बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले खाँदवारी नगरपालिका–८ का ३४ वर्षीय सुमन पाण्डेविरूद्ध चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०७७ कात्तिक १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले इन्सेक प्रतिनिधिसँगको भेटमा…
बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला
अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिलिचोङ गाउँपालिका–१ का २९ वर्षीय पेम्बा शेर्पालाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शान्तिप्रसाद आचार्यको चैत १ गतेको इजलासले कसुर गरेको ठहर गर्दै आठ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार कविराज राउतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
बौद्धिक अपाङ्गता भएकी २६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मादी नगरपालिका–४ का २८ वर्षीय गोकुल भुजेललाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शान्तिप्रसाद आचार्यको चैत १ गतेको इजलासले कसुर गरेको ठहर गर्दै ७ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार कविराज राउतले इन्सेक प्रतिनिधिसँगको फोन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका फरार आरोपित खाँदबारी नगरपालिका–१ का २५ वर्षीय वियोग राईलाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७२ जेठ २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको…
सदरमुकाममा भन्सार कार्यालय, ३ हजार रुपियाँ राजश्व बुझाउनका लागि १५ हजार रुपियाँ खर्च
जिल्लाको उत्तरी क्षेत्रमा रहेको किमाथाङ्का सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारीमा बस्दा सेवाग्राहीले सास्ती पाएका छन् । ३ हजार २ सय ५४ रुपियाँ भन्सार राजश्व बुझाउँन पाँच दिनको पैदल यात्रा गरी बाटो खर्चमा १५ हजार रुपियाँ बढी खर्चनु परेको सेवाग्राहीको गुनासो छ । चीनको तिव्बतबाट ल्याएको चौरीका पुच्छर(चम्मर) सिमामा राखेर राजश्व…
यौनजन्य हिंसा न्यूनीकरणका लागि जिल्लास्तरीय सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधिसहितको यौनजन्य दुर्व्यवहारविरूद्धको जिल्ला सञ्जाल गठन गरिएको छ । महिला,बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि माघ २८ गते सञ्जालको गठन गरिएको छ । सार्वजनिक यातायातका साधनमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्न,स्कूल क्याम्पसमा यौन दुर्व्यवहारविरूद्धको सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय…
पहिरो तथा भूकम्प पीडित परिवारलाई लालपुर्जा वितरण
सिलिचोङ गाउँपालिका–३ साप्तेलका पहिरो तथा भूकम्प पीडित १३ ओटा परिवारले लाल पुर्जा पाएका छन् । पहिरोबाट घरजग्गा गुमाएका सिलिचोङ गाउँपालिका–३ साप्तेलका १३ घरपरिवारलाई साढे १८ रोपनी जग्गा जग्गा प्रदान गरिएको छ । पहिरो पीडित १३ परिवारलाई जिल्ला आयोजना कार्यान्वयन इकाइले जग्गा खरिद गरेर माघ २७ गते लालपुर्जा वितरण गरेको हो…
करारका कर्मचारीले आलोपालो सेवा प्रभाव गर्दा सेवाग्राही समस्यमा
जिल्लाको दुर्गम भोटखोला गाउँपालिकामा पाँच ओटा वडाको सेवा एक जना वडासचिवले मात्र प्रवाह गर्नुपर्ने अवस्था रहेका कारण सेवाग्राहीले सास्ती पाएको गुनासो गरेका छन् । भोटखोलामा एक जना वडासचिव मात्र हुँदा समयमा सेवा नपाएको भोटखोला गाउँपालिका–२ का ३२ वर्षीय सुवास भोटेले गुनासो गर्नु भयो । उहाँले भन्नुभयो “गाउँपालिका पाँच ओटा वडा…
क्षमता भन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या
जिल्ला कारागार खाँदबारीमा क्षमता भन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । २५ जना कैदीको क्षमता भएको कारागारमा १ सय ४३ जना कैदी बन्दी राख्दा समस्या भएको खाँदबारी कारागारका प्रमुख जेलर विनोद अधिकारीले बताउनु भयो । कारागारमा १ सय ३४ जना पुरूष र नौ जना महिला कैदी बन्दी छन्…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि संकलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ४ गते सम्पन्न भएको छ । इन्सेक सङ्खुवासभाको आयोजनामा सन् २०२० जनवरी देखि डिसेम्बर १५ सम्मका अभिलेखित घटनाहरूको समीक्षा सम्पन्न भएको हो । इन्सेक सङ्खुवासभा प्रतिनिधिले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि…