जिल्ला अदालत परिसरबाटै बिक पुनः गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई भोजपुर जिल्ला अदालतले भदौ २० गते धरौटीमा रिहा गरे लगत्तै प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको छ । न्यायाधीश हरिषचन्द्र इङ्गनामको इजलासले ६० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि धरौटी बुझाएर अदालतबाट निस्कने क्रममा भोजपुर प्रहरीले गिरफ्तार गरेको…

September 6, 2018  
बलात्कार गरेको कसुरमा जन्मकैदको फैसला

६२ वर्षीया आमालाई बलात्कार गरेको कसुरमा २७ वर्षीय छोरालाई जिल्ला अदालतले भदौ १८ गते जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले आरोपितलाई जन्मकैदको सजाय सुनाएको अदालतका सूचना अधिकारी मणि पोख्रेलले बताए । पीडित महिलालाई आरोपितले ०७५ असार ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार ११ गते…

September 3, 2018  
एघार वर्षीया बालिका मृत फेला, एक गिरफ्तार

एघार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा साल्पासिलिछो गाउँपालिका-५ सालेवाका २० वर्षीय सञ्जय राईलाई प्रहरीले भदौ १२ गते गिरफ्तार गरेको छ । भदौ ११ गते खाना खाएर नाताले मामा पर्ने आरोपितसँग मोबाइलमा फिल्म हेर्छु भन्दै सुतेकी बालिका १२ गते बिहान मृत अवस्थामा फेला परेकी हुन् । मृत्युको प्रकृति हेर्दा बलात्कारपछि…

August 29, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा षडानन्द नपा-१२ देउरालीका ३० वर्षीया भवानी कट्टेललाई प्रहरीले जेठ २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय भोजपुरमा जेठ १८ गते उजुरी दिएको थियो । उजुरीपछि फरार आरोपितलाई घरनजिकैबाट देउराली प्रहरी चौकीका…

June 9, 2018  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

साल्पासिलिछो गाउँपालिका-३ चौकीडाँडाकी ४० वर्षीया मेनुका राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति हर्कबहादुर राईलाई जेठ २१ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरी हर्कबहादुरले पत्नीलाई जेठ २० गते कुटपिट गर्दा मेनुकाको मृत्यु भएको थियो । मेनुकाको मृत्यु भएपछि स्थानीयले कुलुङ प्रहरी चौकीमा खबर गरेको…

June 4, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नपा-१२ टक्सार आयुर्वेद औषाधलय कोटडाँडामा कार्यरत ४५ वर्षीय शङ्कर साहलाई जेठ १ गते गिरफ्तार गरेको छ । आयुर्वेद औषधालयमा उपचार गर्न आएकी बालिकालाई आरोपितले वैशाख ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि…

May 15, 2018  
आफन्तजनको कुटपिटबाट एक महिलाको मृत्यु

टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुका ५८ वर्षीया विद्याकुमारी राईलाई सोही ठेगानाका ५४ वर्षीय नन्दे भाइ प्रमेश राईले कुटपिट गरी वैशाख २४ गते हत्या गरेका छन् । सामान्य घरायसी विवादका कारण विद्याकुमारीलाई प्रमेशले निर्घात कुटपिट गरेको पीडित पक्षको आरोप छ । कुटपीटबाट विद्याकुमारीको टाउकोमा गम्भीर चोट लागेको थियो । प्रमेशको निर्घात कुटपिटबाट घाइते…

May 8, 2018  
पर्याप्त कर्मचारी नहुँदा स्थानीय सरकारको काममा समस्या

स्थानीय सरकार बनेको नौ महिना बितिसक्दा पनि विकास निर्माणका काम र योजना भने कछुवाको गतिमा सीमित रहेको स्थानीयले आरोप लगाएका छन् । जिल्लाका कतिपय गाउँपालिकामा अहिले कर्मचारी अभावका कारण योजना तथा कार्यक्रमहरू अगाडि बढ्न सकेका छैनन् । कर्मचारी समायोजन प्रक्रिया खुकुलो बनेका कारण दरबन्दी अनुसार कर्मचारी नपुग्नुमा मन्त्रालय, प्रशासनको कमजोरीका…

April 28, 2018  
गाउँपालिकाको स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

भोजपुरको टेम्के मैयुङ गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधि अभाव देखिएको छ । अतिआवश्यक औषधिहरू समयमा खरिद हुन नसक्दा औषधि अभाव देखिएको हो । गाउँपालिका भित्रका नौ वटै वडाका स्वास्थ्यचौकीमा अत्यावश्यक औषधि नभएपछि सेवाग्राही मारमा परेका छन् । गर्मीयाममा बढी जसो झाडापखालाका बिरामी आउने गरेको भएपनि औषधि नभएपछि सदरमुकामलगायत ठुला सुविधा…

April 26, 2018  
शिक्षकमाथि कुटपिट, आरोपितलाई कारबाहीको माग

शिक्षकलाई गाली बेइज्जती गर्दै कुटपिट गर्ने व्यापारीलाई कारबाहीको माग नेपाल शिक्षक महासङ्घ भोजपुरले गरेको छ । शिक्षक महासङ्घ भोजपुरले वैशाख ११ विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनसँग शिक्षक कुटपिट गर्ने व्यापारीलाई कारबाहीको माग राखेको हो । पौवादुङ्मा गाउँपालिका च्याङ्गे्रस्थित पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार राईलाई वैशाख १० गते भोजपुर नपा-७ का…

April 25, 2018