बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१९ ब्रह्मपुरका ५५ वर्षीय खेमराज गिरीलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १८ गते बलात्कार बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १९ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…
मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर १६ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेम्वर महिनासम्मको अवधिमा जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा सम्पन्न गरिएको हो…
प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा स्थगित मतगणना तीनदिनपछि सुचारू, इन्सेकद्वारा अनुगमन
सुनसरी निर्वाचन क्षेत्र न.४ को मतगणना रोकिएको विषयमा इन्सेक प्रदेश १ कार्यालयले मङ्सिर १३ गते स्थलगत अनुगमन गरेको छ । इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेल, इन्सेक प्रदेश १, प्रमख सोमराज थापासहितको टोलीले मतगणनास्थलमा पुगेर निर्वाचन कर्मचारी, उम्मेदवार र स्थानीयसँग मतगणनामा भएको विवादका विषयमा जानकारी लिएको इन्सेक प्रदेश १, प्रमुख सोमराज…
प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– सुनसरी निर्वाचन क्षेत्र न.४ को मतगणना अनिश्चित
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को मतगणका क्रममा धाँधली भएको आशङ्कामा रोकिएको सुनसरी निर्वाचन क्षेत्र न.४ को मतगणना अनिश्चित भएको छ । इनरूवा नगरपालिका–१ स्थित भगवती माध्यमिक विद्यालयमा मतगणनाका क्रममा धाँधली भएको आशङ्कामा नेपाली कांग्रेसले मतगणना स्थगित गरेर सर्वदलीय बैठक डाकेपनि निकास नआउँदा मतगणना अनिश्चित भएको छ ।…
प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९–‘स्थिर समय’ मा पनि हटाइएन निर्वाचन प्रचार सामग्री
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा निर्वाचन ०७९ का लागि आयोगले मङ्सिर १ गते मध्यरातिदेखि जारी गरेको ‘स्थिर समय’मा पनि जिल्लामा राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका लागि राखेका सामग्री हटाएका छैनन् । राजनीतिक दल र स्वतन्त्रका उम्मेदवारहरूले सार्वजनिक स्थानहरूमा तोरण, व्यानर र झण्डा राखेको भएपनि स्थिर समय अवधिमा समेत नहटाइएको इन्सेक अनुगमनका क्रममा…
निर्वाचन पूर्वको आचारसंहिता बारेमा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले इनरूवामा सरोकारवालाहरूसँग निर्वाचन पूर्व अवस्थाका बारेमा अनुगमन गरेको छ । इन्सेकका संस्थापक अध्यक्ष सुशिल प्याकुरेल र केन्द्रीय कार्यालयका कृष्ण गौतमसहितको टोलीले कात्तिक २५ गते गैरसरकारी संस्थाका प्रतिनिधि, सरोकारवाला, सञ्चारकर्मी र अधिकारकर्मीसँग छलफल गर्नु भएको छ । निर्वाचन पूर्वको अवस्थामा निर्वाचन अचारसंहिता पालना भएको वा नभएको, नागरिकमा…
प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– उम्मेदवारद्वारा आचारसंहिता उल्लङ्घन
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ को मिति नजिकिदै गएपछि निर्वाचन आचारसंहिता विपरितका गतिविधि बढ्न थालेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । जिल्लामा राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरित सार्वजनिक स्थानहरूमा तोरण, व्यानर, झण्डा झुण्ड्याउन थालेका छन् । निर्वाचन अचारसंहिता विपरितको कार्य…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
भोक्राहा नरसिंह गाउँपालिका–६ का ७० वर्षीय ज्येष्ठ नागरिक खटर सरबरियाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । ज्येष्ठ नागरिक तथा सुसुरा तथा हजुरबुबाको असोज १५ गते कुटपिट गरी हत्या गरेको आरोपमा ४५ वर्षीया प्रमिला मण्डल, कान्छी बुहारी ३३ वर्षीया गुढी मण्डल र नाति देवानन्द मण्डललाई असोज १६…
अज्ञात पक्षद्वारा वृद्धाको हत्या
धरान उपमहानगरपालिका–२० की ६५ वर्षीया पूर्णिमाया राईको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ । धरान उपमहानगरपालिका–२० चिण्डेडाँडामा बस्दै आउनु भएकी राईको भदौ ३० गते अज्ञात पक्षले हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक्लै बस्दै आउनु भएकी वृद्धाको भदौ २९ गते नै अज्ञात पक्षले हत्या गरेको तर भदौ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिकाका–१ का २७ वर्षीय अनिष चौधरीलाई भदौ १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १६ गते धम्की दिएर बलात्कार प्रयास गरेको आरोपमा पीडितले आरोपितविरूद्ध भदौ १९ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरीका…