मादी नपामा नेपाली कङ्ग्रेस कार्यकर्ताद्वारा तालाबन्दी, सेवाग्राही मर्कामा
मादी नगरपालिका कार्यालयमा नेपाली कङ्ग्रेसले भदौ १२ गते लगाएको तालाबन्दीका कारण सेवाग्राही मर्कामा परेका छन् । तालाबन्दी भएको दोस्रो पनि कार्यालय नखुलेपछि उनीहरू मर्कामा परेका हुन् । ओखरबोटे हुँदै मङ्गलबारे जाने सडक निर्माणका लागि गठन गरिएको उपभोक्ता समिति अवैधानिक भन्दै असन्तुष्ट पक्षले कार्यालयमा तालाबन्दी गर्दा सेवाग्राही मर्कामा परेका हुन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नपा-५ माल्टाका १८ वर्षीय ज्ञानेल राईलाई भदौ ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–३ का ३८ वर्षीय गणेश खत्रीलाई साउन ५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन ४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन ४ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण साउन…
स्वास्थ्य चौकीमा ६ महिनायता औषधि अभाव
जिल्ला जनस्वास्थ्य कार्यालय र नगरपालिका कार्यालयले आवश्यक औषधि नपठाउँदा खाँदबारी नपा-३ पाम्मास्थित स्वास्थ्य चौकीमा ६ महिनायता औषधिको अभाव देखिएको छ । स्वास्थ्य चौकीबाट निशुल्क रूपमा वितरण हुने ३९ प्रकारका औषधिमध्ये स्वास्थ्य संस्थाले ६ महिनायता औषधि अभावका कारण १० प्रकारका औषधिमात्र सेवाग्राहीलाई दिँदै आएको छ । निशुल्क वितरण हुने औषधिको अभावसँगै…
बलात्कार प्रयास गरेको कसुरमा पाँच वर्ष कैद फैसला
६२ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले पाँचखपन नगरपालिका–२ का ५८ वर्षीय पदमनाथ दहाललाई पाँच वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश प्रकास राउतको इजलासले असार २७ गते दहाललाई दोषी ठहर गर्दै पाँच वर्ष कैद र पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला सुनाएको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका-६ का ५८ वर्षीय सलबहादुर श्रेष्ठलाई असार १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असार १० गते प्रहरीमा उजुरी दिएपछि श्रेष्ठलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित महिलाको स्वास्थ्य…
सङ्खुवासभामा न्यायिक समितिमार्फत ९९ वटा मुद्दामा मेलमिलाप
सङखुवासभाका १० वटा स्थानीय तहका न्यायिक समितिले हालसम्म ९९ वटा मुद्दामा पीडित र आरोपितबिच मेलमिलाप गराएका छन् । न्यायिक समितिमा परेका १ सय ३२ मुद्दामध्ये ३० वटा मुद्दा मेलमिलापका प्रक्रियामा रहेका र चोरीका तीन वटा मुद्दा भने जिल्ला प्रशासन कार्यालयमा पठाइएको न्यायिक समितिले जनाएका छन् । स्थानीय सरकार सञ्चालन ऐन,…
उपचार खर्चको अभावमा अपाङ्गता जीवन कष्टकर
खाँदबारी नगरपालिका-९ स्थित प्रसिद्ध तीर्थस्थल मनकामना मन्दिर नजिकै ४० वर्षीय कुमार माझीले अपाङ्गता जीवन बिताएको ३२ वर्षभयो । पर्शुराम माझी र चन्द्रकुमारी माझीको पहिलो सन्तान कुमार ८ वर्षको उमेरदेखि अपाङ्गता जीवन बिताइरहेका छन् । कुमारलाई अहिले खुवाउने, पियाउने र शौच गराउनेलगायत सबै काम अर्कैले गरिदिनु पर्छ । कुमारको बाल्यकाल बाल्यकालमा…
एक्स-रे मेशिन जडान नहुदाँ स्वास्थ्य सेवा प्रभावित
शिलिचोङ गाउँपालिका-१ सिसुवाखोलाकी राममाया कार्की जेठ २७ गते लडेर घाइते भए पश्चात एक्सरे गराउन प्राथमिक स्वस्थ्य चौकी ताम्कु पुगिन् । तर, त्यहाँ ७ महिना अघि पुर्याएको एक्सरे मेशिन जडान नहुँदा दुई दिन पैदल हिँडेर सदरमुकाम आउन कार्की बाध्य भइन् । राममाया जस्तै लडेर शिलिचोङ गाउँपालिका-४ माङ्तेवाका शिवबहादुर कलुङ पनि घाइते…
अरुण तेस्रोलाई लक्षित गरी बम विष्फोट
सङ्खुवासभाको खाँदवारी नगरपालिका-९ तुम्लिङटारस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशासकीय कार्यालयलाई लक्षित गरी अज्ञात समूहले जेठ ३० गते बिहान पौने १ बजेतिर सकेट बम विष्फोट गराएको छ । अज्ञात समूहले सकेट बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी श्यामकुमार सारुमगरले बताए । उनले विष्फोट गराइएको ठाउँमा तीन ओटा खाडल भेटिएकाले…