बालिकाको बलात्कारपछि हत्या गरिएको पीडित परिवारको आरोप
चाँदबेला गाविस-९ की ११ वर्षीया अमिताकुमारी मुडियारीको फागुन १२ गते बलात्कारपछि हत्या भएको पीडित परिवारले आरोप लगाएको छ । फागुन १२ गते राति छिमेकीको विवाह भइरहेको ठाउँबाट बेपत्ता भएकी बालिकाको शव हत्या गरिएको अवस्थामा फागुन १४ गते घरदेखि पर खेत जाने बाटोको हृयुमपाइप भित्र भेटिएपछि पीडित परिवारले यस्तो आरोप लगाएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय दुहवीले छिटाहा गाविस-६ का १९ वर्षीय अजयकुमार उरावलाई माघ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालयमा उजुरी गरेपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर शैलेन्द्र न्यौपानेले…
जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि नागरिकको पहुँच स्थापित गर्ने उद्धेश्यले नेपाल पत्रकार महासङ्घ सुनसरीका सहसचिव प्रमोद यादवको संयोजकत्वमा ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत पुस २३ गते…
बालिका हत्या बारे राष्ट्रिय मानव अधिकार आयोगद्वारा अनुसन्धान सुरु
लौहकी गाविस-२ की १३ वर्षीया राधाकुमारी यादव हत्याको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुसन्धान सुरु गरेको छ । मङ्सिर २१ गते बिहानै नरसिंह गाविस-८ स्थित आफ्नै धानबारीमा धान काटन गएकी बालिकाको हत्या भएको थियो । बालिकाको हत्या भएको एक महिना बित्दा पनि हत्यारा पत्ता नलागेपछि आयोगले अनुसन्धान सुरु गरेको…
बलात्कार गरेको ठहरमा आठ वर्षकैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै रामधुनीभासी नपा-६ का २४ वर्षीय शम्भु ऋषिदेव मुसहरलाई सुनसरी जिल्ला अदालतले पुस ५ गते आठ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश भरत लम्सालको इजलासले मुसहरलाई आठ वर्षकैद र १ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत सुनसरीले जनाएको छ । पीडित बालिकालाई…
इन्सेक र जागरणको सहकार्यमा सञ्चालित परियोजना सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जागरण नेपालले सुनसरीमा संयुक्त रूपमा सञ्चालन गरेको नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनकालागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढीकरण परियोजनाको पुस ६ गते एक कार्यक्रम गरी सम्पन्न भएको जानकारी दिइएको छ । दुई वर्षसम्म सुनसरीका चार ओटा गाविसमा सञ्चालित…
वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले प्रकाशन गर्दै आएको मानव अधिकार वर्षपुस्तकको नयाँ अङ्क २०१७ का लागि सुनसरीमा सङ्कलित घटनाबारे मङ्सिर २८ गते सदरमुकाम इनरुवामा प्रकाशन पूर्व समीक्षा सम्पन्न गरेको छ । पूर्व समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनले बालिका बलात्कारका घटनामा बृद्धि भएको देखाएको छ । प्रतिवेदन अनुसार सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्ममा…
कार्यथलोमा हुने हिंसा अन्त्यका लागि महिला आफै सशक्त हुनुपर्नेमा सरोकारवालाको जोड
कार्यथलोमा हुने हिंसा अन्त्यका लागि महिला आफै सशक्त हुनुपर्नेमा एक कार्यक्रममा सहभागी सरोकारवालाहरूले जोड दिएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २४ गते इटहरीमा आयोजित कार्यथलोमा हुने लैङ्गिक हिंसा न्यूनीकरण विषयक छलफल कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललगायत सरोकारवालाले कार्यथलोमा हुने लैङ्गिक हिंसा अन्त्यका लागि…
१३ वर्षीया बालिकाको हत्या, बलात्कार पछि हत्या भएको आशङ्का
लौहकी गाविस-२ की १३ वर्षीया राधाकुमारी यादवको मङ्सिर २१ गते बलात्कारपछि हत्या भएको आशङ्का गरिए पनि हत्याको कारण र आरोपितबारे पत्ता लागेको छैन । पीडित बालिका २१ गते सबेरै नरसिंह गाविस-८ स्थित आफ्नै धानबारीमा धान काटन गएकोमा बिहान नौ बजे स्थानीयले उनको शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।…
वैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई झुक्याएर विवाह गरी दुई वर्षदेखि बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी महादेवा गाविस–४ घर भई इटहरी उमनपा–१ मा बस्ने ४९ वर्षीय पञ्चदेव (खंग) मण्डललाई कात्तिक १० गते गिरफ्तार गरेको छ । पत्नी र दुई जना सन्तान हुँदाहुँदै आफूलाई झुक्याएर विवाह गरी २ वर्षदेखि शारीरिक तथा मानसिक यातना दिई…