अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सङ्खुवासभाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम खाँदबारीमा असार ३ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको छ । समीक्षा कार्यक्रममा…
खाँदबारी कारागारमा एक कैदीको मृत्यु
जिल्ला कारागार खाँदबारीमा पाँचखपन नगरपालिका–२ स्याबुनका ३९ वर्षीय सुरेश तामाङको असार २ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । असार १ गते साँझ खाना खाएर सकुशल सुतेका तामाङ राति अचानक बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा असार २ गते बिहान ५ बजे…
बलात्कार घटनाका आरोपित गिरफ्तार
९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–२ का ३९ वर्षीय कुमार दर्जीलाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०७९ जेठ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपित कुमारलाई…
नेकपा एमालेका कार्यकर्तालाई कुटपिट गरेको आरोप
नेकपा एमाले धर्मदवी नगर कमिटी सदस्य ६० वर्षीय नारायण लिम्बूलाई धर्मदेवी नगरपालिका–१ मा नेपाली कांग्रेस कार्यकर्ताले जेठ ५ गते कुटपिट गरेको नेकपा एमालेले आरोप लगाएको छ । जेठ ५ गते साँझ नगरपालिका पुगेर घर फर्किदै गरेका लिम्बूलाई कांग्रेस कार्यकर्ताले धर्मदेवी नगरपालिका–१ स्थित महभिर नजिकै डाडाँमा बाटो छेकेर साङ्घातिक आक्रमण गरेको…
प्रहरीले कुटपिट गरेको घटना छानविनका लागि समिति गठन
मादी नगरपालिका–५ मा प्रहरीको कुटपिटबाट उम्मेदवारसहित चार जना घाइते भएको घटना छानविनका लागि जेठ ३ गते समिति गठन गरिएको छ । मादी नगरपालिका–५ का श्याम शेर्पा, दावाछत्र शेर्पा, फूर्वा शेर्पा र पासाङ शेर्पालाई प्रहरीले जेठ २ गते राति निर्घात कुटपिट गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले प्रहरीले कुटपिट…
प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप, कुटपिटबाट चार जना घाइते
मादी नगरपालिका–५ का श्याम शेर्पा, दावाछत्र शेर्पा, फुर्वा शेर्पा र पासाङ शेर्पालाई प्रहरीले जेठ २ गते राति निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । मादी नगरपालिका–५ स्थित मादी नगरपालिकाको मतगणनास्थलमा जेठ २ गते राति खाना खाएर गइरहेको अवस्थामा १२÷१३ जनाको सङ्ख्यामा रहेका प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप…
दुर्गम उत्तरी क्षेत्र भोटखोलामा मतदान सामग्री पठाउन थालियो
जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा वैशाख ३० गते हुन निर्वाचनका लागि मतदान सामग्री पठाउन थालिएको छ । भोटखोला पुग्न गाडी र पैदल गरेर चार दिन सम्म लाग्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३० गते हुने स्थानीय तह निर्वाचनका लागि भोटखोला गाउँपालिकामा मतदान सामग्री र मतदान अधिकृतसहितको टोली पठाएको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकालु गाउँपालिका-५ का ३५ वर्षीय दिपेन्द्र याम्फु राईलाई वैशाख ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७८ चैत २१ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद् चैत २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका…
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पाँचखपन नगरपालिका–३ का १९ वर्षीय दुर्गामान राईलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शान्तिप्रसाद आचार्यको चैत २३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १२ वर्ष ६ महिना कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–१ का २६ वर्षीय गोविन्द विक र २५ वर्षीय सविन दर्जीलाई चैत ९ गते गिरफ्तार गरेको छ । प्रहरीले सोही आरोपमा खाँदबारी नगरपालिका–९ का २१ वर्षीय धनराज तामाङलाई चैत १० गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितहरूले ०७८ चैत ५…