बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्जु गाउँपालिका–४ अमडुवाका २४ वर्षीय अर्जुन गुरुङलाई फागुन ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय दुहवीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई घर नजिकबाट…
मानव अधिकार सम्बन्धी अभिमुखीकरण सम्पन्न
भोक्राहा नरसिंह गाउँपालिकाका गठित मानव अधिकार समूहका सदस्यहरू तथा स्थानीयलाई मानव अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम फागुन ७ गते सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा काम गर्दै आएको मानव अधिकार समूहका पदाधिकारी तथा स्थानीयलाई मानव अधिकार सम्बन्धी ज्ञान प्रदान गरेको इन्सेक सुनसरीले जनाएको छ । इन्सेकले…
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १, कार्यालयको आयोजनामा शिक्षा अधिकारका सवालमा भएको अन्तरक्रियामा सरोकारवालाहरूले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा जोड दिएका छन् । फागुन ५ गते भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न आवश्यक रहेकोमा जोड दिएका हुन् । सामुदायिक विद्यालयहरूको पूर्वाधार कमजोर हुँदा त्यसको चौतर्फी…
मानव अधिकार समूह कोशी पुनः गठन
कोशी गाउँपालिकामा मानव अधिकार समूह पुनः गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत गठन गरिएको मानव अधिकार समूह राजकुमार शर्माको अध्यक्षतामा माघ २५ गते पुन गठन गरिएको हो ।…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भोक्राहा नरसिंह गाउँपालिका–१ की ३० वर्षीया चन्द्रकला उराँवको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति लालुप्रसाद उराँवलाई माघ ७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले माघ ७ गते खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु…
स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न
कोशी गाउँपालिकाका सरोकारवालाहरूले स्वास्थ्य संस्थामा नि:शुल्क औषधि र सेनिटरी प्याड नि:शुल्क रूपमा उपलब्ध गराउनु पर्ने माग गरेका छन् । इन्सेक प्रदेश कार्यालय विराटनगरको आयोजना तथा कोशी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा माघ ५ गते मानव अधिकार समूहको सहकार्यमा आयोजना गरिएको स्वास्थ्य अधिकार सम्बन्धीको अन्तरक्रियामा सरोकारवालाहरूले स्वास्थ्य संस्थामा अभाव हुने औषधिको पूर्ण…
एक जना शिक्षकले ८६ जना विद्यार्थी पढाउनुपर्ने अवस्था
सुनसरीका विभिन्न स्थानीय तहमा विद्यार्थीको अनुपातमा शिक्षक अभाव रहेको शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीले जनाएको छ । १२ ओटा स्थानीय तहका १ सय २४ ओटा वडामा रहेका ३ सय ८४ सामुदायिक विद्यालयमा कुल २ हजार ७ सय १८ जना शिक्षक मात्र कार्यरत रहेको समन्वय इकाइले जनाएको छ । शिक्षक…
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको आयोजनामा भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय सरकार र अन्य निकायसँग शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम पुस १५ गते सम्पन्न गरिएको छ । कार्यक्रममा सरोकारवालाहरूले शैक्षिक र स्वास्थ्य गुणस्तरमा जोड दिएका छन् । भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले नागरिकलाई मानव अधिकारको प्रत्याभूति…
पत्रकारसँग मानव अधिकारका सवालमा छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ कार्यालयको आयोजनामा मानव अधिकारका सवालमा सञ्चारकर्मीसँग छलफल कार्यक्रम पुस १३ गते सम्पन्न गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष लिलाबल्वभ घिमिरेले पत्रकार तथा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण राज्यको दायित्व भएको बताउनु भयो । अध्यक्ष घिमिरेले पत्रकारहरूको काम समाचार…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न भएको छ । मानव अधिकारसँग जोडिएका विषयमा इन्सेक सुनसरी प्रतिनिधिले सन् २०२१ को जनवरीदेखि नोभेम्वरसम्म जिल्लामा अभिलेखीकरण गरिएका घटनामाथि सरोकारावालाबिच समीक्षा गरिएको छ । ०७७ पुस १७ गतेदेखि मङ्सिर…