स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा बस्दा सेवाग्राही समस्यामा
कोरोना(कोभिड–१९) सङ्क्रमणको आशंका भएको भन्दै स्वास्थ्यकर्मीको टोली नै क्वारेन्टाइनमा बसेपछि दैनिक स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ । षडानन्द नगरपालिकाका वडाका स्वास्थ्य चौकीमा सेवारत १७ जना स्वास्थ्यकर्मी नै सङ्क्रमणको जोखिम भएको भन्दै क्वारेन्टाइनमा बसेपछि स्वास्थ्य सेवाग्राहीलाई समस्या भएको छ । वैदेशिक रोजगारको शिलशिलामा कतारबाट घर फर्किएका षडानन्द नगरपालिका –१ नेपालेडाँडाका…
भोजपुरमा कोभिड विरूद्ध सर्तकता,विदेशबाट फर्किएका उच्च निगरानीमा
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) विरूद्ध भोजपुरमा सर्तकता अपनाइएको छ । विदेशबाट फर्किएकाहरूलाई विशेष निगरानीमा राखी कोरोना विरूद्धको सर्तकता उच्च बनाइएको छ । कोरोनाको जोखिम नियन्त्रणका लागि भोजपुरमा १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका र रामप्रसाद राई गाउँपालिकामा गरी क्वारेन्टाइनमा बस्नेको संख्या १२ जना पुगेको…
कुटपिट घटनाका आरोपित गिरफ्तार
पूर्वाधार विकास कार्यालय भोजपुरका इञ्जिनियर अमृत दहाल र मार्सेली निर्माण सेवा कम्पनीका ठेकेदार श्याम श्रेष्ठलाई कुटपिट गरेको आरोपमा प्रहरीले रामप्रसादराई गाँउपालिका–५ का वडाध्यक्ष वीरेन्द्र शाहीलाई चैत १३ गते गिरफ्तार गरेको छ । भोजपुर र मानेभञ्ज्याङ् जोड्ने मोटरेवल पुलको पिलर बनाउने क्रममा कार्यस्थलमा आएर वडाध्यक्षले चैत १३ गते कुटपिट गरेको पीडित…
प्रतिबन्धित नेकपाको विद्यार्थी नेता भएको आरोपमा गिरफ्तार
भोजपुर नगरपालिका–११ आम्तेकका १९ वर्षीय आत्मा राइलाई प्रहरीले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी नेता भएको आरोपमा फागुन २४ गते गिरफ्तार गरेको छ । प्रतिबन्धित पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) भोजपुर जिल्ला समिति सदस्य भएको आरोपमा पौवादुङमा गाउँपालिका –१ श्यामशिलाको एलम्बर चोकमा रहेको एक होटलबाट…
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
टेम्केमैयुम गाँउपालिका–१ का ३३ वर्षीय सुमित भनिने सुमत परियालाई प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा फागुन २१ गते गिरफ्तार गरेको छ । आरोपितलाई टेम्केमैयुम गाँउपालिका–६ स्थित घरबाट हतियारसहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरबहादुर सलामी मगरले बताउनुभयो । आरोपितको साथबाट बम बनाउन प्रयोग…
आशिंक प्राध्यापकहरूको आन्दोलनका कारण पठनपाठन प्रभावित
भोजपुर नरपालिका–७ डाँडागाँउस्थित भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत आशिंक प्राध्यापकहरूले करार नियुक्तिको माग गर्दै चरणवद्ध आन्दोलन गरेका कारण फागुन ११ गतेदेखि पठनपाठन प्रभावित भएको छ । क्याम्पसमा दरबन्दी रिक्त हुँदा समेत आंशिक प्राध्यापकलाई करारमा लैजान बेवास्ता गरेको भन्दै प्राध्यापकहरूले पठनपाठन ठप्प पारेका छन् । १५ जना आशिंक प्राध्यापक रहेको क्याम्पसमा फागुन…
जनप्रतिनिधि र कर्मचारीसहित १७ जनाको टोली भ्रमणमा जाँदा सेवाग्राही सेवाबाट वञ्चित
भोजपुर नगरपालिकाका मेयरसहित १७ जनाको टोली माग २६ गते भ्रमणमा हिँडेपछि दैनिक कामकाजमा समस्या भएको । मेयर कैलाशकुमार आले, उपप्रमुख ममीता राई, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढङ्गेल, लेखा प्रमुख सुरेन्द्रकुमार श्रेष्ठ, वडाध्यक्ष, प्राविधिक, गरी १७ जनाको टोली भ्रमण हिँडेपछि दैनिक कामकाजमा समस्या भएको भोजपुर नगरपालिका–७ का ६२ वर्षीय सेवाग्राही आङपासाङ…
८८ वर्षीय बाबुको हत्याका घटनाका आरोपित गिरफ्तार
भोजपुर नगरपालिका –११ आम्तेकका ८८ वर्षीय वृद्धा दलबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय छोरा हरिबहादुर राईलाई माघ १४ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले ५६ वर्षीया कान्छी आमा कर्णशोभा राईसँग मिलेर असोज २५ गते ८८ वर्षीय बाबुको हत्या गरेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरबहादुर…
अज्ञात पक्षद्वारा टावरमा आगजनी
पौवादुङमा गाउँपालिका – १ श्यामशिलामा रहेको एनसेल टावरमा अज्ञात पक्षले आगजनी गरेको छ । माघ १३ गते विहान ४ बजेको समयमा आगजनी भएकोे जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताउनु भयो । आगजनीबाट टावरमा क्षति पुगेको डिएसपी मगरले बताउनुभयो । घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।
अज्ञात पक्षद्धारा एनसेल टावरमा आगजनी
षडानन्द नगरपालिका – ४ मुलपानी र ८ नम्वर वडा तुगेछको सिमाना टावर डाँडा भन्ने ठाँउमा रहेको एनसेलको टावरमा आगजनी भएको छ । माघ १२ गते राति अज्ञात पक्षले आगजानी गरेको षडानन्द नगरपालिकाका नगर प्रहरी दोर्ण राईले बताउनु भयो । आगजनीबाट टावरमा क्षति पुगेको षडानन्द नगरपालिकाका मेयर वीरवल राईले बताउनु भयो…