कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी

४५ वर्षीया महिललाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा कात्तिक ८ गते तुम्बेवा गाउँपालिका-३ का २६ वर्षीया दिपा भन्ने दिव्यानी माङलाकविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । बिरामी भएको बेला कात्तिक ४ गते आरोपितले झारफुक गर्ने भन्दै खुकुरी तताएर निलडाम हुने गरी डाम्नुका साथै कुटपिटसमेत गरेकाले कानुनी…

October 26, 2017  
जनताको अपेक्षा सम्बोधन गर्छौः प्रधानन्यायाधीश पराजुली

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले अदालतले जनताको अपेक्षा सम्बोधन गर्ने बताएका छन् । कातिक ६ गते पाँचथरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । अदालतको काम ढिलासुस्ती हुने, समयमा न्याय नपाइने, विपन्न समुदायकाले अदालतमा पहुँच राख्न नसक्ने जस्ता समस्याहरूलाई समाधान गर्न आफूले प्रयास गरिरहेको उनले बताए ।…

October 23, 2017  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भदौ २९ गते फाल्गुनन्द गाउँपालिका-७ का ३० वर्षीय राजकुमार आङदेम्बेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दिएको उजुरी दर्ता भएको छ । पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए । पीडित बालिकालाई आरोपितले भदौ २३ गते बलात्कार गरेको पीडित…

September 15, 2017  
पत्नी हत्याको आरोपमा पति गिरफ्तार

फाल्गुनन्द गाउँपालिका-४ की ५२ वर्षीया यसोदा राईको हत्याको आरोपमा पति ४२ वर्षीय बञ्चरे भनिने इन्द्र बहादुर चेम्जोङलाई ०७४ असार २९ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षको उजुरीका आधारमा आरोपितमाथिको प्रहरीको प्रारम्भिक अनुसन्धानपछि असार ३० गते मुद्दा समेत दर्ता गरि कारवाही प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका डिएसपी…

July 16, 2017  
द्वन्द्वपीडितको रकम वितरण भएन

जिल्लामा द्वन्द्वपीडितहरूका लागि विनियोजित रकम आर्थिक वर्षको अन्त्यमा पनि वितरण भएन । यसरी रकम वितरण हुन नसक्दा पीडितहरूले राहत तथा क्षतिपूर्ति पाउन सकेनन् भने विनियोजित रकम फ्रिज भएको छ । जिल्लामा विस्थापितहरूका लागि विनियोजित रकममध्ये २ करोड ४७ लाख ९५ हजार रुपैयाँ र मृतक तर्फको करिब १२ लाख रुपैयाँ वितरण…

July 16, 2017  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पाँच जना गिरफ्तार

स्थानीय तहको निर्वाचनलाई बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई असार ८ गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा फाल्गुनन्द गाउँपालिका-४ का विजय नेम्वाङ, सोही गाउँपालिका-५ का जितबहादुर चेम्जोङ र कविराज चेम्जोङ रहेका छन् । यसैगरी, ताप्लेजुङ जिल्ला सिदिङबा गाउँपालिका-३ का मुस्कान…

June 23, 2017  
निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्यो

आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेका छन् । जिल्लामा क्रियाशील राजनीतिक दलहरूले चुनावको प्रचारप्रसार गर्ने क्रममा आचारसंहिता विपरीतका गतिविधि गरेका हुन् । नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरमलगायतका दलहरूले सार्वजनिक स्थलमा दलका पर्चा, पोष्टर र झण्डा राखेका छन् । यसैगरी, दलहरूले…

June 13, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बावुलाई जेठ २१ गते  गिरफ्तार गरेको छ । पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णुबहादुर खड्काले बताए । पीडितले जेठ २२ गते आरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित बालिकालाई…

June 5, 2017  
नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्ता गिरफ्तार

स्थानीय तहको निर्वाचनलाई विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज अर्जुन आचार्य 'सौगात'सहित चार जना कार्यकर्तालाई जेठ ३ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा सो पार्टीका कार्यकर्ताहरू विरेन्द्र मगराती, सागर लिम्बू र शेरबहादुर लिम्बू रहेका छन् । आरोपितहरूलाई फिदिम बजार स्थित एक होटलबाट गिरफ्तार गरिएको…

May 18, 2017  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ४१ वर्षीय बावुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा वैशाख ५ गते 'हाडनाता करणी'सम्बन्धी उजुरी दर्ता गरेको छ । पीडित पक्षले वैशाख ४ गते दिएको उजुरी ५ गते दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नकुल पोख्रेलले जानकारी दिए । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्ने…

April 19, 2017