निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने राजनीतिक दल र सरोकारवालाहरूको प्रतिबद्धता
सङ्खुवासभामा स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नहुन् भन्ने उद्देश्यले वैशाख १९ गते आयोजित एक कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधि एवम् सहभागीहरूले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बालकल्याण समितिद्वारा आयोजित स्थानीय तहको निर्वाचन र बालबालिकाका सवाल विषयक अन्तरक्रियात्मक कार्यक्रममा पाँचबुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै राजनीतिक दलका प्रतिनिधि…
आयोगद्वारा महिला अधिकारसम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न
राष्ट्रिय महिला आयोगको आयोजनामा विद्यालय तहमा महिला अधिकारसम्बन्धी सचेतना मुलक कार्यक्रम फागुन ११ गते सम्पन्न भएको छ । खाँदबारी नगरपालिकाका आठ सामुदायिक र दुई संस्थागत विद्यालयका विद्यार्थी र शिक्षकहरूको उपस्थितिमा हिमालय किरण पब्लिक क्याम्पसमा कार्यक्रम सम्पन्न भएको हो । ८५ जना विद्यार्थी र दश जना शिक्षक शिक्षिकाको उपस्थिति रहेको सो…
बाल क्लब सञ्जालको पहलमा बाल विवाह रोकियो
१७ वर्षीया बालिकाको पाथीभराका ४१ वर्षीय बिन्द्र राईसँग विवाह तय भएको थाहा पाएपछि स्थानीय बाल क्लब सञ्जालको सक्रियता र प्रहरीको सहयोगमा उक्त विवाह रोकिएको छ । बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालय, जिल्ला बाल क्लव सञ्जाल र महिला तथा बालबालिका कार्यालय सङ्खुवासभामा उजुरी दिएपछि विवाह रोकिएको हो । जिल्ला प्रहरी कार्यालयमा…
विवाह मण्डपबाटै 'बेहुली बालिका'को उद्धार
१४ वर्षीयम एक बालिकालाई विवाह मण्डपबाट उद्धार गरिएको छ । खाँदबारी-३ का ३२ वर्षीय रमेश गुरुङसँग विवाह गर्दै गरेको अवस्थामा विवाह मण्डपबाटै जिल्ला बालक्लब सञ्जालका पदाधिकारीले ती बालिकाको उद्धार गरी प्रहरीलाई जिम्मा लगाइएको छ । पीडित बालिकाका बावु दोस्रो विवाह गरी सर्म्पर्क विहीन रहेको र आमा वैदेशिक रोजगारका लागि मलेशियामा…
उच्च जातको केटी विवाह गरेको भन्दै कुटपिट घटनाका आरोपित गिरफ्तार
वाना गाविस-८ का २९ वर्षीय लिलाबहादुर विकलाई सोही गाउँकी २९ वर्षीया सपना तामाङसँग साउन २५ गते विवाह गरेको भन्दै सपनाका आफन्तले कुटपिट गरेको आरोपमा प्रहरीले आरोपितहरूलाई साउन २९ गते गिरफ्तार गरेको छ । आरोपितहरू वाना गाविस-८ का २६ वर्षीय सिंहमान तामाङ, २३ वर्षीय मनबहादुर तामाङ, २५ वर्षीय सलबहादुर तामाङ, २८…