अज्ञात पक्षको आक्रमणबाट महिला घाइते

पथरी शनिश्चरे नगरपालिका–३ की ५० वर्षीया हरिमाया घिमिरे चैत २० गते अज्ञात पक्षको आक्रमणमा परी घाइते हुनु भएको प्रहरीले जनाएको छ । पथरी शनिश्चरे नगरपालिका–१० स्थित आफ्नै घरको बरण्डामा सुत्नु भएकी घिमिरेलाई अज्ञात पक्षले चैत २० गते राति घाँटीमा छुरा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले…

April 4, 2022  
तोडफोडपछि बन्द भएको शिक्षा विकास माध्यमिक विद्यालयमा १५ दिनपछि पठनपाठन सुरू

१२ वर्षीया बालिकालाई ०७८ चैत ४ गते लेटाङ नगरपालिका–५ खेरूवास्थित शिक्षा विकास माध्यमिक विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेको विषयमा उत्पन्न विवादका क्रममा चैत ६ गते विद्यालय तोडफोड भएपछि पठनपानठ बन्द भएको विद्यालयमा घटना भएको १५ दिनपछि चैत २० गतेबाट पठनपाठन सुरू भएको छ । तोडफोडपछि बन्द…

April 4, 2022  
डाक्टरको शव फेला, हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का

सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थायी घर भई विराटनगर महानगरपालिका–५ स्थित नोवेल अस्पतालमा कार्यरत २८ वर्षीय डाक्टर विजय यादवको हत्या भएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । विराटनगर महानगरपालिका–५ स्थित प्रेम बस्नेतको घरमा डेरा गरी बस्दै आएका यादवको लास सोही घरको कम्पाउड वालभित्र मुखबाट रगत आएको र हातगोडामा चोट लागेको अवस्थामा…

April 2, 2022  
स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा ३३ लाख बढी मतदाता, १८ सय ७७ ओटा मतदानस्थल र ४ हजार बढी मतदान केन्द्र

स्थानीय तह निर्वाचन ०७९ वैशाख ३० का लागि प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेशभर १ हजार ८ सय ७७ ओटा मतदान स्थल र ४ हजार ५१ ओटा मतदान केन्द्र तोकिएको छ । ०७९ वैशाख २९…

March 28, 2022  
लेटाङ घटना निन्दनीय, शिक्षाको अधिकार सुनिश्चित गर्न इन्सेकको आग्रह

लेटाङ नगरपालिका–५ मा चैत ६ गते २६ वर्षीया महिला प्रहरी उर्मिला श्रेष्ठको हत्या भएको घटनामा इन्सेक प्रदेश १, कार्यालय विराटनगरले चैत १० गते विज्ञप्ति जारी गर्दै घटनाको भत्सना एवम् निन्दा गरेको छ । इन्सेकले विज्ञप्तिमार्फत् नागरिकको बाँच्न पाउने अधिकार खोसिएको भन्दै घटनाको भत्सना र निन्दा गरेको छ । प्रदेश संयोजक…

March 24, 2022  
लेटाङमा लगाइएको कर्फ्यु हटाइयो- प्रशासन

मोरङको लेटाङ नगरपालिकामा चैत ७ गतेदेखि लगाइएको कर्फ्यु आदेश चैत १० गतेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । २६ वर्षीया प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको घटनापछि जारी गरिएको कर्फ्यु आदेश चैत १० गते बिहान ६ बजेदेखि हटाइएको प्रशासनद्वारा चैत ९ गते जारी विज्ञप्तिमा उल्लेख छ…

March 24, 2022  
लेटाङ घटनाका विषयमा इन्सेकद्वारा स्थलगत अनुगमन, छानबिनका लागि ६ सदस्यीय समिति गठन

लेटाङ नगरपालिका–५ खेरूवामा २६ वर्षीया महिला प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको घटनामा इन्सेक प्रदेश १, कार्यालय विराटनगरले चैत ८ गते स्थलगत अनुगमन गरेको छ । इन्सेक प्रदेश कार्यालय विराटनगरका प्रलेख अधिकृत पुण्य अधिकारी, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १, कार्यालय प्रमुख नितु गड्तौला, नेपाल पत्रकार महासङ्घ मोरङ…

March 23, 2022  
लेटाङ घटनाका घाइते प्रहरीको अवस्थाका बारेमा इन्सेकद्वारा जानकारी हासिल, कर्फ्यु जारी

लेटाङ नगरपालिका–५ खेरूवामा यौन दुर्व्यवहार घटनाका विषयमा जानकारी लिन गएको प्रहरी टोलीमाथि फागुन ६ गते भएको आक्रमणमा परी घाइते भएका प्रहरीको स्वास्थ्य अवस्थाका विषयमा इन्सेकले जानकारी लिएको छ । इन्सेक प्रदेश कार्यालय विराटनगरका प्रलेख अधिकृत पुण्य अधिकारी, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरका मानव अधिकार अधिकृत चिरञ्जीवी कोइरालासहित पत्रकारको…

March 21, 2022  
लेटाङ नगरपालिकामा प्रशासनद्वारा कर्फ्यु आदेश जारी

यौन दुर्व्यवहार घटनाका विषयमा जानकारी लिनका लागि गएको प्रहरी टोलीमाथि भएको आक्रमणमा घाइते हुनु भएकी एक जना महिला प्रहरीको उपचारका क्रममा मृत्यु भएपछि मोरङ प्रशासनले फागुन ७ गते लेटाङ नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । यौन दुर्व्यवहार घटनाका आरोपित लेटाङ नगरपालिका-५ का ५६ वर्षीय शिक्षक मनोज पौडेलको विषयमा बुझ्न…

March 21, 2022  
बालिका बलात्कारपछि हत्या घटनामा इन्सेकद्वारा अनुगमन, पीडित परिवारलाई आर्थिक सहयोग

सामूहिक बलात्कारपछि हत्या गरिएकी सुन्दरहरैँचा नगरपालिका–७ की डेढ वर्षीया बालिका करिश्माकुमारी केवटको परिवारलाई चैत १ गते भेट गरी इन्सेक प्रदेश १, कार्यालय विराटनगरले घटनाका विषयमा अनुगमन गरी जानकारी लिएको छ । ०७८ फागुन २७ गते अपहरण गरी सामूहिक बलात्कार पश्चात हत्या गरिएकी बालिकाको परिवारलाई भेटेर घटनाका विषयमा जानकारी लिएको इन्सेक…

March 15, 2022