दुर्र्‍यवहार गरेको आरोपमा जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी

फिदिम नगरपालिका–७ की ३५ वर्षीया पुष्पा राईले फालेलुङ गाउँपालिका–७ की वडा सदस्य ४० वर्षीया उमा राईविरूद्ध दुर्र्‍यवहारको आरोपमा भदौ ४ गते प्रहरीमा उजुरी दिनु भएको छ । आरोपितले ०७७ जेठ ४ गते र साउन १५ गते अपशब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पीडितले भदौ ३ गते जिल्ला प्रहरी…

२०७७ भाद्र ५, शुक्रबार १३:५१ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास आरोपमा प्रहरीले याङवरक गाउँपालिका –३ का ५५ वर्षीय अमृत योङयालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । ०७६ चैत ७ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध चैत २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोही उजुरीका आधारमा गिरफ्तार गरेको इन्स्पेक्टर रोमनराज अर्यालले…

२०७७ बैशाख २५, बिहीबार १८:३० गते  
प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप

याङवरक गाउँपालिका–३ स्थायी घर भई फिदिम नगरपालिका – १ मा बस्दै आउनु भएका २२ वर्षीय पारस योङ्याले प्रहरीले वैशाख २३ गते कुटपिट गरेको गरेको आरोप लगाउनु भएको छ । फिदिम बजारस्थित प्रहरी कार्यालय नजिकै सई मनिचन्द्र चौधरीले वैशाख २३ गते कुटपिट गरेको आरोप पीडित पक्षको छ । कुटपिटबाट निलडाम र…

२०७७ बैशाख २४, बुधबार १९:४६ गते  
र्‍यापिड टेस्टमार्फत कोरोना सङ्क्रमणको परीक्षण सुरूआत

कोरोना भाइरस (कोभिड– १९) को रोकथामका लागि प्रदेश १,सरकारले सुरूआत  गरेको र्‍यापिड डाइनोष्टिक टेस्ट चैत २९ गतेदेखि पाँचथरमा  सुरू भएको छ । प्राविधिक टोली आईपुगेपछि चैत २९ गतेदेखि इलाम र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको सीमानामा अवस्थित राँकेबजारबाट टेस्ट सुरू भएको हो । पहिलो दिन विदेशबाट आएका सात जना र स्थानीय एक…

२०७६ चैत्र ३०, आईतवार १७:३९ गते  
अति सीमान्तकृत माझी समुदायको अवस्था– न राहत, न कोरोनाको सचेतना !

कोरोना भाइरस (कोभिड¬ १९) को सम्भावित महामारीलाई रोकथाम गर्न सरकारले लकडाउन घोषणा गरेको दुई साता बितेपनि हिलिहाङ गाउँपालिका – ७ का अति सीमान्तकृत आदिवासी जनजाति माझी समुदायले राहत नपाएकोले गुनासो गरेका छन् । खोलामा माछा मार्ने र मजदूरी गरेर जीवीकोपार्जन गरिरहेका माझीहरूले कुनै निकायबाट चैत २५ गतेसम्म राहत सामग्री नपाएकाले…

२०७६ चैत्र २५, मंगलवार १५:०७ गते  
कोरोना नियन्त्रणका लागि कारागारबाट तीन जना कैदी रिहा

कोरोना भाइरस (कोभिड¬ १९) को सम्भावित महामारीलाई रोक्न सरकारले गम्भीर प्रकृतिको मुद्दा नलागेको कैदीहरूलाई रिहा गर्ने निर्णय गरेअनुसार जिल्ला कारागारबाट तीन जना कैदी रिहा भएका छन् । सरकारी कागज किर्ते मुद्दामा फुङलिङ नगरपालिका– २ का ३० वर्षीया दुर्गा लिम्बू चैत २३ गते रिहाई भएसँगै जिल्ला कारागाराबाट रिहा हुनेको सङ्ख्या तीन…

२०७६ चैत्र २४, सोमबार १५:०६ गते  
कोरोना आशंकामा आइसोलेसनमा रहेका तीन जना बिरामीको रिपोर्ट नेगेटिभ

कोरोना भाइरस (कोभिड¬ १९) को आशंकामा जिल्ला अस्पतालमा रहेका तीन जना बिरामीको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज भएका छन् । विदेशबाट आएका ती व्यक्तिहरूको स्वाबको नमूना सङ्कलन पश्चात गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि चैत १९ गते डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । एक जना महिला र दुई जना पुरुष गरी तीन…

२०७६ चैत्र २०, बिहीबार १५:१६ गते  
हत्या प्रयास गरेको कसुरमा पाँच वर्ष कैद सजायको फैसला

कुम्मायक गाँउपालिका - १ की २० वर्षीया सीता दमाई र ५० वर्षीया भीमकला दमाईको हत्या प्रयास गरेको कसुरमा जिल्ला अदालतले जिल्ला झापा दमक नगरपालिका - २ का ३३ वर्षीय जीवन दर्नाललाई चैत ४ गते पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश मोहनराज भट्रराईको इजलासले कसुर गरेको ठहर गर्दै…

२०७६ चैत्र ५, बुधबार १६:१४ गते  
जलविद्युत आयोजनाले नियमानुसार पानी नछाड्दा जनजीवनमा असर परेको भन्दै इन्सेकद्वारा उजुरी

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले पाँचथर जिल्लामा सञ्चालित हेँवा खोला जलविद्युत आयोजनाले जनजीवनमा असर पार्ने कार्य गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालयमा उजुरी दर्ता गरेको छ । इन्सेकले फिदिम नगरपालिका– ४ र हिलिहाङ गाउँपालिका – ७ को सीमानामा रहेको हेँवा खोला जलविद्युत आयोजनाले नियमानुसार पानी नछाडी जनजीवनमा असर…

२०७६ फाल्गुन ३०, शुक्रबार ११:२६ गते  
घरेलु हिंसा पीडित महिलालाई न्याय दिलाउन इन्सेकको पहल,पीडितद्वारा मुद्दा दर्ता

मिक्लाजुङ गाउँपालिका –४ की ३७ वर्षीया घरेलु हिंसा पीडित समिता राईलाई न्याय दिलाउन इन्सेकले पहल गरेको छ । इन्सेकको पहलमा पीडितले ४८ वर्षीय पति ज्ञानबहादुर राई विरूद्ध फागुन १९ गते जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको उजुरी दर्ता गराउनु भएको छ । पीडितले फागुन १८ गते इन्सेक जिल्ला प्रतिनिधि मङ्गल बेघा समक्ष…

२०७६ फाल्गुन २२, बिहीबार ११:१२ गते