मौलिक हक कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
संविधानमा उल्लेख भएका मौलिकहरूको कार्यान्वयन गर्न माग गर्दै नेपाल उत्पीडित जातीय मुक्ति समाज पाँचथरले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई माघ ३ गते ज्ञापनपत्र पठाएको छ । संविधानमा व्यवस्था गरिएका दलित समुदायसँग सम्बन्धीत मौलिक हकहरूको कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्र पठाएको नेपाल उत्पीडित जातीय मुक्ति समाज पाँचथरका…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
फाल्गुनन्द गाउँपालिका‒२ इम्बुङकी ४५ वर्षीया जीवनकुमारी नेम्वाङको हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीय पति इन्द्रकुमार नेम्वाङलाई पुस ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरायसी विवादका क्रममा पुस ९ गते लोहोरो प्रहार गरी घाइते बनाएको र पीडितको उपचारका क्रममा मृत्यु भएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालिका कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता
फिदिम नगरपालिका‒२ की ११ वर्षीया बालिका इभा लामालाई कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबु विजय लामालाई पुस ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पैसा चोरी गरेको आरोपमा पुस ९ गते बाँसको भाटाले कुटपिट गरी देब्रे गोडाको हड्डी फुटाइ दिएको पूर्व इन्सेक प्रतिनिधि मङ्गल वेघाले बताउनु भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
शारीरिक अपाङ्गता भएकी २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फालेलुङ गाँउपालिका‒१ एकतिनका ३५ वर्षीय इन्द्र आङ्बोलाई पुस ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…
बालबिवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१५ वर्षीया बालिकालाई बालबिवाह गरेको आरोपमा पीडित पक्षले फिदिम नगरपालिका‒६ का १८ वर्षीय मिक्सेन भनिने फुलचन तुम्रोकविरूद्ध मङ्सिर १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले प्रलोभनमा पारी मङ्सिर ८ गते बालबिवाह गरेको पीडित बालिकाका बाबु गौरीप्रसाद तुम्बापोले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । आरोपितविरूद्ध…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका‒५ चोकमागुका ६८ वर्षीय लालबहादुर तामाङलाई मङ्सिर ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ असोज २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हिलिहाङ गाँउपालिका–५ का ४५ वर्षीय नन्दकुमार पदालुङलाई कात्तिक २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै फरार…
बाढी पहिरोमा परी दुई जना स्वास्थ्यकर्मी बेपत्ता, खोजी कार्य जारी
मिक्लाजुङ गाउँपालिका–५ कुरूम्बामा बिरामीको उपचारका लागि जाने क्रममा दुई जना स्वास्थ्यकर्मी कात्तिक २ गते बाढी पहिरोमा परी बेपत्ता भएको साता बितेपनि उनीहरूको अवस्था सार्वजनिक हुन नसकेको पीडित परिवारले जनाएको छ । इलाम जिल्लाको माङसेबुङ गाँउपालिका–२ का ४३ वर्षीय सुमन राई र इलाम नगरपालिका–२ का ४७ वर्षीय ठाकुरप्रसाद याक्खा बिरामीको उपचारका…
उपचारमा लापरबाही गरेको आरोपमा जिल्ला अस्पतालमा तोडफोड, अस्पतालद्वारा आकस्मिक बाहेकका सेवा बन्द
फालेलुङ गाँउपालिका–८ की तीन वर्षीया बालिका क्रिष्टिना थाम्सुहाङको उपचारमा लापरबाही गरेका कारण असोज २० गते मृत्यु भएको आरोपमा पीडित पक्षले जिल्ला अस्पताल तोडफोड गरेको छ । अस्पताल तोडफोड गरिएपछि अस्पताल प्रशासनले असोज २१ गते विज्ञप्ति जारी गर्दै अस्पतालबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै प्रकारका सेवा बन्द गरेको छ । चिकित्सकले…
शारिरीक अपाङ्गता तथा मनोसामाजिक समस्या भएका बालकको उद्दारका लागि इन्सेकको पहल
शारिरीक तथा मनोसामाजिक समस्या भएका फिदिम नगरपालिका–८ का ११ वर्षीय बालक किरण मगरको उद्दारका लागि इन्सेकले पहल सुरू गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकेपछि परिवारले खोरमा राखेर हेरविचार गर्दै आएका बालकको असार २६ गते इन्सेक प्रतिनिधिले अनुगमन गरी उद्दारको पहल गर्नु भएको छ । बालकको…