छुरा प्रहार आरोपमा पति गिरफ्तार
उर्लावारी नगरपालिका–४ की ३५ वर्षीया कुमारी महरालाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४० वर्षीय पति सुमन महरालाई जेठ १६ गते गिरफ्तार गरेको छ । पीडितलाई घरायसी विवादका क्रममा मादक पदार्थ सेवन गरेका आरोपितले छुरा प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय उर्लावारी इन्स्पेक्टर मिलन थापाले बताउनु भयो…
कोभिड–१९ बीमाबापतको रकम भुक्तानी गर्न अदालतको आदेश
उच्च अदालत विराटनगरले कोभिड–१९ बीमाबापतको रकम भुक्तानी गर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारू र न्यायाधीश जगतनारायण प्रधानको जेठ १६ गतेको संयुक्त इजलासले कोभिड–१९ बीमाको रकम भुक्तानी गर्न बीमा कम्पनी अजोडको नाममा परमादेश आदेश दिएको हो । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले ०७८…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनपालथान गाउँपालिका–३ का ६० वर्षीय पुरण ऋषिदेवलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–४ का वर्षीय तेजेन्द्र कर्णलाई जेठ ११ गते गिरफ्तार गरेको छ । विराटनगर महानगरपालिका–४ स्थित सिर्जना ज्ञानकुञ्ज बोर्डिङ्ग स्कूलमा कक्षा ५ मा अध्ययनरत बालिकालाई आरोपितले ०७८ चैत १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७९ जेठ ११ गते जिल्ला…
पत्नी हत्या घटनाका फरार आरोपित गिरफ्तार
जहदा गाउँपालिका–२ की ३५ वर्षीया गीतादेवी राजभरको हत्या घटनाका आरोपित ४० वर्षीय पति दिनेश राजभरलाई प्रहरीले जेठ १० गते गिरफ्तार गरेको छ । पीडितलाई घरायसी विवाद क्रममा आरोपितले जेठ ६ गते राती फलामको रड प्रहार गरी हत्या गरेर फरार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो । मादक…
मोरङमा मतगणना सुरू, झापामा अनिश्चित
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार रङ्गेली नगरपालिका–७ स्थित जनता क्याम्पसमा वडा–७ को ३ हजार ४ सय ४२ मत खसेकोमा मतगणना क्रममा ९९ मत बढी फेलापरेपछि उत्पन्न भएको विवादका कारण जेठ ६ गतेदेखि रोकिएको गणना जेठ ७ गते साँझपछि सुरू भएको छ । झापाको गौरादह नगरपालिकामा विवादका कारण जेठ ६ गतेदेखि…
खुकुरी प्रहार गरी पत्नीको हत्या, आरोपित फरार
जहदा गाउँपालिका–२ की ३५ वर्षीया गीतादेवी राजभरलाई जेठ ६ गते खुकुरी प्रहार गरी ४० वर्षीय पति दिनेश राजभरले हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका क्रममा जेठ ६ गते आरोपितले खुकुरी प्रहार गरी हत्या गरेर साडीमा पोको पारेर लास फालेको अवस्थामा जेठ ७ गते विहान छोरीले फेला पारेपछि पीडित…
उदयपुरमा मृतक परिवारसँग सात बुँदे सहमति, मोरङ, सुनसरी र सङ्गखुवासभामा मतगणना स्थगित
उदयपुर प्रतिनिधि सुजाता ढुङ्गानाका अनुसार निर्वाचन सम्पन्न भएको तीन दिनपछि कटारी नगरपालिका–१० सोरूङछविसेस्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रको मतपेटिका कटारी ल्याइएको छ । निर्वाचनका दिन मतपेटिका असुरक्षित हुने भन्दै प्रहरीले सुरक्षाका लागि गोली चलाउँदा कटारी नगरपालिका–१० का १९ वर्षीय नविन भनिने वीरबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको थियो । मृत्युपछि स्थानीयले…
धनुकटामा स्थगित मतदान जेठ २ गते, उदयपुरमा मतदान अधिकृतद्वारा राजीनामा
धनकुटा प्रतिनिधि इश्वर थापाका अनुसार सहीदभूमि गाउँपालिका–६ स्थित ठाकुरदेवी माध्यमिक विद्यालय र वडा–६ वडा कार्यालय मतदान स्थलका तीन ओटै केन्द्रमा स्थगित मतदान जेठ २ गते गर्ने निर्णय गरिएको छ। वैशाख ३० गते मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधिविच विवाद हुँदा सहिदभूमि गाउँपालिका–६ स्थित ठाकुरदेवी मावि र ६…
उदयपुरको कटारीमा तनाव कायमै, करारका कर्मचारीको गोजीमा स्वस्तिक भेटिएपछि इलाममा मत गणना रोकियो
उदयपुर प्रतिनिधि सुजाता ढुङ्गानाका अनुुसार कटारी नगरपालिका–१० को सोरुङछबिसेमा मतपत्र सिल गर्ने क्रममा प्रहरीले स्थानीयलाई गोली हानी हत्या गरेपछि सोरुङछबिसे अझै तनाबग्रस्त छ । मतपत्र सिल गर्ने क्रममा स्थानीयको भिड नियन्त्रण गर्ने क्रममा वैशाख ३० गते प्रहरीको गोली प्रहारबाट कटारी नगरपालिका– १० का १९ वर्षीय नवीन कटुवालको मृत्यु भएको प्रदेश…