स्वास्थ्य संस्थामा रित्तिँदै औषधि !
सङ्खुवासभाका १० ओटै स्थानीय तहमा औषधि अभाव सुरू भएको छ । आर्थिक वर्षसुरू भएको ६ महिना बित्न लाग्यो । स्थानीय तहमा २० वर्षपछि जननिर्वाचित प्रतिनिधिसमेत आए तर सरकारले निःशुल्क उपलब्ध गराउने भनेको औषधिसम्म जनताले पाउन सकेका छैनन् । सङ्खुवासभाका १० ओटै स्थानीय तहले औषधि खरिद गरेका छैनन् । यसले गर्दा…
कारागारमा निर्मित वस्तुहरूले बजार पाएन
खाँदबारी कारागारका कैदीबन्दीहरूले उत्पादन गरेको सामानहरूले बजार नपाएपछि विक्री गर्न सकेका छैनन् । कारागारभित्र प्रशस्त मात्रामा सामानहरू उत्पादन गरिए पनि बजारमा विक्री नभएपछि सामानहरू थुप्रिएका छन् । कारागारभित्र ३५ जना कैदीबन्दीले मुडा, टोपी, घरेलु साडी, जाल, नाम्लोलगायतका सामानहरू उत्पादन गर्छन् । तर, उत्पादित वस्तुहरू कारागारको ढोका बाहेक अन्यत्र लगेर विक्री…
काङ्ग्रेस र एमालेका कार्यकर्ताबचि झडप, एमालेका एक कार्यकर्ता घाइते
वाम गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य सङ्खुवासभाका (ख) का उम्मेदवार तुलसीप्रसाद न्यौपानेको उपस्थितिमा मङ्सिर ७ गते भएको घरदैलो कार्यक्रमबाट घर फर्कँदै गरेका नेकपा एमालेका कार्यकर्ता र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच पाँचखपन नगरपालिका-७ को बिहीबारेमा झडप हुँदा झडपमा पनि पाँचखपन नगरपालिका-७ का एमाले कार्यकर्ता ३६ वर्षीय पिण्डेश्वर राई घाइते भएका छन् ।…
वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको गाडीमा आगजनी
सङ्खुवासभाको चैनपुरमा वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको जिपमा अज्ञात समूहले मङ्सिर ४ गते बिहान २ बजे आगजनी गरेको छ । सो समूहले को १ ज २१२३ नम्बरको ल्याण्डरोबर गाडीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष खड्काले बताए । बसपार्क नजिकै पार्किङमा राखिएको चैनपुरका आशिष शाक्यको गाडी जलाइएको हो…
स्वीकृति बिनै चुनाव प्रचारप्रसारमा सवारी प्रयोग हुँदै
आगामी मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि सङ्खुवासभामा दलका उम्मेदवारहरूले स्वीकृति बिना नै सवारी साधन प्रयोग गरिरहेको पाइएको छ । प्रदेश सभाको लागि आठ दल र प्रतिनिधि सभाका लागि सङ्खुवासभामा १० ओटा दलले उम्मेदवारी दिएपनि अहिले चुनावी प्रचारप्रसारका लागि कुनै पनि उम्मेदवारले सवारी स्वीकृति नलिएको…
एमालेका उम्मेदवार चढेको गाडी लक्षित विष्फोट
नेकपा एमालेका नेता एवम् संखुवासभाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार राजेन्द्र गौतम चढेको गाडीलाई लक्षित गरी एक अपरिचिति समूहले ०७४ कात्तिक २८ गते बिहान सभापोखरी गाउँपालिका-२ स्थित देउराली नजिकै सालघारीमा विष्फोट गराएको छ । एमाले जिल्ला कमिटी सचिव खड्ग राईका अनुसार नेता गौतम चढेको गाडी सालघारी पुगेलगत्तै विष्फोट भएको थियो ।…
सङ्खुवासभामा राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन
खाँदबारीदेखि जिल्लाको सबै गाउँपालिका र नगरपालिकामा प्रमुख राजनीतिक दलहरूले सार्वजनिक स्थलहरूमा पोष्टर तथा पर्चा टाँसेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । दलहरूले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक पार्टीका झण्डा र ठूला-ठूला पोष्टरसमेत प्रकाशन र प्रदर्शन गरिरहँदा पनि सरोकारवाला निकाय मौन छन् । निर्वाचन आचारसंहिता २०७२ को तेस्रो संशोधनले यस्तो कार्य गर्न…
राजनीतिक दलहरू आचारसंहिता उल्लङ्घन गर्दै चुनाव प्रचारप्रसारमा
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सङ्खुवासभाका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार सुरू गरेका छन् । राजनीतिक दलहरूले ठूला आकारका झण्डा, व्यानर सवारी साधनमा राखेर गुडाउनुका साथै सार्वजनिक स्थलहरूमा झुण्ड्याएका छन् । सङ्खुवासभाको लागि प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली काङ्ग्रेसका दिपक खड्का, प्रदेशसभा सदस्य (क) का उम्मेदवार…
सङ्खुवासभाका ३५ मतदान केन्द्र अति सम्वेदनशील
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सङ्खुवासभामा निर्धारण गरिएको मतदान केन्द्रहरूमध्ये सुरक्षाको दृष्टिकोणले ३५ मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । जिल्लामा १ सय ५३ मतदान केन्द्रमध्ये ३५ मतदान केन्द्र अति सम्वेदनशील, २८ सम्वेदनशील र ९० मतदान केन्द्र सामान्य रहेको प्रमुख जिल्ला अधिकारी शिवराज…
आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी
प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेसका उम्मेदवार दिपक खड्का र प्रदेशसभा (क) का उम्मेदवार टङ्क राईले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारमा हेलिकप्टर प्रयोग गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कात्तिक २० गते उजुरी परेको छ । कात्तिक १९ गते खड्का र राई जिल्लाको उत्तरी भाटखोला गाउँपालिकाको विभिन्न क्षेत्रमा निर्वाचन प्रचारमा…