दुर्गमको दर्दनाक दैनिकी ! (फोटो फिचर)

सङ्खुवासभाको उत्तरी क्षेत्रलाई "पूर्वको कर्णाली" भनेर चिनिन्छ । पूर्वको कर्णाली भन्ने यस क्षेत्रलाई भोटखोला नामले चिनिन्छ । साविकका गाविसहरू पावाखोला, हटिया, चेपुवा र किमाथाङकालाई मिलाएर भोटखोला गाउँपालिका नै बनाइएको छ । जिल्लामा सात ओटा रेडियोहरू छन् । केही पत्रिका जिल्लामा नै प्रकाशन हुन्छन् भने धेरै जसो काठमाडौँ, विराटनगर तथा इटहरीमा…

२०७५ मंसिर १७, सोमबार १५:५७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–१ गोलेगाउँका २४ वर्षीय खड्गबहादुर तामाङलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ९ गते उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण खाँदबारीस्थित जिल्ला अस्पलातमा मङ्सिर…

२०७५ मंसिर ९, आईतवार १९:३३ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सङ्खुवासभाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ५ गते खाँदबारीमा सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि बाबुराम बास्तोलाले सन् २०१८ जनवरीदेखि अक्टोवरसम्म सङ्कलन गरेका ४६ ओटा घटनाहरू समेटेको प्रतिवेदन प्रस्तुत…

२०७५ मंसिर ६, बिहीबार १५:१७ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–३ का २४ वर्षीय दिवश राईलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ । पीडित पक्षका अनुसार आरोपित राईले पीडित महिलालाई कातिक ३० गते बलात्कार प्रयास गरेका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १ गते जिल्ला अस्पताल खाँदबारीमा गरिएको प्रहरीले जनाएको…

२०७५ मंसिर २, आईतवार १८:२५ गते  
विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेकै दिन यात्रु बसमा तोडफोड

प्रहरीले गिरफ्तार गरेका आफ्ना पार्टीका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सङ्खुवासभा बन्द गरेकै दिन असोज २१ गते अपरिचित व्यक्तिहरूको समूहले यात्रुबहाक बसमा तोडफोड गरेका छन् । धरानबाट सङ्खुवासभा आउँदै गरेको साँगुरी यातायातको को १ ख ६०२० नम्बरको बसमा उक्त समूहले चैनपुर नपा–११, खराङ भन्ने…

२०७५ आश्विन २१, आईतवार १८:२५ गते  
बजार अनुगमन नगर्दा उपभोक्ता मारमा

सदरमुकाम खाँदबारीस्थित टुँडिखेल छेउको एक मिठाई पसलमा केही दिन अघि लड्डुमा ढुसी परेको फेला पर्‍यो । खाँदबारी बजारमा एउटै कम्पनीको खाद्यान्नका सामग्री पनि फरकफरक मुल्यमा विक्री भइरहेको पाइयो ।   चिचिला गाउँपालिकामा शिक्षक सेवा उतिर्ण गरेको अवसरमा धुपुकी सरिता कोईरालाले साथिहरूलाई लड्डु खुवाउन लाग्दा यस्तो भेटिएको हो ।   लड्डु कुहिको…

२०७५ आश्विन २०, शनिबार १९:५७ गते  
बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले चैनपुर नगरपालिका-३ का ३८ वर्षीय गणेश खत्रीलाई २ वर्ष ६ महिना कैदको फैसला गरेको छ । न्यायाधीश प्रकाश राउतको इजलासले असोज १८ गते खत्रीलाई दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद सजाय गराउने फैसला सुनाएको हो ।…

२०७५ आश्विन १८, बिहीबार १६:५० गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय हेदाङनामा कार्यरत प्रहरी जवान ३८ वर्षीय मिक्मा शेर्पालाई जिल्ला प्रहरी कार्यालयले असोज १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ९ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले आरोपितविरूद्ध असोज १० गते जिल्ला प्रहरी…

२०७५ आश्विन १२, शुक्रबार ०६:२६ गते  
जिल्ला अस्पतालमा दुई महिनादेखि नाभी मल्हम अभाव 

जिल्ला अस्पताल खाँदबारीमा भदौ २४ गते चैनपुर–४ की ३२ वर्षीया शर्मिला राई सुत्केरी भइन् । तर, दुई दिन बितिसक्दा समेत बच्चालाई नाभी मल्हम नलगाइएको उनका पति मनकुमार लिम्बूले बताए । लिम्बूले नाभी मल्हमका विषयमा अस्पतालका चिकित्सकसँग बुझ्दा नाभी मल्हम नभएकाले प्रयोग नगरेको जबाफ दिए । सोही दिन सुत्केरी भएकी सभापोखरी–१…

२०७५ भाद्र २६, मंगलवार २०:२४ गते  
खोई दुर्गममा स्वास्थ्य सेवा ?

नेपालको संविधानको भाग ३ मा मौलिक हक र कर्तव्य राखिएको छ । धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक रहेको छ । उपधारा १ मा स्वास्थ्यसम्बन्धी हकमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी व्याख्या गरिएको छ । त्यस्तै उपधारा…

२०७५ भाद्र २४, आईतवार २०:५० गते