कुटपिट घटनाका आरोपित गाउँपालिका अध्यक्षविरूद्ध प्रहरीमा उजुरी

साल्पासिलिछो गाउँपालिका–२ का ४४ वर्षीय वडा अध्यक्ष मानबहादुर खत्रीलाई सोही गाउँपालिकाका ४६ वर्षीय गाउँपालिका अध्यक्ष महेश राईले असोज ८ गते कुटपिट गरेको आरोपमा पीडितले प्रहरी चौकी कुलुङमा सोहि दिन उजुरी दिनु भएको छ । गाउँपालिकाको कार्यालयबाट कुलुङ फर्कने क्रममा राईले कुटपिट गरेको खत्रीले आरोप लगाउनु भएको छ । कुटपिटबाट आफूलाई सामान्य…

September 25, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–१ कुलुङका ८१ वर्षीय ज्येष्ठ नागरिक दीपबहादुर राईलाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

September 24, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आमचोक गाउँपालिका–९ का ५२ वर्षीय श्यामकुमार मगरलाई भदौ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…

September 9, 2021  
पत्नी हत्या घटनाका आरोपितद्वारा आत्महत्या

षडानन्द नगरपालिका–९ तालखर्ककी २८ वर्षीया पत्नी इन्द्रकला राईको भदौ ११ गते खुकुरी प्रहार गरी हत्या गरेका ४० वर्षीय पति वुद्धिमान राईले सोही दिन आत्महत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका क्रममा २८ वर्षीया पत्नीलाई भदौ ११ गते खुकुरी प्रहार गरेका हत्या गरेका आरोपितले सोही दिन झुण्डिएर आत्महत्या गरेको जिल्ला…

August 29, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–५ का १७ वर्षीय बालकलाई साउन ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा साउन ५ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…

July 23, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा  प्रहरीले आमचोक गाउँपालिका–९ दुम्मानाका ५२ वर्षीय श्यामकुमार मगरलाई साउन ५ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ३१ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

July 22, 2021  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व जिल्लामा अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार २९ गते सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा इन्सेक भोजपुरले सन् २०२१ को ६ महिनाको अवधिमा अभिलेखकरण गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका ४० ओटा घटनामाथि समीक्षा गरिएको छ ।…

July 13, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–१० भैँसीपङ्गखाका ३५ वर्षीय बाबुलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन वार्तामा बताउनु भयो । पीडित…

July 1, 2021  
देउरानीको कुटपिटबाट जेठानी घाइते, आरोपित गिरफ्तार

भोजपुर नगरपालिका–१२ टक्सार दाडेगौँडाकी ८४ वर्षीया लक्ष्मीमाया तामाङमालाई कुटपीट गरी घाइते बनाएको आरोपमा प्रहरीले ४४ वर्षीया देउरानी मीना तामाङलाई जेठ १० गते गिरफ्तार गरेको छ । देउरानीको कुटाइबाट तामाङको घाँटीको हड्डी तीन ठाउँमा भाँचिएको सवस्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बढाथोकीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । जेठ ९…

May 24, 2021  
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ का २४ वर्षीय सुमन सुन्दासलाई चैत २६ गते १० वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश गेहेन्द्रराज पन्तको चैत २६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १० वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार नवराज कार्कीले इन्सेक प्रतिनिधिसँगको…

April 9, 2021