नेकपाका कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि कुटपिट

टेम्केमैयुङ गाउँपालिका-४ का एमाले कार्यकर्ता २९ वर्षीय गङ्गाराज राईलाई नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सोही ठाउँका ३० वर्षीय सञ्जय राईले वैशाख ११ गते कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । कुटपीटपछि पीडित राईले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएका हुन् । सामान्य राजनीतिक विवाद हुँदा…

April 25, 2018  
हराएका शिक्षक मृत भेटिए

लामो समयदेखि हराएका रामप्रसाद गाउँपालिका-१ खेनास्थित जुनेली आधारभुत विद्यायका ३५ वर्षीय शिक्षक बोधराज खनाल फागुन ३ गते मृत अवस्थामा फेला परेका छन् ।   माघ २० गतेबाट हराएका शिक्षक भोजपुर नगरपालिका र रामप्रसाद गाउँपालिकाको सिमाना सिक्तेल खोलामा हत्या गरिएको अवस्थामा भेटिएको पीडितका काका कुमार खनालले बताए । खनालको टाउको र…

February 15, 2018  
अज्ञात समूहद्वारा क्रसर उद्योग र स्काभेटरमा आगजानी

अरुण गाउँपालिका-३ फेदीबजारमा रहेको क्रसर उद्योग र स्काभेटरमा अज्ञात समूहले माघ २९ गते आगजानी गरेको छ । धनकुटादेखि भोजपुर सदरमुकाम जोडने नारदमुनी थुलुङ राजमार्ग कालोपत्रेका लागि स्थापना गरिएको क्रसर उद्योग र उद्योगमा रहेको स्काभेटरमा आगजानी भएको हो । आगजानीबाट उद्योग र स्काभेटर जलेर पूर्ण रूपमा नष्ट भएको छ । घटनालगत्तै…

February 13, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-६ होम्ताङका १८ वर्षीय कृष्ण राईलाई माघ १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले राखेको यौन प्रस्ताव नमानेपछि माघ १४ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षले घटना भएकै दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…

January 29, 2018  
बम विष्फोटका कारण एमाले कार्यकर्ता गम्भिर घाइते

अज्ञात समूहले राखेको बम विष्फोट भएका कारण भोजपुरमा एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । युवा सङ्घ नेपाल भोजपुरका सचिवालय सदस्य तथा टेम्केमैयुङ गाउँपालिका-७ कोट गाउँ पार्टीका सचिव ३३ वर्षीय विक्रम राई बम विष्फोटनमा परी गम्भीर घाइते भएका हुन् । षडानन्द नगरपालिका दिङलाबाट चुनावीसभा सकेर मोटर साइकलबाट फर्कँदै गर्दा षडानन्द-१३…

November 18, 2017  
चुनाव प्रचारमा रहेका एमाले नेता शेरधन राई चढेको गाडीमा बम प्रहार

पूर्व सूचना तथा सञ्चार मन्त्री तथा भोजपुर प्रदेश नम्बर ख का उम्मेदवार शेरधन राई चढेको बा १५ ज ५६०८ नम्बरको ल्याण्डलोभर गाडीमा बम प्रहार भएको छ । उनी नेकपा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य समेत हुन् । भोजपुर सदरमुकामबाट टेम्केमैयुङ गाउँपालिका-८ स्थित गोगनेको चुनावी सभामा जाँदै गर्दा पौने १० बजेको समयमा…

November 14, 2017  
नेपाल कम्युनिष्ट पार्टीद्वारा उम्मेदवारको घर कब्जा

नेपाली काङ्ग्रेसका प्रदेश सभा सदस्यका उम्मेदवार गोविन्दबहादुर कार्कीको घर कात्तिक १७ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको 'नेपाल कम्युनिष्ट पार्टी भोजपुरले कब्जा गरेको जनाएको छ । पार्टीले विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता गर्न अनुरोध गरेकोमा बेवास्ता गरेको भन्दै भोजपुर नगरपालिका-१२ टक्सारस्थित रहेको कार्कीको घर कब्जा गरेको जनाएको छ । जिल्ला प्रहरी…

November 3, 2017  
बलात्कारपछि हत्याको प्रयास घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया एक बालिकालाई बलत्कारपछि हत्या गर्न खोजेको आरोपमा प्रहरीले आम्चोक गाउँपालिका-९ स्थित दुम्मानाका २१ वर्षीय सन्तोष श्रेष्ठलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडित परिवारका अनुसार पीडित बालिकालाई आरोपितले कात्तिक ११ गते बलात्कार पश्चात आँखा निकाली हत्याको प्रयास गरेका थिए । घटना पश्चात अचेत अवस्थामा बालिकालाई स्थानीयले भेटेपछि…

October 30, 2017  
नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-२, घोडेटारका २८ वर्षीय कृष्ण राई र सोही ठाउँकी २६ वर्षीया रमिता राईलाई भदौ ३ गते गिरफ्तार गरेको छ । जिल्ला अस्पताल भोजपुरमा पोष्टमार्टम नहुने भएपछि भदौ ३ गते नै शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । पोष्टमार्टम…

August 19, 2017  
बलात्कार घटनाका आरोपित आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका-७ केउरेनीपानीका ३२ वर्षीय मेघराज श्रेष्ठलाई साउन २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १४ गते बलात्कार गरेको घटनामा षडानन्दा नगरपालिकाका मेयर विरवल राईसहित बसेर ६० हजार रुपियाँ पीडित बालिकालाई दिएर गाउँमै मिलाइएको बताइएको छ । सुरुमा बलात्कार गरेको…

August 5, 2017