बालिका बलात्कार घटनाका आरोपित विरुद्ध मुद्दा दर्ता
एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मङ्सिर २१ गते याङनाम गाविस-६ का २२ वर्षीय बुद्धि केरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितले भदौ १४ गते आफू बाटोमा एक्लै भएको बेला ललाई-फकाई बलात्कार गरेको भनि आरोपित विरुद्ध उजुरी दिएकी हुन् । पीडित पक्षको उजुरी पश्चात आरोपितलाई…
बहुविवाह घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
अमरपुर गाविस–५ की २८ वर्षीया कुसुम तामाङले ३० वर्षीय पति पोख्रेल थिङ र सोही गाविस–४ की ३१ वर्षीया शान्ता भनिने विष्णुमाया योङहाङविरुद्ध बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा ०७३ कात्तिक ८ गते उजुरी दिएकी छन् । पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा आरोपितहरूले असोज २९ गते बहुविवाह गरेको उल्लेख छ ।…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुम्फाबुङ गाविस-८ का ३२ वर्षीय मेहरमान सम्बाहाम्फे विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा कात्तिक ८ गते उजुरी दर्ता गरिएको छ । पीडित महिलालाई आरोपितले कात्तिक ६ गते बलात्कार गरेको आरोपमा कात्तिक ७ गते दिएको उजुरी कात्तिक ८ गते दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णुबहादुर…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
एक ४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा असोज ३० गते नवमीडाँडा गाविस-५ का ५३ वर्षीय गणेश लिम्बूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । पीडित महिला बिरामी भएको बेला झारफुक गर्ने बहानामा असोज २६ गते आरोपितले बलात्कार गरेको पीडितले आरोप लगाइन् । पीडित महिलाको उजुरीका आधारमा असोज २८ गते…
चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा जेठाजु गिरफ्तार
सिदिन गाविस-९ की २५ वर्षीया सङ्गीता राई मगरलाई चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा असोज २८ गते उनका ४० वर्षीय जेठाजु दिपेन्द्र मगरलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २८ गते टाउकोमा चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरी चौकी सिदिनमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…
इन्सेकको पहलमा दैवी प्रकोप पीडितलाई सहयोग प्रदान
इन्सेक पाँचथरको पहलमा दैवी प्रकोपमा परेका ३३ जनालाई असोज २१ गते २ लाख ४४ हजार रुपियाँ सहयोग प्रदान गरिएको छ । फाक्तेप गाविस-१ स्थायी ठेगाना भई हाल दक्षिण कोरियामा कार्यरत भीमराज चेम्जोङको संयोजनमा १ सय नौ जना नेपालीहरूवाट सङ्कलित उक्त रकम २०७२/०७३ मा आगलागीबाट पीडित भएका परिवारका सदस्यलाई प्रदान गरिएको…
क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी हुँदा कारागारमा समस्या
जिल्ला कारागारमा क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जना क्षमता भएको ‘ङ’ श्रेणीको कारागारमा १ सय २९ जना कैदीबन्दी र तीन जना आश्रित बालबालिका रहेका छन् । जसमध्ये १२ जना महिला र १ सय १४ जना पुरुष रहेका छन् ।…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरको आरोपमा प्रहरीले फिदिम नपा-७ का २९ वर्षीय सञ्जिव तुम्बापोलाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले दिएको सूचनाका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णप्रसाद कोइरालले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा उपचार जिल्ला अस्पताल पाँचथरमा साउन २७ गते…