काङ्ग्रेस र एमालेका कार्यकर्ताबचि झडप, एमालेका एक कार्यकर्ता घाइते

वाम गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य सङ्खुवासभाका (ख) का उम्मेदवार तुलसीप्रसाद न्यौपानेको उपस्थितिमा मङ्सिर ७ गते भएको घरदैलो कार्यक्रमबाट घर फर्कँदै गरेका नेकपा एमालेका कार्यकर्ता र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच पाँचखपन नगरपालिका-७ को बिहीबारेमा झडप हुँदा झडपमा पनि पाँचखपन नगरपालिका-७ का एमाले कार्यकर्ता ३६ वर्षीय पिण्डेश्वर राई घाइते भएका छन् ।…

November 24, 2017  
वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको गाडीमा आगजनी

सङ्खुवासभाको चैनपुरमा वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको जिपमा अज्ञात समूहले मङ्सिर ४ गते बिहान २ बजे आगजनी गरेको छ । सो समूहले को १ ज २१२३ नम्बरको ल्याण्डरोबर गाडीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष खड्काले बताए । बसपार्क नजिकै पार्किङमा राखिएको चैनपुरका आशिष शाक्यको गाडी जलाइएको हो…

November 20, 2017  
स्वीकृति बिनै चुनाव प्रचारप्रसारमा सवारी प्रयोग हुँदै

आगामी मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि सङ्खुवासभामा दलका उम्मेदवारहरूले स्वीकृति बिना नै सवारी साधन प्रयोग गरिरहेको पाइएको छ । प्रदेश सभाको लागि आठ दल र प्रतिनिधि सभाका लागि सङ्खुवासभामा १० ओटा दलले उम्मेदवारी दिएपनि अहिले चुनावी प्रचारप्रसारका लागि कुनै पनि उम्मेदवारले सवारी स्वीकृति नलिएको…

November 18, 2017  
एमालेका उम्मेदवार चढेको गाडी लक्षित विष्फोट

नेकपा एमालेका नेता एवम् संखुवासभाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार राजेन्द्र गौतम चढेको गाडीलाई लक्षित गरी एक अपरिचिति समूहले ०७४ कात्तिक २८ गते बिहान सभापोखरी गाउँपालिका-२ स्थित देउराली नजिकै सालघारीमा विष्फोट गराएको छ । एमाले जिल्ला कमिटी सचिव खड्ग राईका अनुसार नेता गौतम चढेको गाडी सालघारी पुगेलगत्तै विष्फोट भएको थियो ।…

November 14, 2017  
सङ्खुवासभामा राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

खाँदबारीदेखि जिल्लाको सबै गाउँपालिका र नगरपालिकामा प्रमुख राजनीतिक दलहरूले सार्वजनिक स्थलहरूमा पोष्टर तथा पर्चा टाँसेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । दलहरूले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक पार्टीका झण्डा र ठूला-ठूला पोष्टरसमेत प्रकाशन र प्रदर्शन गरिरहँदा पनि सरोकारवाला निकाय मौन छन् । निर्वाचन आचारसंहिता २०७२ को तेस्रो संशोधनले यस्तो कार्य गर्न…

November 11, 2017  
राजनीतिक दलहरू आचारसंहिता उल्लङ्घन गर्दै चुनाव प्रचारप्रसारमा

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सङ्खुवासभाका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार सुरू गरेका छन् । राजनीतिक दलहरूले ठूला आकारका झण्डा, व्यानर सवारी साधनमा राखेर गुडाउनुका साथै सार्वजनिक स्थलहरूमा झुण्ड्याएका छन् । सङ्खुवासभाको लागि प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली काङ्ग्रेसका दिपक खड्का, प्रदेशसभा सदस्य (क) का उम्मेदवार…

November 8, 2017  
सङ्खुवासभाका ३५ मतदान केन्द्र अति सम्वेदनशील

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सङ्खुवासभामा निर्धारण गरिएको मतदान केन्द्रहरूमध्ये सुरक्षाको दृष्टिकोणले ३५ मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । जिल्लामा १ सय ५३ मतदान केन्द्रमध्ये ३५ मतदान केन्द्र अति सम्वेदनशील, २८ सम्वेदनशील र ९० मतदान केन्द्र सामान्य रहेको प्रमुख जिल्ला अधिकारी शिवराज…

November 8, 2017  
आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी

प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेसका उम्मेदवार दिपक खड्का र प्रदेशसभा (क) का उम्मेदवार टङ्क राईले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारमा हेलिकप्टर प्रयोग गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कात्तिक २० गते उजुरी परेको छ । कात्तिक १९ गते खड्का र राई जिल्लाको उत्तरी भाटखोला गाउँपालिकाको विभिन्न क्षेत्रमा निर्वाचन प्रचारमा…

November 7, 2017  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले खाँदबारी नगरपालिका-१ डडाँरेबाट असार १३ गते गिरफ्तार गरेको छ ।   भोजपुरको अरुण गाउँपालिका-४ घर भएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३१ वर्षीय ज्ञानेन्द्र विश्वकर्मालाइ प्रहरीले गिरफ्तार गरेको हो ।   उनलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको गस्ती टोलीले गिरफ्तार गरी हिरासतमा…

ढुङ्गा प्रहार गरी उम्मेदवारको हत्या

सङ्खुवासभाको भोटखोला गाउँपालिका-२, च्याम्ताङका माओवादी केन्द्रका खुल्ला वडा सदस्य छिनाङ भोटेको हत्या भएको छ । असार ४ गते छिमेकी ५४ वर्षीय छिमिक भोटेसँग बाटोको विषयमा विवाद भएको र छिमिकले छिनाङको टाउकोमा ढुङ्गाले प्रहार गर्दा छिनाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घाइते भएका छिनाङको स्थानीय चेपुवा स्वास्थ्य…