बालक मृत्यु घटनामा प्रहरीद्वारा तीन जनाविरूद्ध उजुरी दर्ता

ज्याभ्लिङ थ्रो खेलको अभ्यासका क्रममा घाइते भएका फालेलुङ गाउँपालिका–२ का १० वर्षीय अनुस राईको उपचारको क्रममा फागुन १६ गते मृत्यु भएपछि प्रहरीले तीन जनाविरूद्ध उजुरी दर्ता गरेको छ । प्रहरीले फालेलुङ गाउँपालिका–२ स्थित सिद्धकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक फालेलुङ गाउँपालिका–२ का ५६ वर्षीय वीरेन्द्र खत्री, खेल शिक्षक सोही ठाउँका ४३ वर्षीय…

March 4, 2022  
कैदीबन्दीको मानव अधिकारप्रति सजग छौँ : कानून मन्त्री कार्की

प्रदेश १, सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कारागारभित्र रहेका कैदीबन्दीको मानव अधिकारप्रति प्रदेश सरकार सजग रहेको बताउनु भएको छ । फागुन ९ गते आन्तरिक मामिला तथा कानून मन्त्रालयले जिल्ला कारागारमा आयोजना गरेको कारागारभित्र मानव अधिकार प्रवर्धन तथा कानूनी सचेतना कार्यक्रममा मन्त्री कार्कीले कारागारभित्र रहेका कैदीबन्दीको मानव अधिकार रक्षाका…

February 22, 2022  
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हिलिहाङ गाउँपालिका–६ भारपा २५ वर्षीय केन्द्र युवालाई १३ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको माघ २४ गतेको इजालसले कसुर ठहर गर्दै १३ वर्ष कैद सजायसँगै ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको अदालका श्रेस्तेदार विश्वजङ्ग सिजापतीले इन्सेक प्रतिनिधिसँगको फोन…

February 8, 2022  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया पत्नीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फालेलुङ गाउँपालिका–८ याङनामका ६० वर्षीय पतिलाई माघ ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

January 25, 2022  
मौलिक हक कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

संविधानमा उल्लेख भएका मौलिकहरूको कार्यान्वयन गर्न माग गर्दै नेपाल उत्पीडित जातीय मुक्ति समाज पाँचथरले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई माघ ३ गते ज्ञापनपत्र पठाएको छ । संविधानमा व्यवस्था गरिएका दलित समुदायसँग सम्बन्धीत मौलिक हकहरूको कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्र पठाएको नेपाल उत्पीडित जातीय मुक्ति समाज पाँचथरका…

January 17, 2022  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

फाल्गुनन्द गाउँपालिका‒२ इम्बुङकी ४५ वर्षीया जीवनकुमारी नेम्वाङको हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीय पति इन्द्रकुमार नेम्वाङलाई पुस ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरायसी विवादका क्रममा पुस ९ गते लोहोरो प्रहार गरी घाइते बनाएको र पीडितको उपचारका क्रममा मृत्यु भएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका…

December 27, 2021  
बालिका कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

फिदिम नगरपालिका‒२ की ११ वर्षीया बालिका इभा लामालाई कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबु विजय लामालाई पुस ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पैसा चोरी गरेको आरोपमा पुस ९ गते बाँसको भाटाले कुटपिट गरी देब्रे गोडाको हड्डी फुटाइ दिएको पूर्व इन्सेक प्रतिनिधि मङ्गल वेघाले बताउनु भयो…

December 26, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

शारीरिक अपाङ्गता भएकी २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फालेलुङ गाँउपालिका‒१ एकतिनका ३५ वर्षीय इन्द्र  आङ्बोलाई पुस ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

December 20, 2021  
बालबिवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बालबिवाह गरेको आरोपमा पीडित पक्षले फिदिम नगरपालिका‒६ का १८ वर्षीय मिक्सेन भनिने फुलचन तुम्रोकविरूद्ध मङ्सिर १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले प्रलोभनमा पारी मङ्सिर ८ गते बालबिवाह गरेको पीडित बालिकाका बाबु गौरीप्रसाद तुम्बापोले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । आरोपितविरूद्ध…

December 1, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका‒५ चोकमागुका ६८ वर्षीय लालबहादुर तामाङलाई मङ्सिर ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ असोज २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…

November 20, 2021