यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

एक नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इटहहरी उमनपा-५ का २५ वर्षीय सुमन कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीले असोज २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज २१ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए ।…

October 8, 2016  
यौन दुर्व्यहारको घटना प्रमुख जिल्ला अधिकारीले मिलाए

धरान उमनपा- १८ मा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २४ वर्षीया महिला सुरक्षागार्ड माथि भएको यौन दुर्व्यहारको घटना प्रमुख जिल्ला अधिकारीले असोज ५ गते साँझ मिलापत्र गराएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईँ, जिल्ला प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलसहितले यौनजन्य दुर्व्यहार गर्ने आरोपितहरूलाई उन्मुक्ति दिएका हुन्…

September 22, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

एक २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धरान उमनपा-१५ का ३६ वर्षीय धनबहादुर दमाईलाई भदौ १० गते इलाका प्रहरी कार्यालय धरानले गिरफ्तार गरेको छ । एक महिनाकी सुत्केरीसमेत रहेकी पीडित महिलालाई भदौ ९ गते राति आरोपितले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी आएपछि भदौ १० गते नै आरोपितलाई गिरफ्तार गरिएको इलाका…

August 28, 2016  
माओवादी कार्यकर्ताले सुराकीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी

धनकुटाको कुरूलेतेनुपा घर भइ इटहरी उमनपा-५ बस्दै आएका २८ वर्षीय पत्रकार जीवन फुयाललाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले सुराकीको आरोप लगाउँदै भदौ १० गते राति कुटपिट गरेको भन्दै न्यायको मागसहित इलाका प्रहरी कार्यालय इटहरीमा भदौ ११ गते उजुरी दिएका छन् । इटहरी उमनपा-४ हलगडाको एक होटलमा खानखान पुगेका…

August 27, 2016  
डिएसपीको नेमप्लेट लेखेको ज्याला माग्दा सईद्वारा कुटपिट गरेको आरोप

इटहरी उमनपा-१६ का ३४ वर्षीय मनोज पञ्जियारलाई इलाका प्रहरी कार्यालयका डिएसपीको नेमप्लेट लेखेको पैसा माग्न जाँदा सई रामचन्द्र पोखरेलले भदौ १० गते कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । तीन दिन अगाडि सरुवा भएर आएका डिएसपी नरेशराज सुवेदीको नेमप्लेट लेखेको पैसा लिन जाँदा बिल बढी भएको भन्दै सईले कुटपिट गरेको…

August 26, 2016  
गणतन्त्र सत्तामा मात्र आयो नागरिकसम्म पुगेनः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मुलुकको सत्तामा गणतन्त्र आएपनि नागरिकले त्यसको अनुभूति गर्न नपाएको बताएका छन् । जागरण नेपालले सुनसरीको सदरमुकाम इनरुवामा भदौ ६ गते आयोजना गरेको सरोकारवालासँगको छलफल कार्यक्रममा अध्यक्ष प्याकुरेलले राज्यले दायित्व पूरा गर्न नसकेकाले नागरिकले गणतन्त्र आएको अनुभूति गर्न नपाएको बताएका हुन् ।…

August 23, 2016