सामूहिक बलात्कार कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले इलाम जिल्ला, माङसेबुङ गाउँपालिका–४ का २० वर्षीय सुरज बयलकोटी र भोजपुर जिल्ला, षडानन्द नगरपालिका–७ का २७ वर्षीय अनन्त लिम्बूलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश टेकनाथ गौतमको ०७९ चैत १७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले  खाँदबारी नगरपालिका–९ का २३ वर्षीय सविन दर्जीलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश टेकनाथ गौतमको ०७९ चैत १६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १८ वर्ष कैद सजायसँगै १० हजार रुपियाँ जरिबाना र पीडितले पाउने गरी १ लाख ५०…

बलात्कार घटनाका आरोपित गिरफ्तार

७०  वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले धर्मदेवी नगरपालिका–६ का ६८ वर्षीय धनकुमार जिमीलाई चैत १२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ चैत १० बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ११ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई धनकुटाबाट गिरफ्तार…

March 28, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गीलाई गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०७९ चैत २ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत २ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि चैत ५…

March 22, 2023  
कर्मचारी कुटपिट आरोपमा विप्लव कार्यकर्ता गिरफ्तार

मोरङको विराटनगर महानगरपालिका–३ स्थायी घर भई चैनपुर नगरपालिका–७ स्थित डिभिजन वन कार्यालयमा सहायक वन अधिकृत पदमा कार्यरत ४९ वर्षीय नविनराज दाहाललाई फागुन १० गते कार्यकक्षमै कुटपिट गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ता लोकेन्द्र लिम्बूलाई गिरफ्तार गरेको छ । कर्मचारीलाई कार्यकक्ष मै कुटपिट गरेको आरोपमा…

February 23, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको मिक्लाजुङ गाउँपालिका स्थायी घर भई चैनपुर नगरपालिका–१ बस्ने १९ वर्षीय दिपेन राईलाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ २९ गते  बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो ।…

February 15, 2023  
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

भोटखोला गाउँपालिका–५ लुम्सुङका ७३ वर्षीय गोठे राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय छोरा प्रेमकुमार राईलाई माघ १५ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले माघ १५ गते बाबुलाई दाउराले प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइतेको उपचारका लागि जिल्ला अस्पताल खाँदवारी ल्याउने क्रममा माघ…

January 31, 2023  
प्रहरीले कुटपिट गरेको आरोप

खाँदवारी नगरपालिका–८ स्थायी घर भई खाँदवारी नगरपालिका–१ वडा कार्यालयमा वडा सचिव पदमा कार्यरत ३८ वर्षीय राजकुमार राईले प्रहरीले कुटपिट गरेको आरोप लगाउनु भएको छ । माघ १ गते साँझ खाँदवारी नगरपालिका–१ स्थित आफ्नै घरमा परिवारसँग बसिरहेको अवस्थामा घुमुवा प्रहरीले गाली गलौच गरी गालामा दुई थप्पड हिर्काएको कर्मचारीको आरोप छ ।…

January 19, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदवारी नगरपालिका–५ का ३० वर्षीय गणेश शिवालाई माघ २ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०७९ पुुस ३० गते  बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

January 17, 2023  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मादी नगरपालिका–३ का २१ वर्षीय रमेश विश्वकर्माविरूद्ध पुस २० गते प्रहरीमा उजुरी दिएको छ । पीडितलाई आरोपितले ०७९ पुस १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको इन्स्पेक्टर मिलन बस्नेतले बताउनु भयो । उजुरीलगत्तै फरार भएका…

January 5, 2023