कैदी मृत्यु घटना: कारागारका दुई जना कर्मचारी गिरफ्तार

जिल्ला कारागार कार्यालय, खाँदवारीमा यातनापछि मारिएका दुई जना कैदीको मृत्यु घटना अनुसन्धानका क्रममा प्रहरीले कारागार कार्यालयका दुई जना कर्मचारीलाई गिरफ्तार गरेको छ । कैदीको मृत्यु घटनामा संलग्न भएको आरोप लागेका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई भदौ १४ गते अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका…

September 3, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई  यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका-६ का ५० वर्षीय गोविन्द श्रेष्ठलाई भदौ १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असार १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

August 29, 2023  
पहिरोका कारण प्रसूति गृहको भवनमा क्षति, सेवा प्रवाह प्रभावित

चैनपुर नगरपालिका-६ स्थित प्रसूति गृह भवनमा पहिरोले क्षति पुर्‍याएपछि सेवा प्रवाह प्रभावित भएको छ । प्रसूति गृहभवन ०८० भदौ १० गते बिहान खसेको पहिरोबाट क्षतिग्रस्त भएको छ । जसका कारण प्रसूति सेवा प्रभावित भएको चैनपुर नगरपालिका उपमेयर एलिना श्रेष्ठले बताउनु भयो । पहिरोका कारण प्रसूति गृहभवन, वेडलगायत स्वास्थ्य सामग्रीमा क्षति…

August 28, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

आठ वर्षीया बालिकालाई  यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पाँचखपन नगरपालिका-६ का ४२ वर्षीय गोविन्द श्रेष्ठविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०८० जेठ १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ८ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो ।…

August 27, 2023  
कैदी मृत्यु घटनाः प्रहरीसहित आरोपित १२ जनालाई अदालतमा बुझाउने तयारी

जिल्ला कारागारभित्र दुई जना कैदीको हत्या घटनामा प्रहरीसहित आरोपित १२ जनालाई अदालतमा बुझाउने तयारी गरिएको छ। कैदीको हत्या घटनामा मुछिएका प्रहरी र कैदीसहित १२ जनाको मुद्दा प्रहरीले अदालतमा बुझाउने तयारी गरेको हो । कैदीको हत्या घटनामा प्रहरी र चौकीदारसहित १२ जना अनुसन्धानका लागि हिरासतमा छन् । कैदी हत्या घटनामा प्रहरीसहित…

August 25, 2023  
कैदी मृत्यु घटना:  प्रहरीसहित १२ जनाविरूद्ध कर्तव्य ज्यान मुद्दा

जिल्ला कारागारभित्र दुई जना कैदीको मृत्यु घटनामा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ । कैदीको हत्यामा सम्लग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जना विरूद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको छ । [caption id="attachment_60289" align="alignnone" width="6000"] जिल्ला कारागार, सङ्गखुवासभा[/caption] कारागारमा रहेको सिसिटिभी फुटेज…

August 21, 2023  
कैदी मृत्यु घटना : प्रहरीसहित १२ जना माथि अनुसन्धान, इन्चार्ज चौधरी माथि म्याद थप

कारागारभित्र दुई कैदीको हत्या घटनामा प्रहरीसहित १२ जनामाथि अनुसन्धान थालिएको छ । कैदीको हत्या घटनामा प्रहरी र कैदीसहित १२ जना अनुसन्धानमा तानिएका छन् । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नताले देखिएको छ । कैदी मृत्यु घटनामा प्रहरीसहित १२ जना अनुसन्धानको दायरमा तानिएको जिल्ला प्रहरी…

August 19, 2023  
कैदी शङ्कास्पद मृत्यु घटना : सुरक्षा इञ्चार्जसहित १० जना प्रहरी र कैदीमाथि अनुसन्धान सुरू

राज्यको नियन्त्रणमा जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेका दुई जना कैदीको शङ्कास्पद मृत्यु घटनामा संलग्न भएको आरोपमा प्रहरी र कैदीमाथि अनुसन्धान सुरू गरिएको छ । कैदीको मृत्यु घटनामा आरोप लागेका कारागार सुरक्षा इञ्चार्ज असइ लक्ष्मी चौधरी र कारागारभित्र रहेका अरू कैदीसँग साउन ३० गतेदेखि अनुसन्धान सुरू गरिएको हो । कैदीको शङ्कास्पद…

August 15, 2023  
कैदी शङ्कास्पद मृत्यु घटनाः कैदीबन्दी र कर्मचारीको छुट्टाछुट्टै विज्ञप्ति

खाँदवारी नगरपालिका-१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदीको साउन २४ गते शङ्कास्पद मृत्यु भएको घटनालाई लिएर कैदीबन्दी र कर्मचारीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् । प्रहरीको यातनाबाट साउन २४ गते मारिएका भनिएका सङ्खुवासभाकै मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका-७ का २८…

August 14, 2023  
कैदी शङ्कास्पद मृत्यु घटनाः ६ दिनपछि पीडित पक्षले बुझ्यो शव

खाँदवारी नगरपालिका-१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदी शङ्कास्पद मृत्यु भएको ६ दिनपछि पीडित परिवारले शव बुझेको छ । [caption id="attachment_60003" align="alignnone" width="808"] जिल्ला अस्पतालमा ०८० साउन २७ गते शवको पोष्टमार्टम गरिएपछि साउन २९ गते शव बुझ्दै पीडित परिवार ।[/caption] प्रहरीको यातनाबाट ०८० साउन २४ गते मारिएका…

August 14, 2023