नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरी फालेको आरोपमा पुस २६ गते सिदिन गाविस-४ का २१ वर्षीया रमिला राई र फिदिम नपा-१ का २८ वर्षीय केवल लिम्बूलाई प्रहरीले गिरफ्तार गरेको छ । सिदिन गाविस-४ स्थित जङ्गलमा पुस २४ गते नवजात शिशुलाई मृत अवस्थामा फेला पारिएको भन्दै स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । मृतक…

२०७३ पुष २७, बुधबार २०:०७ गते  
पत्रकार दुर्व्यवहार घटनामा मिलापत्र

गाउँले मासिकका प्रधान सम्पादक ३० वर्षीय भद्रगोल किराती भनिने मनोज कुमार राईमाथि मङ्सिर २७ गते फिदिम बजारमा प्रेमवाद अनुयायीहरूले दुर्व्यवहार गरेको घटनामा प्रहरीले मिलापत्र गराएको छ । सोताङ गाविस-४ सोलुखुम्बु जिल्ला स्थायी ठेगाना भएका किराती अहिले काठमाडौँ बसेर पत्रकारिता गर्छन् । नेपाल पत्रकार महासङ्घका साधारण सदस्य रहेका किरातीले फिदिम नपा-१…

२०७३ मंसिर २८, मंगलवार १४:४५ गते  
वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरू प्रकाशन पूर्व समीक्षा तथा मानव अधिकारको अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर २४ गते फिदिममा सम्पन्न भएको  छ । हुकोडेक नेपालको सहकार्यमा इन्सेक पाँचथरद्वारा आयोजना गरिएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मङ्गल बेघाले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा महिला अधिकारका १७, बाल अधिकारका १३…

२०७३ मंसिर २४, शुक्रबार १३:५६ गते  
बालिका बलात्कार घटनाका आरोपित विरुद्ध मुद्दा दर्ता

एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मङ्सिर २१ गते याङनाम गाविस-६ का २२ वर्षीय बुद्धि केरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितले भदौ १४ गते आफू बाटोमा एक्लै भएको बेला ललाई-फकाई बलात्कार गरेको भनि आरोपित विरुद्ध उजुरी दिएकी हुन् । पीडित पक्षको उजुरी पश्चात आरोपितलाई…

२०७३ मंसिर २३, बिहीबार ०४:३६ गते  
बहुविवाह घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

अमरपुर गाविस–५ की २८ वर्षीया कुसुम तामाङले ३० वर्षीय पति पोख्रेल थिङ र सोही गाविस–४ की ३१ वर्षीया शान्ता भनिने विष्णुमाया योङहाङविरुद्ध बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा ०७३ कात्तिक ८ गते उजुरी दिएकी छन् । पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा आरोपितहरूले असोज २९ गते बहुविवाह गरेको उल्लेख छ ।…

२०७३ कार्तिक ९, मंगलवार १०:२८ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुम्फाबुङ गाविस-८ का ३२ वर्षीय मेहरमान सम्बाहाम्फे विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा कात्तिक ८ गते उजुरी दर्ता गरिएको छ । पीडित महिलालाई आरोपितले कात्तिक ६ गते बलात्कार गरेको आरोपमा कात्तिक ७ गते दिएको उजुरी कात्तिक ८ गते दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णुबहादुर…

२०७३ कार्तिक ९, मंगलवार ०८:२४ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

एक ४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा असोज ३० गते नवमीडाँडा गाविस-५ का ५३ वर्षीय गणेश लिम्बूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । पीडित महिला बिरामी भएको बेला झारफुक गर्ने बहानामा असोज २६ गते आरोपितले बलात्कार गरेको पीडितले आरोप लगाइन् । पीडित महिलाको उजुरीका आधारमा असोज २८ गते…

२०७३ आश्विन ३०, आईतवार १४:२० गते  
चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा जेठाजु गिरफ्तार

सिदिन गाविस-९ की २५ वर्षीया सङ्गीता राई मगरलाई चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा असोज २८ गते उनका ४० वर्षीय जेठाजु दिपेन्द्र मगरलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २८ गते टाउकोमा चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरी चौकी सिदिनमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…

२०७३ आश्विन २९, शनिबार १४:५५ गते  
इन्सेकको पहलमा दैवी प्रकोप पीडितलाई सहयोग प्रदान

इन्सेक पाँचथरको पहलमा दैवी प्रकोपमा परेका ३३ जनालाई असोज २१ गते २ लाख ४४ हजार रुपियाँ सहयोग प्रदान गरिएको छ । फाक्तेप गाविस-१ स्थायी ठेगाना भई हाल दक्षिण कोरियामा कार्यरत भीमराज चेम्जोङको संयोजनमा १ सय नौ जना नेपालीहरूवाट सङ्कलित उक्त रकम २०७२/०७३ मा आगलागीबाट पीडित भएका परिवारका सदस्यलाई प्रदान गरिएको…

२०७३ आश्विन २१, शुक्रबार ०६:३० गते  
क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी हुँदा कारागारमा समस्या

जिल्ला कारागारमा क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जना क्षमता भएको ‘ङ’ श्रेणीको कारागारमा १ सय २९ जना कैदीबन्दी र तीन जना आश्रित बालबालिका रहेका छन् । जसमध्ये १२ जना महिला र १ सय १४ जना पुरुष रहेका छन् ।…

२०७३ भाद्र ३१, शुक्रबार १०:२८ गते