काङ्ग्रेस कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि कुटपिट गरेको आरोप

भोजपुर नपा-४ का एमाले कार्यकर्ता २८ वर्षीय प्रदीप बस्नेतलाई सोही ठाउँका नेपाली काङ्ग्रेसका कार्यकर्ता ३० वर्षीय टङ्क पाण्डेले असार ९ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ । एमालेको चुनावी सभामा स्थानीय क्लबको सामान प्रयोग गरेको विषयमा विवाद बढेपछि काङ्ग्रेस कार्यकर्ता पाण्डेले एमाले कार्यकर्ता बस्नेतलाई कुटपिट गरेको बस्नेतले आरोप लगाए…

June 23, 2017  
निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा कम्यनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पौवादुङ गाउँपालिका-३ बाट असार ८ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा माओवादी कार्यकर्ताहरु हतुवागढी गाउँपालिका-३ का ३९ वर्षीय ज्ञानु राई र पौवादुङ-३ का २९ वर्षीय पविन राई रहेका छन् । प्रहरीले माओवादी कार्यकर्ताहरुले…

June 23, 2017  
एमाले कार्यकर्तामाथि माओवादी कार्यकर्ताद्धारा गोली प्रहार

भोजपुर नगरपालिका-१ हेलौछामा माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि गोली प्रहार भएको छ । वैशाख २८ गते साँझ एमाले कार्यकर्ता ३४ वर्षीया शारदा तामाङलाई नेकपा माओवादी केन्द्रका कार्यकर्ता ३८ वर्षीय एकिन्द्र भुजेलले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । घर नजिकै रहेको जङ्गलमा हिँडिरहेकी एमाले कार्यकर्ता तामाङलाई माओवादी कार्यकर्ताले गोली प्रहार गरेका…

May 12, 2017  
सामाजिक सञ्जालमार्फत हिंसा गरेको आरोपमा उजुरी

भोजपुर नपा-९ स्थित दावाँका १९ वर्षीया एक किशोरीले सोही ठेगाना भएका २४ वर्षीय गणेश खड्काविरूद्ध सामाजिक सञ्जालमार्फत अपशब्द बोलेर महिला हिंसा गरेको भन्दै ०७४ वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील शब्द र तस्वीरहरू म्यासेज गरेर पटकपटक मानसिक हिंसा गरेको भन्दै पीडितले कारवाहीको माग…

May 11, 2017  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भोजपुर नपा-११ आम्तेककी ३२ वर्षीया मुना मोक्तानलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति हर्क मोक्तानलाई चैत २० गते गिरफ्तार गरेको छ । चैत २० गते बिहान अबेरसम्म घरको ढोका नखुलेपछि छिमेकीले खोजी गर्दा हत्या भएको अवस्थामा स्थानीयबासीले मोक्तानको शव फेला पारेका थिए । उनीहरूले पछि जिल्ला…

April 2, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भोजपुर नपा-५ भगेरीका ३२ वर्षीय मुकेश सुवाललाई चैत ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ १ गते र फागुन ९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले चैत १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिलाको…

March 19, 2017  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा च्याङ्ग्रे गाविस ६ का ४५ वर्षीय राजकुमार श्रेष्ठविरुद्ध फागुन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । बजार जाँदा मोटरसाइकलमा लिफ्ट दिन्छु भन्दै गत माघ १५ गते बलत्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण स्वास्थ्य चौकी…

February 20, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नपा-७ का ४५ वर्षीय पूर्णबहादुर कार्की र भोजपुर नपा-८ का २५ वर्षीय देवबहादुर गजमेरलाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले फागुन १ गते मध्यरातमा बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा फागुन २ गते उजुरी दिएको थियो…

February 13, 2017  
सहयोगीका भरमा दुर्गमका स्वास्थ्य संस्था

दरबन्दीअनुसार स्वास्थ्यकर्मीको अभाव भएपछि भोजपुरका अधिकांश स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा सञ्चालनमा छन् । दुर्गममा स्वास्थ्यकर्मी बस्न नचाहने, बसेकाले एक वर्षछि घरपायक र सुविधासम्पन्न स्थानमा सरुवा गरेर जाने र सरकारले पदपूर्ति नगर्दा सेवा प्रवाहमा समस्या देखिएको छ । ६४ स्वास्थ्यचौकी, तीन प्राथमिक स्वास्थ्य केन्द्र र एउटा जिल्ला अस्पतालमा ५० प्रतिशत…

February 6, 2017  
मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरको आयोजनामा मङ्सिर २३ गते नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । पूर्व समीक्षा कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, मानव अधिकारकर्मी, पत्रकार र गैरसरकारी सङ्घसंस्थाहरूको प्रतिनिधि र सर्वसाधरणसहित २४…

December 8, 2016