केही समयमा प्रयोगमा आएको थियो । आइसीयूसहितको भेण्टीलेटरमा कार्यरत चिकित्सक सरूवा भएपछि जिल्ला अस्पतालको आइसीयू प्रयोगहीन भएको छ । जसका कारण जिल्ला अस्पतालमा…
चिकित्सक दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
जिल्ला अस्पताल फाप्लुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका-५ का ३६ वर्षीय पेम्वा शेर्पालाई गिरफ्तार गरेको छ । मोटरसाइकल दुर्घटनामा परी ०८० असोज १५ गते उपचारका लागि अस्पताल पुगेका आरोपितले चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारसहित तोडफोडको प्रयास गरेको जिल्ला अस्पतालका प्रमुख डाक्टर प्रशान्त शाहले बताउनु भयो । मादक…