मोरङमा ६५ ओटा मतदान स्थल अति सम्वेदनशील
मोरङका ६५ ओटा मतदान स्थल अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले विश्लेषण गरेको छ । मोरङमा रहेका ३ सय मतदान स्थलमध्ये १ सय ४४ स्थल सम्वेदनशील रहेको र ८१ मतदान स्थल सामान्य रहेको जनाएको छ । चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गिकरण गरी सोही अनुसारको…
कोटा कम हुदा रेविजको भ्याक्सीन अभाव
कुकुरले टोक्दा लगाउने रेविज विरूद्धको भ्याक्सीनको अभाव भएको छ । रेविजको खोप लगाउन कोशी अञ्चल अस्पताल आउने बिरामीले भ्याक्सीन लगाउन नपाएका हुन । दैनिक ३० देखि ४० जनासम्म भ्याक्सीनका लागि आउने गरेका भएपनि भ्याक्सीनको कोटा कम भएका कारण पुर्याउन नसकिएको अस्पतालका मेसु डाक्टर रोशन पोखरेलले जानकारी दिए । उनका अनुसार…
पर्यवेक्षक निष्पक्ष हुनुपर्ने सरोकारवालाहरूको जोड
आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको पर्यवेक्षण स्वच्छ ढङ्गले गर्नेुपर्ने सरोकारवालाहरूले बताएका छन् । विराटनगरमा इन्सेक क्षेत्रीय कार्यालय र नियोगको सहकार्य तथा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले आयोजना गरेको निर्वाचन र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले विगतमा पर्यवेक्षक बन्ने र कुनै दललाई सघाउ पुग्ने काम गरेको देखिएको…
आचारसंहिता पालना गर्न दलहरूलाई आयोगको आग्रह
निर्वाचन आचारसंहिता पालना गर्न क्षेत्रीय निर्वाचन कार्यालय मोरङले दलहरूलाई आग्रह गरेको छ । विराटनगरमा असार १ गते दलहरूसँगको सर्वदलीय बैठकमा आयोगले पार्टीको चुनाव चिन्ह अङ्कित भेष्ट, टोपीलगायतको तुल टाँगेको, पोष्टर टाँसेकोलगायतका उजुरी परेको भन्दै आचारसंहिता पालना गर्न आग्रह गरेको हो । दोस्रो चरणको स्थानीय निकाय निर्वाचन नजिकिँदै जाँदा मोरङमा बढ्दो…
स्वास्थ्य सेवा प्रदायक र सेवाग्राहीबिच छलफल सम्पन्न
इन्सेकले सञ्चालन गरेको जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम इएलपी अन्तर्गत जेठ ३१ गते विराटनगरमा सेवा प्रदायक निकाय र सेवाग्राहीबिच स्वास्थ्य अधिकारको सवाल र सेवाग्राहीको बुझाई विषयक अन्तरक्रिया सम्पन्न भएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा जिल्ला तथा गाविस स्तरका स्वास्थ्य सेवा प्रदायक संस्था र सेवाग्राहीबिच छलफल भएको हो ।…
खानेपानी र सेवाग्राहीबिच छलफल सम्पन्न
इन्सेकले सञ्चालन गरेको जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम इलपी अन्तर्गत जेठ ३० गते विराटनगरमा स्वच्छ खानेपानीको विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर र मानव अधिकार निगरानी समूहको आयोजनामा नेपाल खानेपानी संस्थान मोरङसग छलफल गरिएको हो । छलफलमा सहभागीहरूले विराटनगरमा खानेपानी वितरण राम्रो नभएको, पानीमा लेदो आउने…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैद सजायको फैसला
१४ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत मोरङले जेठ २९ गते केरावारी गाउँपालिका-६ का १९ वर्षीय श्यामकुमार परियारलाई तीन वर्षकैद फैसला सुनाएको छ । न्यायाधीश पुष्पराज थपलियाको इजलासले परियारलाई तीन वर्षकैद सजायको फैसला गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले बताए । पीडित बालिकालाई परियारले ०७३ फागुन…
राजपाका कार्यकर्ताहरूद्वारा बन्द अवज्ञा गरेको आरोपमा सवारी साधनमा तोडफोड
निर्वाचन विरोधी आन्दोलनका कार्यक्रम सुरु गरेको राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताहरूले जेठ ३० गते विराटनगरमा तीन ओटा सवारी साधनमा तोडफोड गरेका छन् । आन्दोलनका कार्यक्रम अर्न्तगत जेठ ३० गते बन्दको आह्वान गरेको पहिलो दिन राजपाका कार्यकर्ताहरूले बन्दको अबज्ञा गरेको आरोपमा बा३ख ८३७४ नम्बरको माइक्रो बस, को१ह १६८३ नम्बरको ट्याम्पो…
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अधिकारकर्मीको ध्यानाकर्षण
आसन्न स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्नका लागि मोरङका राजनीतिक दलहरूलाई अधिकारकर्मीहरूले ध्यानाकर्षण गराएका छन् । विभिन्न पार्टीका कार्यालयमै गएर जेठ २९ गते अधिकारकर्मीहरूले निर्वाचनका सन्दर्भमा र निर्वाचनका कारण बालबालिकामा असर पर्ने खालका कार्यक्रम नगर्न ध्यानाकर्षण गराएका हुन् । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) लगायत…
बलात्कार प्रयास गर्नेलाई २ वर्ष ६ महिना कैद सजाय
२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा मोरङ मधुमल्ला-५ का ५० वर्षीय डल्ले भन्ने तुलबहादुर सुर्जे मगरलाई जिल्ला अदालत मोरङले जेठ २५ गते २ वर्ष ६ महिना कैद फैसला सुनाएको छ । न्यायाधीश प्रकाश राउतको एकल इजलासले मगरलाई सो सजाय सुनाएको जिल्ला अदालत मोरङ ७ नम्बर इजलासका नायव सुब्बा गोपालप्रसाद…