ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

खाँदवारी नगरपालिका-९ तुम्लिङटारकी ६२ वर्षीया ज्येष्ठ नागरिक दिलकुमारी घिमिरेको हत्या गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला, धरान उपमहानगरपालिका-१३ जिरोपोइन्टका ३० वर्षीय दीपेन भनिने आकाश राईलाई माघ ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपित ०८० माघ ६ गते बञ्चरो प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…

२०८० माघ १५, सोमबार १५:०१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–२ का ४५ वर्षीय तुपुवाली काइलो भनिने धनबहादुर लिम्बूलाई पुस २७ गते गिरफ्तार गरेको छ । पीडितलाई महिलालाई आरोपितले ०८० मङ्सिर २२ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर २२ गते इलाका प्रहरी कार्यालय, चैनपुरमा उजुरी दिएको थियो । पीडित…

२०८० पुष २९, आईतवार ०८:२६ गते  
सङ्गखुवासभा जिल्ला कारागारमा वरिष्ठ प्रहरी हवल्दारको शङ्कास्पद मृत्यु

जिल्ला कारागार कार्यालय, खाँदवारीमा वरिष्ठ प्रहरी हवल्दार पदमा कार्यरत खाँदवारी नगरपालिका–१ का ४१ वर्षीय डीकबहादुर तामाङ्गको पुस १६ गते शङ्कास्पद मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले डिकबहादुुर बिरामी अवस्थामा भेटिएको भनि विहान ४ बजे कारागार कार्यालयबाट फोन आएको र आफूले अस्पतालमा भर्ना गर्न निर्देशन दिएर आफू…

२०८० पुष १६, सोमबार ०८:१९ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच वार्षिक समीक्षा कार्यक्रम पुस ८ गते सम्पन्न गरिएको छ । समीक्षामा जिल्लामा मानवअधिकार उलङ्घनका घटना वृद्धि भएको पाइएको छ । इन्सेक सङ्खुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ वार्षिक पूर्व समीक्षा कार्यक्रममा…

२०८० पुष ८, आईतवार १३:५४ गते  
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका-२ का ३९ वर्षीय कुमार दर्जीलाई १८ वर्ष  कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश टेकनाथ गौतमको ०८० पुस ४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार रामचन्द्र केसीले बताउनु भयो । अदालतको सोही…

२०८० पुष ६, शुक्रबार ०८:१७ गते  
बलात्कार गरेको कसुरमा २५ वर्ष ६ महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका-९ का २७ वर्षीय झोके भनिने दलबहादुर राईलाई २५ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ०८० पुस ४  गतेको इजलासले कसुर गरेको ठहर गर्दै २५ वर्ष  ६ महिना कैद सजायको फैसला सुनाएको अदालतका…

२०८० पुष ५, बिहीबार १७:३० गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

अपाङ्गता भएकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले चैनपुर नगरपालिका-२ का ४५ वर्षीय धनबहादुर लिम्बूविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडितलाई महिलालाई आरोपितले ०८० कात्तिक २४ गते बलात्कार गरेको आरोपमा पीडित आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय, चैनपुरमा मङ्सिर २७ गते उजुरी दिएको इन्स्पेक्टर बाबुराम कार्कीले बताउनु भयो । पीडित…

२०८० मंसिर ३०, शनिबार १३:३१ गते  
भूमि आयोगद्वारा २६ सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

राष्ट्रिय भूमि आयोगले पाँचखपन नगरपालिकाका २६ सुकुम्बासी परिवारलाई जग्गा धनी लालपुर्जा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग, सङ्खुवासभाको सहजीकरणमा पाँचखपन नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्बासी परिवार लाई जग्गा उपलब्ध गराएको हो । राष्ट्रिय भूमि आयोग सङ्खुवासभा, अध्यक्ष शङ्करमान कँडेलको अध्यक्षता तथा सङ्घीय सांसद दीपक खड्काको उपस्थितिमा जग्गा धनी लालपुर्जा…

२०८० मंसिर ७, बिहीबार १२:२६ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका-१ का ३६ वर्षीय पदम भुजेललाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडितलाई युवतीलाई आरोपितले ०८० असोज २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई खाँदबारी…

२०८० कार्तिक १४, मंगलवार १२:४३ गते  
डेङ्गी परीक्षण गर्ने किटको अभाव

जिल्ला अस्पतालमा डेङ्गी रोग परीक्षण गर्ने किट अभाव भएको छ । जिल्ला अस्पतालमा ०८० असोज २१ गतेदेखि डेङ्गी परीक्षण गर्ने किटको अभाव भएपछि विरामीले सास्ती पाएका छन् । अस्पतालमा डेङ्गी परीक्षण गर्ने किटको अभाव भएको जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत विकास आचार्यले बताउनु भयो । जिल्ला अस्पातलमा डेङ्गी परीक्षण…

२०८० आश्विन २५, बिहीबार १४:५६ गते