यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जिल्ला खोटाङ दिप्रुङ गाउँपालिका–५ का ३१ वर्षीय ध्रुव पान्डेलाई माघ १२ गते गिरफ्तार गरेको छ । आरोपितले माघ १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर पाण्डवकुमार राजवंशीले…
प्रतिबन्धित पार्टीको कार्यकर्ता भएको आरोपमा गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको जनमुक्ती सेना भएको आरोपमा प्रहरीले २७ वर्षीय विमलेन्द्र थापालाई पुस १६ गते गिरफ्तार गरेको छ । जिल्ला दैलेख दुल्लु नगरपालिका–२ स्थायी घर भई हतुवागढी गाँउपालिका–९ बस्दै आएका थापालाई ४ राउण्ड गोली र विप्लव पार्टीको दस्ताबेजसहित हतुवागढी गाँउपालिका–९ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम भोजपुर सदरमुकाममा पुस १५ गते सम्पन्न गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधिले सन् २०१९ को जनवरी १ देखि डिसेम्वर ३१ सम्म सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७५ ओटा घटना प्रस्तुत गर्नु भयो ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका–६ होम्ताङका ३८ वर्षीय वडा सदस्य बालकुमार राईलाई पुस ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस ३ गते बलत्कार गरेको भनि पीडत पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय भोजपुुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप…
घरेलु हिंसा गरेको आरोपमा पति गिरफ्तार
३९ वर्षीया पत्नी सारदा भुजेलालाई धारिलो हतिया खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा षडानन्द नगरपालिका–१ भुजेलडाँडाका ४१ को हरिबहादुर भुजेललाई पुस ६ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितविरूद्ध पीडित पक्षले पुस ५ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएका थिए । सामान्य घरायसी विवादमा पतिले खुकुरी प्रहार गर्दा…
अज्ञात पक्षद्वारा वडा कार्यालय तोडफोड
भोजपुर नगरपालिका–४ सिद्धेश्वरको वडा कार्यालयमा अज्ञात पक्षले तोडफोड गरेको छ । पुस ६ गते राति तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । कार्यालयको झयाल ढोका, टेबल तथा अन्य सामग्री तोडफोड भएको प्रहरीको भनाइ छ । त्यस्तै तीन थान सिसी क्यामेरा, १८ दशमलब ५ इन्चको एक थान मनिटर चोरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–८ का ३४ वर्षीय गोविन्द राईलाई पुस ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत मङ्सिर ४ गते बलात्कार गरेको भनी पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर ६ गते…
वडा कार्यालयमा अज्ञात पक्षबाट आगजनी
भोजपुरमा दुई ओटा वडा कार्यालयमा अज्ञात पक्षले आगजनी गरेको छ । मङसिर २४ गते राति रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएपी नरबहादुर सलामी मगरले जानकारी दिनु भयो । पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टीतेल छर्केर कागज पत्र, कुर्सी, फर्निचर, लगायतका सामग्रीमा…
कर्मचारी अभावका कारण बालबालिका नियमित खोप सेवाबाट वञ्चित
कर्मचारी अभावका कारण जिल्ला अस्पताल भोजपुर बाट दिइने नियमित खोप सेवा प्रभावित भएको छ । जिल्ला अस्पताल भोजपुरमा चार जना अनमीको दरबन्दी भए पनि कर्मचारी समायोजनका कारण सरूवा भएर गएपछि समस्या भएको हो । जसकारण कात्तिकको दोस्रो सातादेखि खोप सेवा बन्द भएको छ । खोप सेवा बन्द हुँदा बालबालिकाका लागि…
अपरिचति व्यक्तिको आक्रमणमा परी घाइते महिलाको उपचार हुँदै
षडानन्द नगरपालिका–८ सेमेङमाकी ३० वर्षीया वीणा तामाङलाई अपरिचित व्यक्तिले आक्रमण गरी स्तन काटिदिएको पीडित पक्षको आरोप छ । खोलामा कपडा धुन गएकी पीडित महिलालाई मङ्सिर ४ गते अपरिचित व्यक्तिले स्तन काटिदिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताउनुभयो । घाइते महिलालाई अचेत अवस्थामा देखेपछि स्थानीयले पति सुब्बा तामाङलाई…