बहुविवाह घटनाका आरोपितद्वय गिरफ्तार
बहुविवाह गरेको आरोपमा पुस २९ गते रानीटार गाविस-१ का ३३ वर्षीय रोदनकुमार लिम्बू र सोही ठाउँकी सविता नेम्वाङ लिम्बूलाई प्रहरीले गिरफ्तार गरेको छ । ३१ वर्षीया आँशु योङहाङ लिम्बूले आरोपितद्वय विरुद्ध पुस २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितले दिएको उजुरीका आधारमा आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी…
द्वन्द्वपीडितले धितो राखेको नागरिकता फिर्ता पाएनन्
द्वन्द्वकालीन समयमा जिविसको कार्यालयमा नागरिकता धितो राखी ऋण लिएका द्वन्द्वपीडितहरूले शान्ति प्रक्रिया सुरू भएको एक दशक बित्दा समेत फिर्ता पाएका छैनन् । यसरी आफ्नो सक्कलै नागरिकता जिविसमा थुनिँदा कार्यालय तथा अन्य काम गर्न असहज भएको द्वन्द्वपीडितहरूले गुनासो गरेका छन् । द्वन्द्वकालीन अवस्थामा राज्यले द्वन्द्व समाधान तथा अग्रगमन कार्यक्रम सञ्चालन गरेको …
नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार
नवजात शिशुको हत्या गरी फालेको आरोपमा पुस २६ गते सिदिन गाविस-४ का २१ वर्षीया रमिला राई र फिदिम नपा-१ का २८ वर्षीय केवल लिम्बूलाई प्रहरीले गिरफ्तार गरेको छ । सिदिन गाविस-४ स्थित जङ्गलमा पुस २४ गते नवजात शिशुलाई मृत अवस्थामा फेला पारिएको भन्दै स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । मृतक…
पत्रकार दुर्व्यवहार घटनामा मिलापत्र
गाउँले मासिकका प्रधान सम्पादक ३० वर्षीय भद्रगोल किराती भनिने मनोज कुमार राईमाथि मङ्सिर २७ गते फिदिम बजारमा प्रेमवाद अनुयायीहरूले दुर्व्यवहार गरेको घटनामा प्रहरीले मिलापत्र गराएको छ । सोताङ गाविस-४ सोलुखुम्बु जिल्ला स्थायी ठेगाना भएका किराती अहिले काठमाडौँ बसेर पत्रकारिता गर्छन् । नेपाल पत्रकार महासङ्घका साधारण सदस्य रहेका किरातीले फिदिम नपा-१…
वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरू प्रकाशन पूर्व समीक्षा तथा मानव अधिकारको अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर २४ गते फिदिममा सम्पन्न भएको छ । हुकोडेक नेपालको सहकार्यमा इन्सेक पाँचथरद्वारा आयोजना गरिएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मङ्गल बेघाले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा महिला अधिकारका १७, बाल अधिकारका १३…
बालिका बलात्कार घटनाका आरोपित विरुद्ध मुद्दा दर्ता
एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मङ्सिर २१ गते याङनाम गाविस-६ का २२ वर्षीय बुद्धि केरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितले भदौ १४ गते आफू बाटोमा एक्लै भएको बेला ललाई-फकाई बलात्कार गरेको भनि आरोपित विरुद्ध उजुरी दिएकी हुन् । पीडित पक्षको उजुरी पश्चात आरोपितलाई…
बहुविवाह घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
अमरपुर गाविस–५ की २८ वर्षीया कुसुम तामाङले ३० वर्षीय पति पोख्रेल थिङ र सोही गाविस–४ की ३१ वर्षीया शान्ता भनिने विष्णुमाया योङहाङविरुद्ध बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा ०७३ कात्तिक ८ गते उजुरी दिएकी छन् । पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा आरोपितहरूले असोज २९ गते बहुविवाह गरेको उल्लेख छ ।…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुम्फाबुङ गाविस-८ का ३२ वर्षीय मेहरमान सम्बाहाम्फे विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा कात्तिक ८ गते उजुरी दर्ता गरिएको छ । पीडित महिलालाई आरोपितले कात्तिक ६ गते बलात्कार गरेको आरोपमा कात्तिक ७ गते दिएको उजुरी कात्तिक ८ गते दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णुबहादुर…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
एक ४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा असोज ३० गते नवमीडाँडा गाविस-५ का ५३ वर्षीय गणेश लिम्बूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । पीडित महिला बिरामी भएको बेला झारफुक गर्ने बहानामा असोज २६ गते आरोपितले बलात्कार गरेको पीडितले आरोप लगाइन् । पीडित महिलाको उजुरीका आधारमा असोज २८ गते…
चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा जेठाजु गिरफ्तार
सिदिन गाविस-९ की २५ वर्षीया सङ्गीता राई मगरलाई चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा असोज २८ गते उनका ४० वर्षीय जेठाजु दिपेन्द्र मगरलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २८ गते टाउकोमा चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरी चौकी सिदिनमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…