शिक्षकले कुटपिट गरेको पीडित पक्षको आरोप

विराटनगर महानगरपालिका‒१२ की १४ वर्षीया बालिका तनिषा श्रेष्ठलाई कक्षा कोठामा मोवाइल चलाएको आरोपमा शिक्षकले पुस २ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । विराटनगर महानगरपालिका‒११ स्थित जनपथ माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत बालिकालाई विराटनगर महानगरपालिका‒३ का ५६ वर्षीय शिक्षक हरिहर दहालले कक्षा कोठामा मोवाइल चलाएको भन्दै कुटपिट…

December 20, 2021  
बालिका हत्या घटनाका आरोपित गिरफ्तार

रङ्गेली नगरपालिका‒२ की २१ महिनाकी युनिसा उराउको हत्या गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका‒२ का ४६ वर्षीय सैनी उराउ र ३५ वर्षीया सङ्गीतालाई गिरफ्तार गरेको छ । बालिकालाई आरोपितद्धयले हत्या गरी रङ्गेली नगरपालिका‒२ मा पैनीमा गाडिएको अवस्थामा पुस ३ गते बालिकाको शव भेटिएपछि अनुसन्धानका लागि नाताले फुपु र भिनाजु पर्ने आरोपितद्धयलाई…

December 20, 2021  
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया

जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा जिल्ला प्रतिनिधि र इन्सेक प्रदेश कार्यालयबिच पुस ५ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक प्रदेश १ कार्यालय मातहतका जिल्ला प्रतिनिधिले जिल्लामा अभिलेखीकरण गरेका घटनामाथि समीक्षा गर्दै जिल्ला प्रतिनिधिसँग प्रदेश कार्यालयले अन्तरक्रिया सम्पन्न गरेको हो । अन्तरक्रियामा इन्सेक प्रतिनिधिले जिल्लामा…

December 20, 2021  
इन्सेक परियोजनाका विषयमा प्रदेशस्तरीय अन्तरक्रिया

इन्सेक प्रदेश १ कार्यालयले प्रदेशका पाँच ओटा जिल्लामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा सञ्चालन गरीरहेको परियोजना प्रभावकारी भएको सरोकारवालाहरूले बताएका छन् । “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने”इएलपी परियोजना इन्सेकले विगत तीन वर्षयता सञ्चालन गर्दै आएको छ । झापा, मोरङ,सुनसरी, उदयपुर र इलामका १० ओटा स्थानीय…

December 8, 2021  
क्याम्पस प्रशासन र व्यवस्थापन कक्षमा तोडफोड

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा वाणिज्यशास्त्र सङ्कायमा अध्यननरत तेस्रो समेष्टरका विद्यार्थीहरुले क्याम्पस प्रशासनसँग कम्प्युटर व्यवस्थापन गरीदिन माग गर्दै मङ्सिर १४ गते क्याम्पस प्रशासन र व्यवस्थापन संकायमा गरेको तालाबन्दीविरूद्ध अर्को पक्षले विरोध जनाउँदै मङ्सिर १५ गते क्याम्पस र व्यवस्थापन कक्षमा तोडफोड गरेको छ । वाणिज्यशास्त्र सङ्काय पहिलो समेष्टरमा अध्ययनरत विद्यार्थीले पठनपाठन प्रभावित…

December 2, 2021  
लैङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियानको सुरूआत, प्रभातफेरीसहित विविध कार्यक्रम

लैङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियान मङ्सिर ९ गतेदेखि सुरू भएको छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरूद्धको…

November 25, 2021  
मोरङ कारागारमा १७ महिनामा १८ जना कैदीबन्दीको मृत्यु

मोरङ कारागारमा बितेको १७ महिनामा १८ जना कैदीबन्दीको मृत्यु भएको छ । राज्यको नीति कारागारलाई यातना गृहबाट रूपान्तरण गरी सुधार गृह बनाउने भएपनि मोरङ कारागारमा आर्थिक वर्ष ०७७-०७८ मा ११ जना कैदीबन्दीको मृत्यु भएको छ । चालू आर्थिक वर्षको साउन १५ गतेदेखि मङ्सिर पहिलो सातासम्मको अवधिमा सात जनाको मृत्यु भएको…

November 23, 2021  
बलात्कारपछि हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कारपछि ढुङ्गा प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले भारतको, अररिया जिल्ला स्थायी घर भई कटहरी गाउँपालिकामा बस्दै आएका २४ वर्षीय मुकेश सरदारलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ४ गते बलात्कारपछि ढुङ्गा प्रहार गरी हत्या प्रयास गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको…

November 23, 2021  
मोरङ कारागारमा कैदीको मृत्यु

बलात्कार मुद्दामा कैद भुक्तान गरीरहेका रतुवामाई नगरपालिका–८ का ४३ वर्षीय नारायण थापाको कात्तिक २४ गते राति मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला अदालतको आदेशमा बलात्कार शीर्षकमा ०७२ भदौ १ गते कैद सजाय भुक्तानका लागि कारागार आएका ४३ वर्षीय थापाको मृत्यु भएको कारागारका निमित्त जेलर नारायणप्रसाद पोखरेलले बताउनु भयो…

November 11, 2021  
मोरङ कारागारमा कैदीबन्दीबिच झडप, ६ जना घाइते

जिल्ला कारागार मोरङका चौकीदार किरण गुरुङले उनका समूह बाहेकका कैदी तथा बन्दीलाई यातना दिएको आरोपमा कारागारका कैदीबन्दीबिच कात्तिक २३ गते झडप भएको कारागार प्रशासनले जनाएको छ । झडपमा परी ६ जना कैदीबन्दी घाइते भएको र उनीहरूको उपचार कोशी अस्पतालमा गरिएको कारागार निमित्त जेलर रामप्रसाद पोखरेलले बताउनु भयो । झडपमा परी…

November 9, 2021