बाढी पहिरोमा परी दुई जना स्वास्थ्यकर्मी बेपत्ता, खोजी कार्य जारी
मिक्लाजुङ गाउँपालिका–५ कुरूम्बामा बिरामीको उपचारका लागि जाने क्रममा दुई जना स्वास्थ्यकर्मी कात्तिक २ गते बाढी पहिरोमा परी बेपत्ता भएको साता बितेपनि उनीहरूको अवस्था सार्वजनिक हुन नसकेको पीडित परिवारले जनाएको छ । इलाम जिल्लाको माङसेबुङ गाँउपालिका–२ का ४३ वर्षीय सुमन राई र इलाम नगरपालिका–२ का ४७ वर्षीय ठाकुरप्रसाद याक्खा बिरामीको उपचारका…
उपचारमा लापरबाही गरेको आरोपमा जिल्ला अस्पतालमा तोडफोड, अस्पतालद्वारा आकस्मिक बाहेकका सेवा बन्द
फालेलुङ गाँउपालिका–८ की तीन वर्षीया बालिका क्रिष्टिना थाम्सुहाङको उपचारमा लापरबाही गरेका कारण असोज २० गते मृत्यु भएको आरोपमा पीडित पक्षले जिल्ला अस्पताल तोडफोड गरेको छ । अस्पताल तोडफोड गरिएपछि अस्पताल प्रशासनले असोज २१ गते विज्ञप्ति जारी गर्दै अस्पतालबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै प्रकारका सेवा बन्द गरेको छ । चिकित्सकले…
शारिरीक अपाङ्गता तथा मनोसामाजिक समस्या भएका बालकको उद्दारका लागि इन्सेकको पहल
शारिरीक तथा मनोसामाजिक समस्या भएका फिदिम नगरपालिका–८ का ११ वर्षीय बालक किरण मगरको उद्दारका लागि इन्सेकले पहल सुरू गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकेपछि परिवारले खोरमा राखेर हेरविचार गर्दै आएका बालकको असार २६ गते इन्सेक प्रतिनिधिले अनुगमन गरी उद्दारको पहल गर्नु भएको छ । बालकको…
खोरमा राखिएका बालकको इन्सेकको पहलमा उद्दार
शारीरिक अपाङ्गता भएका हिलिहाङ गाउँपालिका–६ का १२ वर्षीय बालक सुशन थोक्लिहाङको इन्सेक पाँचथर प्रतिनिधिको पहलमा असार १० गते उद्दार गरिएको छ । शारीरीक अपाङ्गता तथा मनोसामाजिक समस्या भएका बालकलाई आठ वर्षदेखि खोरमा थुनेर राखिएको थियो । जेठ पहिलो साता बालकको अवस्थाका बारेमा इन्सेकले स्थलगत अनुगमन गरी अन्य सङ्घ संस्थाको समन्वयमा …
अज्ञात पक्षद्वारा स्काभेटरमा तोडफोड
फिदिम नगरपालिका–६ स्थित साम्दिन–नवमीडाँडा सडक खण्डको शिवामा पार्किङ गरेर राखिएको स्काभेटरमा अज्ञात पक्षले जेठ २७ गते तोडफोड गरेको प्रहरीले जनाएको छ । पार्किङमा राखिएको स्काभेटरमा रातको समयमा तोडफोड भएको स्वच्छन्द कन्काइ जेभी कम्पनीका व्यवस्थापक डीबी लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । तोडफोडबाट स्काभेटरको अगाडिको भागमा क्षति पुगेको छ…
कांग्रेस कार्यकर्तालाई माओवादी नेता र प्रहरीद्वारा कुटपिट भएको पीडित पक्षको आरोप
सामान्य विवादमा फिदिम नपा–१२ का नेपाली कांग्रेसका कार्यकर्ता २५ वर्षीय मनबहादुर न्यौपानेलाई जेठ ८ गते नेकपा माओवादी केन्द्रको वडा कमिटीका अध्यक्ष मनुकमार राई र प्रहरी चौकी नाङ्गिनका सई गणेशप्रसाद लुईटेलले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । रातको समयमा राईले कुटपिट गरेको र घटनापछि आइपुगेका सई लुईटेलले समेत कुटपिट…
बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–७ का २३ वर्षीय सन्त भनिने सन्तहाङ लिम्बूलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको वैशाख १३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी चित्रखर अधिकारीले बताउनु भयो । अदालको फैसला…
बलात्कार गरेको कसुरमा नौ वर्ष ६ महिना कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुम्बेवा गाउँपालिका–४ का ४९ वर्षीय रमेश भनिने पुर्खमान शेर्मालाई नौ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको वैशाख १३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी चित्रखर अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका–१ का ५५ वर्षीय कुलराज सुब्बा लिम्बूलाई भदौ २४ गते गिरफ्तार गरेको छ । आरोपितले भदौ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ गाउँपालिका –४ का ५० वर्षीय सरदकुमार राईलाई भदौ ७ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित युवतीलाई भदौ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…