विष्फोटबाट दुई जना बालक घाइते

हिल्लिहाङ गाउँपालिका-७ स्थित जङ्गलको ओडारमा वैशाख ४ गते विष्फोटक पदार्थ विष्फोट हुँदा स्थानीय १५ वर्षीया लक्ष्मी राई र १७ वर्षीय सुजन राई घाइते भएका छन् । बाख्रा चराउन गएको बेला ओडारमा आगो बालेपछि उक्त विष्फोटक पदार्थ विष्फोट भई उनीहरू घाइते भएका हुन् । पेट र गोडामा चोट लागेका घाइतेद्वयको वैशाख…

April 18, 2017  
सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पीडितको प्रश्न-'आयोग कता बेपत्ता ?'

द्वन्द्वकालीन घटनाहरूलाई निरूपण गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोगसमक्ष द्वन्द्वपीडितहरूले आयोग नै बेपत्ता भएको गुनासो गरेका छन् । ओयोगद्वारा चैत २६ गते फिदिममा आयोजित न्यायका लागि द्वन्द्वपीडितहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा पीडितहरूले सो गुनासो गरेका हुन् । उजुरी लिएको लामो समय बित्दासमेत आयोगले कुनै काम नगरेको आरोप लगाउँदै याङवरक…

April 9, 2017  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा साँघु गाविस-८ ताप्लेजुङका ३२ वर्षीय सन्तबहादुर बराईलीविरुद्ध फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलाले दिएको उजुरी दर्ता गरी फागुन ९ गते जिल्ला अदालतवाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए । पीडितले आरोपितविरुद्ध मानव बेचबिखन…

February 20, 2017  
शिक्षकलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दर्ता

फिदिम उच्च माविका शिक्षक उमेश पर्सैलालाई फागुन ५ गते कुटपिट गरेको आरोपमा फागुन ६ गते फिदिम नपा-२ का ३० वर्षीय सुरेन्द्र राईसहित दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितले दिएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सई विष्णु खड्काले बताए । आरोपित राईलाई फागुन ५ गते…

February 18, 2017  
खानेपानी अभावले सयौं घरधुरी बसाइँ सरे

खानेपानी उभावले जिल्लाको तीन गाविसका सयौँ बासिन्दा थातथलो छाडेर धमाधम बसाइँ र्सन थालेका छन् । यसै वर्षमात्र जिल्लाका सुख्खाग्रस्त क्षेत्र रानीगाउँ, यासोक र स्वाबरुम्बा गाविसका १ सय २७ घरधुरी बसाइँ सरेका हुन् । खानेपानी समस्याले यासोक गाविसवाट यो वर्ष४६ घरधुरी बसाइँ सरी अन्त्रय गएका गाविस सचिव टुका बरालले बताइन् ।…

February 11, 2017  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माघ २६ गते १२ वर्षीय बालकविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले माघ १८ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका आफन्तले आरोपितविरूद्ध दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नकुल पोख्रेलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण र…

February 9, 2017  
मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बेचविखन तथा ओसार-पसार गरेको आरोपमा प्रहरीले पुस २८ गते फिदिम नपा-६ का ५० वर्षीया लिला तुम्बापो अर्याललाई गिरफ्तार गरेको छ । पीडितका आफन्तले पुस २२ गते दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले जानकारी दिए । पीडित महिलालाई पुस ११…

January 13, 2017  
बहुविवाह घटनाका आरोपितद्वय गिरफ्तार

बहुविवाह गरेको आरोपमा पुस २९ गते रानीटार गाविस-१ का ३३ वर्षीय रोदनकुमार लिम्बू र सोही ठाउँकी सविता नेम्वाङ लिम्बूलाई प्रहरीले गिरफ्तार गरेको छ । ३१ वर्षीया आँशु योङहाङ लिम्बूले आरोपितद्वय विरुद्ध पुस २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितले दिएको उजुरीका आधारमा आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी…

January 13, 2017  
द्वन्द्वपीडितले धितो राखेको नागरिकता फिर्ता पाएनन्

द्वन्द्वकालीन समयमा जिविसको कार्यालयमा नागरिकता धितो राखी ऋण लिएका द्वन्द्वपीडितहरूले शान्ति प्रक्रिया सुरू भएको एक दशक बित्दा समेत फिर्ता पाएका छैनन् । यसरी आफ्नो सक्कलै नागरिकता जिविसमा थुनिँदा कार्यालय तथा अन्य काम गर्न असहज भएको द्वन्द्वपीडितहरूले गुनासो गरेका छन् । द्वन्द्वकालीन अवस्थामा राज्यले द्वन्द्व समाधान तथा अग्रगमन कार्यक्रम सञ्चालन गरेको …

January 12, 2017  
नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरी फालेको आरोपमा पुस २६ गते सिदिन गाविस-४ का २१ वर्षीया रमिला राई र फिदिम नपा-१ का २८ वर्षीय केवल लिम्बूलाई प्रहरीले गिरफ्तार गरेको छ । सिदिन गाविस-४ स्थित जङ्गलमा पुस २४ गते नवजात शिशुलाई मृत अवस्थामा फेला पारिएको भन्दै स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । मृतक…

January 11, 2017