गत वर्षै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अझै नपाएको लक्षित वर्गको गुनासो

भोटखोला गाउँपालिकाले गत आर्थिक वर्ष २०७५/०७६ को तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म वितरण गरेको छैन । ज्येष्ठ नागरिक, अपाङ्गता, असहाय, एकल महिलाले गत आर्थिक वर्षभित्रै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नपाएको लक्षित वर्गले गुनासो गरेका हुन् । ‘हरेक वर्ष असार महिनामा सामाजिक सुरक्षा भत्ता पाउँदै आएको थिएँ । यो…

२०७६ आश्विन १३, सोमबार २०:५१ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–३ का २२ वर्षीय अर्जुन राईलाई भदौ १८ गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले भदौ १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर सन्तोषकुमार राईले बताए…

२०७६ भाद्र २०, शुक्रबार १८:३१ गते  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले पाँचखपन गाँउपालिका–४ बाट ३९ वर्षीय छिरिङ्ग शेर्पालाई भदौ १२ गते गिरफ्तार गरेको छ । आरोपित सो पार्टीको कार्यकर्ता भएको र ०७५ वैशाख १७ गते खाँदबारी नपा–९ स्थित तुम्लिङ्गटारमा रहेको ९ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनामा बम…

२०७६ भाद्र १४, शनिबार ०५:४१ गते  
प्रहरीले शारीरिक यातना दिएको आरोपमा जिल्ला प्रशासनमा ज्ञापनपत्र

टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा भदौ ९ गते खाँदबारीमा कार्यक्रम गर्न लागेको आरोपमा प्रहरीले गिरफ्तार गरेका तीन जनालाई डिएसपीले कुटपिट गरेको भन्दै स्थानीयले आरोपितमाथि कारवाही गर्न माग गर्दै भदौ १० गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । कार्यक्रम गर्न लागेको आरोपमा खाँदबारी नपा-१ का २५ वर्षीय सेवक बजगाई, ३९…

२०७६ भाद्र १०, मंगलवार १६:०५ गते  
दूषित पानीका कारण झाडाखपलाबाट २४ जनाभन्दा बढी प्रभावित

पाँचखपन नगरपालिका–४ का स्थानीय दूषित पानी खानु पर्दा २५ जना बिरामी परेका छन् । साउन १९ यता वडा नं ४ मा रहेको होक्से माझगाउँ टोलका स्थानीयले दूषित पानीका खानुपर्दा झाडापखाला लागेर प्रभावित भएका हुन् । बिरामी पर्नेमा नौ जना पुरूष र १६ जना महिला रहेका छन् । तीन जना बालबालिका…

२०७६ श्रावण २६, आईतवार ०७:२० गते  
छात्रामैत्री शौचालय नहुँदा पढाइ प्रभावित भएको गुनासो

विद्यालयहरूमा छात्रामैत्री शौचालय नहुँदा आफूहरूको पढाइ प्रभावित भएको छात्राहरूले गुनासो गरेका छन् । छात्रामैत्री शौचालय नहुँदा महिनावारी भएका बेला चार दिन विद्यालय जान नपाएकाले पढाइ प्रभावित भएको छात्राहरूले गुनासो गरेका हुन् । जिल्लाका रहेका ३ सय ५७ सामुदायिक विद्यालय र चार क्याम्पसहरू मध्ये केहीमा मात्र छात्रामैत्री शौचालय छन् । तर,…

२०७६ श्रावण २२, बुधबार १५:४८ गते  
एउटा गाउँपालिकाको काम एक जना वडा सचिवको भरमा

भोटखोला गाउँपालिकाका पाँच ओडा वडाको कामका लागि एक जनामात्रै सचिव हुँदा स्थानीयले सास्ति व्यहोर्नु परेको छ । गाउँपालिका भित्रका पाँच ओटा वडा हेर्न वडा सचिवको रूपमा दावा लामा मात्रै छन् । एकजना मात्रै सचिव हुँदा सेवा प्रवाहमा समस्या आएको हो । सिङ्गो गाउँपालिकामा नै एक जना मात्रै वडा सचिव हुँदा…

२०७६ श्रावण १२, आईतवार ०५:११ गते  
भोटखोलामा खाद्यान्न अभाव, खाद्य डिपो चामल र कर्मचारीविहीन

सदरमुकाम खाँदबारीदेखि भोटखोला गाउँपालिका जाने कोशी राजमार्गको मकालु गाउँपालिकाको नयाँबस्तीमा सडक अवरूद्घ भएपछि भोटखोलामा खाद्यान्न अभाव भएको छ । सदरमुकाम खाँदबारीदेखि १ सय ६२ किलोमिटर उत्तरी क्षेत्रमा रहेको भोटखोला गाउँपालिकामा एक महिनादेखि खाद्यान्न ढुवानी हुन नसक्दा अभाव भएको हो । असार २ गते आएको वर्षाले मकालु गाँउपालिकाको फ्याक्सिन्दा र नयाँबस्तीमा…

२०७६ श्रावण ७, मंगलवार १५:४२ गते  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

सिलिचोङ गाउँपालिका–१ होयङ्लामा असार १६ गते बिहान प्रहरीसँग भएको गोली हानाहानपछि प्रहरीले प्रतिबन्धित नेकपाका एक कार्यकर्तालाई गिरफ्तार गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता चिसङ्खुगढी गाउँपालिका–७ निवासी निमदोर्जी तामाङलाईलाई असार १९ गते एसएलआर राइफलसहित गिरफ्तार गरेको प्रहरीले जनाएको छ  । गिरफ्तारमा परेका तामाङको सूचनाको आधारमा प्रहरीले सिलिचोङ गाउँपालिका…

२०७६ असार २०, शुक्रबार ०५:३१ गते  
सङ्खुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबिच गोली हानाहान

सङ्खुवासभामा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताबिच असार १६ गते बिहान गोली हानाहान भएको छ । सिलिचोङ गाउँपालिका–१ होयङलामा प्रहरी र सो पार्टीका कार्यकर्ताबिच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिमबहादुर लामाले बताए । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबिच गोली हानाहान भएको…

२०७६ असार १६, सोमबार १४:२६ गते